Jump to content

Page:Sunko bihani.pdf/10

From Nepali Proofreaders
This page has been proofread

नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ ।
नमार्नु जन्तु है कुनै
बसेर काल जाग्दछ ॥
न घाउ चोट लाउनू
सडेर चित्त पाक्दछ ।
धूलो नफेक्नु नानि हो !
उडेर भित्र ढाक्दछ ॥
हिलो नखेल्नु फोहरी
खराब दाग लाग्दछ ।
न चित्त है दुखाउनु
डसेर आँसु बग्दछ ॥
बनेर फूल झैं सधैं
हँसाउनू सुवास दी ।
सधैं रमाउनू जगत्
रमेर नित्य आश दी ॥
जताततै छ ईश रे
छ सुन्नु त्यो विचार रे ।
छकाउने लुकाउने
नराख भाव क्यै गरे !