Page:Bhanubhaktako ramayan.pdf/255: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> १ पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया । विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, तिन्क..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
१ पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, | १ | ||
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया, | |||
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया । | खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया । | ||
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, | विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया, | ||
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया ॥ | तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया ॥ | ||
२ चपला अबलाहरु एक् सुरमा, | २ | ||
चपला अबलाहरु एक् सुरमा, | |||
गुनकेसरिको फुल ली शिरमा । | गुनकेसरिको फुल ली शिरमा । | ||
हिडन्या सखि लीकन ओरिपरी | हिडन्या सखि लीकन ओरिपरी |
Latest revision as of 08:17, 14 April 2025
१
पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया ।
विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया,
तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिहन्नी लिया ॥
२
चपला अबलाहरु एक् सुरमा,
गुनकेसरिको फुल ली शिरमा ।
हिडन्या सखि लीकन ओरिपरी
अमरावति कान्तिपुरी नगरी ॥
यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
खुसि छन् बहुतै मनमा दुनिञाँ ।
जनकी यसरी सुखकी सगरी,
अलकापुरि कान्तिपुरी नगरी ॥
कहिँ भोट - र लण्डन - चीन - सरी,
कहिँ काल्-भरि गल्लि छ दिल्ली-सरी ।
लखनौं - पटना - मदरास - सरी
अलकापुरि कान्तिपुरी नगरी ॥
तरबार कटार खुँडा खुकुरी,
पिसतोल र बन्दुक सम्म भिरी ।
अतिशूर - र - वीर - भरी नगरी,
छ त कुन्- सरि कान्तिपुरी नगरी ॥
रिस राग कपट् छल छैन जाँहाँ,
तव धर्म कती छ कती छ याहाँ,
पशुका पति छन् रखबारि गरी,
शिवकी पुरि कान्तिपुरी नगरी ॥