Page:Champa.pdf/20: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो शहर बन्य ? नेपालमा म्यूनिसिप्यालिटीले के गर्छ ? गांजा खाने जागीर दिया त होइन ?" इत्यादि ……… नौजवानहरू आफ्नो सुविस्ता (शारीरिक या मानसिकद्वारा) सरहनी या बदख्वाइँ गर्ने गर्दछन् ……… | जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो | ||
शहर बन्य ? नेपालमा म्यूनिसिप्यालिटीले के गर्छ ? गांजा खाने जागीर दिया | |||
त होइन ?" इत्यादि ……… नौजवानहरू आफ्नो सुविस्ता | |||
(शारीरिक या मानसिकद्वारा) सरहनी या बदख्वाइँ गर्ने गर्दछन् ……… | |||
उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो । "म ता च्यान्टा मान्छे ⁄ मैले बिहे गरेंभने त चीनीया मैयाँ, बुझिनस् कि ?" | उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो । "म ता च्यान्टा | ||
मान्छे ⁄ मैले बिहे गरेंभने त चीनीया मैयाँ, बुझिनस् कि ?" | |||
एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो लागेर, होइन, दि ! काँट आ’ हँ ?" भनेर च्याट्ठ बोल्या त, ए "चाङ वाङ चुबु कारु कानवान"- गरी म ता सुइँकुच्चा ठोकें बा ! हाँस्दा हाँस्दा हैरान । कस्तो ठीक्क गुरुङसेनी जस्ती हँ ?" ……. | एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया | ||
बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो | |||
लागेर, होइन, दि ! काँट आ’ हँ ?" भनेर च्याट्ठ बोल्या त, ए "चाङ वाङ चुबु | |||
कारु कानवान"- गरी म ता सुइँकुच्चा ठोकें बा ! हाँस्दा हाँस्दा | |||
हैरान । कस्तो ठीक्क गुरुङसेनी जस्ती हँ ?" ……. | |||
आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू मंगोलियन् जातिलाई अत्यन्त हेलाँ गर्छौ, वा तँ एकजनाले जाति मिलाउन लागिस् के कसो ए ?" | आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू | ||
मंगोलियन् जातिलाई अत्यन्त हेलाँ गर्छौ, वा तँ एकजनाले जाति | |||
मिलाउन लागिस् के कसो ए ?" | |||
रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न लाग्थे । उनलाई चीनीया च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ-काइ-शेकसँग एक दिन हात मिलाउनु थियो । | रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न | ||
लाग्थे । उनलाई चीनीया च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ- | |||
काइ-शेकसँग एक दिन हात मिलाउनु थियो । | |||
यस्तो कुराकानी, जापानी बङ्लो, इत्यादि विषयमा हुँदै थियो । जापानी, चित्रपटमुताबिक बुढानिलकंठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे कि जीवनको ठाट कल्पना मुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर, जाति, परिस्थिति यी कंटहरू ! "मैले देख्नु न सेख्नु वाह ! बिहे रे ! कति मज्जा कुरा ? जाँतोसँग जेठो दाज्यूले बिहे गरे । फूलपुतलीसँग माहिला दाज्यूले बिहे गरे, अब म कोसँग….. बाँससँग कि ढोइसँग ? उनको त खुट्टा मिच्ने मान्छे जोर्ने कुरा छ । मेथी चँशूरको सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ? | "हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा ! | ||
रोगन सुन जस्तो, कपूर जस्तो होइन ।" | |||
यस्तो कुराकानी, जापानी बङ्लो, इत्यादि विषयमा हुँदै थियो । | |||
जापानी, चित्रपटमुताबिक बुढानिलकंठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा | |||
चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे | |||
कि जीवनको ठाट कल्पना मुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर, | |||
जाति, परिस्थिति यी कंटहरू ! "मैले देख्नु न सेख्नु वाह ! बिहे रे ! कति | |||
मज्जा कुरा ? जाँतोसँग जेठो दाज्यूले बिहे गरे । फूलपुतलीसँग | |||
माहिला दाज्यूले बिहे गरे, अब म कोसँग….. बाँससँग कि ढोइसँग ? | |||
उनको त खुट्टा मिच्ने मान्छे जोर्ने कुरा छ । मेथी चँशूरको | |||
सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ? |
Revision as of 16:01, 8 March 2025
जस्तो पो छ बिलकुल । अलकत्रा त किन्न सक्तैनन् यिनीहरू । यस्तै हो शहर बन्य ? नेपालमा म्यूनिसिप्यालिटीले के गर्छ ? गांजा खाने जागीर दिया त होइन ?" इत्यादि ……… नौजवानहरू आफ्नो सुविस्ता (शारीरिक या मानसिकद्वारा) सरहनी या बदख्वाइँ गर्ने गर्दछन् ………
उनी आर्दश रमणी चाहन्थे । साथीहरूसँग गफ हुन्थ्यो । "म ता च्यान्टा मान्छे ⁄ मैले बिहे गरेंभने त चीनीया मैयाँ, बुझिनस् कि ?"
एक साथी भन्थ्यो, "हँ ? साँच्ची पटनामा कस्तो म छकिया बाबै ! किङकार्निभलमा यसपालि ! जापानी लेडी रहिछ बा ! नेपाली जस्तो लागेर, होइन, दि ! काँट आ’ हँ ?" भनेर च्याट्ठ बोल्या त, ए "चाङ वाङ चुबु कारु कानवान"- गरी म ता सुइँकुच्चा ठोकें बा ! हाँस्दा हाँस्दा हैरान । कस्तो ठीक्क गुरुङसेनी जस्ती हँ ?" …….
आर्को भन्थ्यो, "बाहुनको छोरो भएर किन जन्मिस् त ? तिमीहरू मंगोलियन् जातिलाई अत्यन्त हेलाँ गर्छौ, वा तँ एकजनाले जाति मिलाउन लागिस् के कसो ए ?"
रामकान्त तब जातिकलहको निरर्थकता तथा अन्धताउपर व्याख्यान छाँट्न लाग्थे । उनलाई चीनीया च्यान्टा नै चाहिन्छ । जापान जाने सुर छ । चाङ- काइ-शेकसँग एक दिन हात मिलाउनु थियो ।
"हरियो आँखा त भन्दिनँ, तर थेप्चो नाकलाई भने त सरहनी बा ! रोगन सुन जस्तो, कपूर जस्तो होइन ।"
यस्तो कुराकानी, जापानी बङ्लो, इत्यादि विषयमा हुँदै थियो । जापानी, चित्रपटमुताबिक बुढानिलकंठ वा सुन्दरीजलमा ठाउँ खोज्ने कुरा चल्दै थियो । खूब विवाह विषयको गफ हुँदाहुँदै रामकान्तले देखे कि जीवनको ठाट कल्पना मुताबिकको हुँदैनथ्यो । बाबु, आमा, घर, जाति, परिस्थिति यी कंटहरू ! "मैले देख्नु न सेख्नु वाह ! बिहे रे ! कति मज्जा कुरा ? जाँतोसँग जेठो दाज्यूले बिहे गरे । फूलपुतलीसँग माहिला दाज्यूले बिहे गरे, अब म कोसँग….. बाँससँग कि ढोइसँग ? उनको त खुट्टा मिच्ने मान्छे जोर्ने कुरा छ । मेथी चँशूरको सँगी सासूलाई चाहियो भनेर हामीलाई आँखा छोपेर देश घुमाउने ?