Jump to content

Page:Champa.pdf/21: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कुल रे ? …… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ गर्छन् । काम गर्दैनन् । गरीबले घरको संस्कार घर्काउँछन् । आधार लिनुपर्छ बनोटको पो । के यो जूवा खेल्या हो र ?"
कुल रे ? …… पैसा रे ? पाथी भुस ! आफूभन्दा ठूला छोरी घर हेलाँ  
गर्छन् । काम गर्दैनन् । गरीबले घरको संस्कार घर्काउँछन् । आधार  
लिनुपर्छ बनोटको पो । के यो जूवा खेल्या हो र ?"

यस्ता तर्क-वितर्कमा रामकान्त बाबुले बिहाको चल्दो कुरा सुने । उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको कति कदर देखाउँछन् ।
यस्ता तर्क-वितर्कमा रामकान्त बाबुले बिहाको चल्दो कुरा सुने ।  
उनीलाई अलिकति रिस उठ्यो कि ठिटाहरू भनेर बाबुआमा जीवनारम्भीको  
कति कदर देखाउँछन् ।

उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अंग्रेजहरू कति बेश ! प्रेमको बाटो त रोक्तैन् । यहाँ प्रेम भन्ने चीज नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन । "हरूको आँखा, हाम्रो जिन्दगी, वाह ! ………. हामी पुतली होइनौं क्या र ? अथवा चल्ला चल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।"
उनले बुझ्ने, हेर्ने, अनुभव गर्ने विचार गरे । अंग्रेजहरू  
कति बेश ! प्रेमको बाटो त रोक्तैन् । यहाँ प्रेम भन्ने चीज  
नेपालो र हिन्दुस्तानीको कुनै पुस्तकले सच्चा तवरले अनुभव गरेन ।  
"हरूको आँखा, हाम्रो जिन्दगी, वाह ! ………. हामी पुतली होइनौं क्या र ?  
अथवा चल्ला चल्ली ! ज्यापूले मोटो चल्ला मोटी चल्लीको ह्याकुलो छामेर  
एकै खर्पनमा हालिदियो, बस, फुल पारिहाल्छ नि मजाको ।"

रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब परिश्रमी पनि । उनको गुण्डोपन केवल बोक्रे थियो । तलाश, स्नान, पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का, जेहेनका तीब्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अंग्रेजी उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले बनाइसकेका थिए । उनसाई अब कस्ती होला भन्ने समस्याले घनघोर बाधा गरिरहेको थियो ।
रामकान्त नवम श्रेणीमा पढ्दथे । खूब जेहेनदार थिए । खूब  
परिश्रमी पनि । उनको गुण्डोपन केवल बोक्रे थियो । तलाश, स्नान,  
पोशाकलाई प्रशस्त समय बिते पनि उनी व्यभिचारका विरोधी, चरित्रका पक्का,  
जेहेनका तीब्र, आँखा र कानका चलाख थिए । उनले प्रशस्त अंग्रेजी  
उपन्यास हेरेका थिए । प्रेमको रहस्य मैले जतिको अरूले जानेको  
छैन भन्ने उनको अन्तर चैतन्य थियो । भावी पत्नीको आदर्श उनले  
बनाइसकेका थिए । उनसाई अब कस्ती होला भन्ने समस्याले घनघोर बाधा  
गरिरहेको थियो ।

"कन्या अत्यन्त उम्दा छन् बाबु ⁄ लाखमा रोजा ।" आमा रमादेवीले भनिन् । "को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैंचालोको सवाईलाई कालिदास ठान्या जस्तो । पित्तको आँखामा मान्छेले जाँच्या बालुवा सब सुन सुन ।"
"कन्या अत्यन्त उम्दा छन् बाबु ⁄ लाखमा रोजा ।" आमा रमादेवीले  
भनिन् । "को नि त्यस्तो समालोचना ल्याउने ? आलुपसलले भैंचालोको  
सवाईलाई कालिदास ठान्या जस्तो । पित्तको आँखामा मान्छेले जाँच्या  
बालुवा सब सुन सुन ।"

"होइन आमाले संझाइन्, सबले हेरिसकेको, बाबु ! तिमीहरू मात्र आँखा भा’ छौ, अब दुनियामा ? अरूका आँखा छैनन् क्या र ?"
"होइन आमाले संझाइन्, सबले हेरिसकेको, बाबु ! तिमीहरू  
मात्र आँखा भा’ छौ, अब दुनियामा ? अरूका आँखा छैनन् क्या र ?"

"अँगार, अँगार अरूका आँखा ……. काँच अरूका नजर, आमा !

Revision as of 16:03, 8 March 2025

This page has not been proofread