Jump to content

Page:Ek chihan.pdf/29: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:


अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको
अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको
काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई  
काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई  
चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ  
चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ  
खेतमा पुग्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई  
खेतमा पुग्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई  

Revision as of 11:06, 13 April 2025

This page has not been proofread
दश

अष्टनारानको मृत्युपछि घरको नेतृत्व लिएका शिवनारान खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै दिनभरिलाई चाहिने सामान र सामलले भरेको खर्पन बोकी शिवनारान दिनहुँ खेतमा पुग्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिवनारानले अनुचित ठहर्याई आमालाई घरैमा आराम लिन लगाइराखेका थिए । उनले बहिनी नानीथकुंलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।

आमाछोरी घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइराख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिवनारानले लतमाया र नानीथकुंलाई पनि घरमा बसीबसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि, भोलिपछि फेरि भोलि भएर गुज्रिरहेको थियो । तर अफसोस, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।

एक दिन लतमाया र नानीथकुं तानमा कपडा बुनिरहेका थिए । दिउँसो दुई बजेको थियो । रुमालले गालाका पसिना पुछ्तै