Page:Munamadan.pdf/26: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
लुकाई गर्हौँ सुनका थैली, कस्तूरी सह्यारी, | लुकाई गर्हौँ सुनका थैली, कस्तूरी सह्यारी, | ||
ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी । | ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी । | ||
{{pcn|& | {{pcn|'''•'''}} | ||
'सपना मैले के देखेँ आज ? भैँसीले लघार्यो, | 'सपना मैले के देखेँ आज ? भैँसीले लघार्यो, | ||
यो मुटु काँप्छ त्यो भैँसी सम्झी, हिलामा पछार्यो, | यो मुटु काँप्छ त्यो भैँसी सम्झी, हिलामा पछार्यो, |
Revision as of 16:07, 7 March 2025
लुकाई गर्हौँ सुनका थैली, कस्तूरी सह्यारी,
ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी ।
•
'सपना मैले के देखेँ आज ? भैँसीले लघार्यो,
यो मुटु काँप्छ त्यो भैँसी सम्झी, हिलामा पछार्यो,
बज्यै ! भैँसीले लघार्यो ।'
'बुहारी मेरी ! शीतको सपना पिर्दैन खराब,
खराब सपना त्यो बिर्सिजाऊ डरले नकाँप ।
फुलेको शिर म थापिदिन्छु सबै त्यो खराब,
हे छोरी जस्ती बुहारी मेरी ! त्यसरी नकाँप ।'
'दाहिने आँखा फर्फर गर्छ मनमा लाग्यो पीर,
कहाँ हो कहाँ मुटुमा दुख्छ, घुम्दछ मेरो शिर ।
आमा र बाबु स्वर्गमा मेरा, टुहुरी अजान,
हजूर नै आमा, हजूर नै बाबु, खोल्दछु मुहान,
बज्यै ! मनको मुहान !'
'कसैका माथि कुभलो हाम्रो मनमा बसेन,
पापको छाया यो हाम्रो सानो घरमा घुसेन ।
दैवले देख्छ सोझाको दर्द, दैवले हेर्दछ,
दैवको बज्र ओर्लेर आए ममाथि पर्दछ,
फुलेको केश, ममाथि पर्दछ !'
'धेरै नै भयो खबर केही आएन ह्लासाको,
चिठीको भर पर्दछ बस्नु, चिठीको आशाको ।'