Jump to content

Page:Champa.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''अध्याय ३'''}}}} चम्पालाई ठाँट सिँगार खुब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''अध्याय ३'''}}}}
{{c|{{larger|'''अध्याय ३'''}}}}
चम्पालाई ठाँट सिँगार खुब पारिरहनुपर्दथ्यो । उनी फिल्मका गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।
चम्पालाई ठाँट सिँगार खुब पारिरहनुपर्दथ्यो । उनी फिल्मका  
गाना पनि बराबर ऐनाअगाडि गुनगुनाइरहन्थिन् । उनको  
झकिझकाउपनाउपर सासूबुहारीहरूको बराबर टीकाटिप्पणी भइरहन्थ्यो ।

"आँखीभौँ सिसाकलमले लेख्याजस्तो हुन्छ कसैको ता" सासूले टिपिन् ।"
"आँखीभौँ सिसाकलमले लेख्याजस्तो हुन्छ कसैको ता"  
सासूले टिपिन् ।"

"छुसछुस छुरा नलाई चित्त बुझ्दैन रे ।"- ज्येठी बुहारीले टीका थपिन् ।
"छुसछुस छुरा नलाई चित्त बुझ्दैन रे ।"- ज्येठी बुहारीले  
टीका थपिन् ।

माहिलीले भनिन्- "आँखीभौँ नटिप्ने ता को होला र आजकल नाइँ ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर । झिलमिल तारा नलगाई कहिल्यै चित्त बुझ्दैन । राति-राति अरू सुतिसकेपछि पो सिँगार चल्दो रहेछ । हिजो राति जापानी पोसाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी फिल्मका गीत हरहमेसा गाइरहनुपर्दछ ……… नङमा पालिस, गालामा लाली, जर्जेट दिनभरि छ, छ ।"
माहिलीले भनिन्- "आँखीभौँ नटिप्ने ता को होला र  
आजकल नाइँ ?" उनको पनि मसिन्याइएको थियो । चट्ट दराजतिर फर्केर  
चारकुने खुट्दै उनले थपिन्, "पत्ता मिलाउनसमेत कैँची-छुरा  
लाग्या हुन्छ कानमाथि । अनि के विघ्न पाउडर । झिलमिल तारा नलगाई  
कहिल्यै चित्त बुझ्दैन । राति-राति अरू सुतिसकेपछि पो सिँगार चल्दो  
रहेछ । हिजो राति जापानी पोसाकमा ऐनाअगाडि मुस्कुराएर बसिरहेकी  
फिल्मका गीत हरहमेसा गाइरहनुपर्दछ ……… नङमा पालिस, गालामा लाली,  
जर्जेट दिनभरि छ, छ ।"

यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर मटानमा पलेँठोपछाडि कान थापिन् ।
यस्तैमा कान्छी बुहारीले आफ्नो कुराको सुइँको पाएर  
मटानमा पलेँठोपछाडि कान थापिन् ।

"चौपट्ट ढाँचा है नेपालेका छोरीका त"- पोख्रेलपुत्रीले टिप्पणी गरिन् ।
"चौपट्ट ढाँचा है नेपालेका छोरीका त"- पोख्रेलपुत्रीले  
टिप्पणी गरिन् ।

माहिली बुहारीले भनिन्- "जुन गोरुको सिङै छैन उसको नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले मुरमुरिएर उभ्भिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।
माहिली बुहारीले भनिन्- "जुन गोरुको सिङै छैन उसको  
नाम तिखे ।" यो सुनेर कान्छीको कन्सिरी तात्यो । उनी रिसले  
मुरमुरिएर उभ्भिइन् । ओठ टोकिन् । लालीमाथि लाल भइन् ।

"ज्यादा यत्ताउलो भा’त बेस होइन मान्छेले !" माहिली चुनुले तेल थपिन् । "कृष्णको तस्बिर लिएर छाती लगाएर म्वाई खाएर उधुम छ ।" सासूले एकै छिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् । माहिलीले फेरि थपिन्- "कान्छाबाबुको त्यो हालत छ । लोग्ने घरमा सद्दे भए कसैले केही भन्ने थिएन तर !"
"ज्यादा यत्ताउलो भा’त बेस होइन मान्छेले !" माहिली चुनुले  
तेल थपिन् । "कृष्णको तस्बिर लिएर छाती लगाएर म्वाई खाएर उधुम  
छ ।" सासूले एकै छिन केही नबोलीकन कुरा मात्र सुनिरहिन् ।  
माहिलीले फेरि थपिन्- "कान्छाबाबुको त्यो हालत छ । लोग्ने घरमा  
सद्दे भए कसैले केही भन्ने थिएन तर !"
{{nop}}
{{nop}}

Revision as of 22:32, 8 March 2025

This page has not been proofread
अध्याय ३