Page:Sunko bihani.pdf/14: Difference between revisions
Appearance
No edit summary |
|||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | {{start center block}} | ||
<poem> | <poem> | ||
थियो गर्मी वेला हपहप थियो घाम बहुत | थियो गर्मी वेला हपहप थियो घाम बहुत | ||
Line 24: | Line 24: | ||
::त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसको | ::त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसको | ||
::बडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ॥ | ::बडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ॥ | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Revision as of 14:39, 18 April 2025
This page has been proofread
थियो गर्मी वेला हपहप थियो घाम बहुत
बले झैं आकाशै दनदन थियो धप्धपसित ।
बडो मानी गर्मी रुखतल सुती शीतलसित
झिकी जिभ्रो खस्रो ढलकसँग लेटी सुखसित ॥
थियो यौटा ठूलो सकल पशुको सिंह वनको
दुवै चिम्ली आँखा सुखसँग डटेको अति निको ।
छहारी हाँगाको हृदयकन ठण्डा गरिदिने
चरा बस्ने बोल्ने तलतिर रहेको सुख दिने ॥
बडो मस्ती पाई सुखसँग निदाईकन त्यहाँ
रहेको वेलामा सकल पशुको इन्द्र सुखमा ।
जरा बाङ्गा खोपी तलतिर बसेको अलिकति
त्यहाँ निस्के मूसा खुरुरुरु गरी दौडन कति ॥
निदाएको राजाकन रति नटेरीकन त्यहाँ
चुचीं च्वीं च्वीं गर्दै वरिपरि हिंडे त्यो समयमा ।
त्यसै हेप्दा हेप्दै पछिपछि चढे आँग त्यसको
बडो नाची उफ्री खुरुरुरु गरे शब्द ननिको ॥