Page:Sunko bihani.pdf/11: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{x-larger|'''पैसा'''}}}} {{center block| <poem> पैसा छ क्या चमकदार र मोलवाला आँखा हुने जगतका यसमै उज्याला । ::क्या गोलगोल अनमोल छ चट्ट बान्की ::यो हातमा हुन गए मन उड्छ सन्की ॥ संसार गोल छ धनै पनि बाटुलो छ पैसा..." |
|||
Page status | Page status | ||
- | + | Proofread |
Revision as of 00:01, 8 March 2025
This page has been proofread
पैसा
पैसा छ क्या चमकदार र मोलवाला
आँखा हुने जगतका यसमै उज्याला ।
क्या गोलगोल अनमोल छ चट्ट बान्की
यो हातमा हुन गए मन उड्छ सन्की ॥
संसार गोल छ धनै पनि बाटुलो छ
पैसा यही सब कुराहरूमा ठूलो छ ।
पैसा भए हृदयमा सुखले खुलो छ
पैसा यही सकल रोगविशे मुलो छ ॥
पैसा छ जे छ अनि के यहाँ र फेरि
पैसा भए कम जगत् छ हुने अँधेरी ।
पैसा छ शेर, धन औ बल तेज जान
पैसा भए छ रहने सब थोक मान ॥
मै हूँ भनेर दुनियाँ पनि गर्छ सेखी
रित्तो भएर जब उड्दछ हातदेखि ।
कुत्ता बनेर जन फिर्दछ मानशून्य
पैसा रहेर जगबीच अहो निधान ॥