Page:Champa.pdf/37: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न जान्दैनन् । न उनको सासूमा जलनको मिठो दबेको उच्छ्वास छ …… न हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी कमारीलाई राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो ? अर्काको पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । बस्, खतम । स्त्री आत्माको चाख या प्यास | नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते | ||
खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न | |||
जान्दैनन् । न उनको सासूमा जलनको मिठो दबेको उच्छ्वास छ …… न | |||
हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी कमारीलाई | |||
राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू | |||
दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न | |||
हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता | |||
छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो ? अर्काको | |||
पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । बस्, | |||
खतम । स्त्री आत्माको चाख या प्यास बलजफ्ती हो । विधिको | |||
सुर्काउने । छिः न गान, न नाच, न भावना, हो कि हाम्रो नेपाली जीवन ? | |||
चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक स्वस्थ युवतिको हुनैपर्दछ । यस अवस्थामा जस्तो झनक रिस कहिल्यै उठ्दैन । यस वेलामा जस्तो असन्तोष हृदयमा कहिल्यै पैदा हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने जवानीको फुल्दो तेजले उसको हाँगाको पूरा जोड अनुभव गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ । | चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक | ||
स्वस्थ युवतिको हुनैपर्दछ । यस अवस्थामा जस्तो झनक रिस कहिल्यै | |||
उठ्दैन । यस वेलामा जस्तो असन्तोष हृदयमा कहिल्यै पैदा | |||
हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने | |||
जवानीको फुल्दो तेजले उसको हाँगाको पूरा जोड अनुभव | |||
गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि | |||
बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ । | |||
चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो मूर्तिको पूरा तवरको पुजारी बनाइदियो । ग्रेसियन भिनस या प्रेमदेवीको शिल्प चित्रमा कसर हुँदो हो, गणितको कलात्मक अभाव उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा पातला दीवारकी कैदी बनेर बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइनन् त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको मेथीचमसुर केलाउन ? उनलाई पतिदेवको विरोध गर्न बडो विचित्र अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन तर दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिइकन नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म ! पाप लाग्छ । यताउति विचार गर्नु सतीत्वको विरोध गर्नु- त्यो पनि आफ्नै तर जरुर प्रकृतिले उनलाई | चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो | ||
मूर्तिको पूरा तवरको पुजारी बनाइदियो । ग्रेसियन भिनस या | |||
प्रेमदेवीको शिल्प चित्रमा कसर हुँदो हो, गणितको कलात्मक अभाव | |||
उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा पातला दीवारकी कैदी बनेर | |||
बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइनन् | |||
त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको | |||
मेथीचमसुर केलाउन ? उनलाई पतिदेवको विरोध गर्न बडो विचित्र | |||
अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन तर | |||
दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिइकन | |||
नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म ! पाप लाग्छ । | |||
यताउति विचार गर्नु सतीत्वको विरोध गर्नु- त्यो पनि आफ्नै तर जरुर प्रकृतिले उनलाई |
Revision as of 23:15, 8 March 2025
नेपाली घरमा भाव हुँदैन । भावका तीव्रता दाम्पत्यलाई खैराँते खेल बनाउँछन् सबै । स्वामीजी प्रेमको लीलासमेत गर्न जान्दैनन् । न उनको सासूमा जलनको मिठो दबेको उच्छ्वास छ …… न हृदयमा ज्यादा ढुकढुक । चुम्बन पनि मानौँ केटी कमारीलाई राम्री देखेर कामी क्षणको लोलुप चटाइ मात्र न हो ? जस्तो बालकहरू दूधदानीको मुन्टो चाट्छन् । बैँस केवल मरुभूमिको फूल न हो । बास आउँछ । कोही जल्दैन । सौन्दर्यको कदर गर्ने मानवता छानामनि अक्सर कहाँ पाइन्छ र ? बिहा एक खरिद न हो ? अर्काको पन्जामा आत्माको बिक्री । बस् शृङ्गारका सरजाम र एक भोज । बस्, खतम । स्त्री आत्माको चाख या प्यास बलजफ्ती हो । विधिको सुर्काउने । छिः न गान, न नाच, न भावना, हो कि हाम्रो नेपाली जीवन ?
चम्पाको हृदय सपनादार छिटो हृदय थियो जस्तो बैँसमा हरेक स्वस्थ युवतिको हुनैपर्दछ । यस अवस्थामा जस्तो झनक रिस कहिल्यै उठ्दैन । यस वेलामा जस्तो असन्तोष हृदयमा कहिल्यै पैदा हुँदैन । परिस्थिति आफ्नो इच्छाको विरोधी या रोचकदार छ भने जवानीको फुल्दो तेजले उसको हाँगाको पूरा जोड अनुभव गर्दछ र आफ्नो आकाङ्क्षाको दिशामा त्यसको विजय गरेर अगाडि बढ्ने तदनुसार विरोधशक्ति हासिल गर्न उद्यमशील बन्दछ ।
चम्पालाई आफ्नो स्वरूपको आत्यन्तिक मोहनीले आफ्नो मूर्तिको पूरा तवरको पुजारी बनाइदियो । ग्रेसियन भिनस या प्रेमदेवीको शिल्प चित्रमा कसर हुँदो हो, गणितको कलात्मक अभाव उनमा जरुर थिएन । के उनी यति साङ्ग्रा पातला दीवारकी कैदी बनेर बेमोलको घरबुहारी बन्न मात्र यस विशाल दुनियाँमा आएकी थिइनन् त ? यति खैराँते बुहार्तन खान ? यस्तो घोरमुखा सासूको मेथीचमसुर केलाउन ? उनलाई पतिदेवको विरोध गर्न बडो विचित्र अकथित तथा अस्पष्ट डर लाग्यो । उनलाई सन्तोष ता जरुर थिएन तर दुनियाँमा बाँधिदिएपछि जोसँग बाँधियो उसैसँग नबाँधिइकन नहुने । चलाइदिएको प्रथा । नाइँ भन्न पाइन्न । धर्म ! पाप लाग्छ । यताउति विचार गर्नु सतीत्वको विरोध गर्नु- त्यो पनि आफ्नै तर जरुर प्रकृतिले उनलाई