Page:Champa.pdf/9: Difference between revisions
→Not proofread: Created page with "“राम्रो भन्या त अँ-अँ-अँ-व्यास ऋषि जस्तो त हो नि ! दाढी फुलेको अनि, अनि, निधारमा चाउरी परेको ।” “यो मान्छे हुनि कि छैन” सुब्बाबाजेले नातिनीको गाला चिमोटेर भने, “त्यसो भए चम्पालाई बूढो..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"राम्रो भन्या त अँ-अँ-अँ-व्यास ऋषि जस्तो त हो नि ! दाढी फुलेको अनि, अनि, निधारमा चाउरी परेको ।" | |||
"यो मान्छे हुनि कि छैन" सुब्बाबाजेले नातिनीको गाला चिमोटेर भने, "त्यसो भए चम्पालाई बूढो पोइ खोजी दिने भएँ, हुन्छ कि हुन्न ?" | |||
"छिः के कुरा गरिबक्स्या होला ? अँ…… हामी बिहे गर्छौँ त्यस्तरी क्या ?" | |||
"छोड्लिस अब बिहे गर्न ? ह्वा माग्न आइसके…….. अर्काले ।" | |||
"उ….. हो ?" | |||
बहत्तर वर्षका बूढा कानका तीखा थिए, आँखाका पनि छिटा । पुराना बूढाहरुलाई सत्ययुगको दूध, दही, घीउको असर रहेकै हुन्छ । विज्ञानको युगको जीणर्शीणर्ता कम हुन्छ । | बहत्तर वर्षका बूढा कानका तीखा थिए, आँखाका पनि छिटा । पुराना बूढाहरुलाई सत्ययुगको दूध, दही, घीउको असर रहेकै हुन्छ । विज्ञानको युगको जीणर्शीणर्ता कम हुन्छ । | ||
"अझ उ हो भनेकी हेरन ?………… सत्ते ! चम्पा ! मैले ठट्टा गर्या भन्ठानिस् ! माग्न आ’छन् तँलाई अधिकारीको घरबाट ……… ।" | |||
"त्यस्तो मोरो अधिकारी ! बिहे नै गर्दैनौँ ।" | |||
बूढाले भने, | बूढाले भने, "हा उल्लू ! अर्कालाई झ्वाट्ट त्यसरी मोरो भन्न हुन्छ ? पाप लान्छ ।", पाप नामको एउटा विचित्र, आधा बुझिएको, अस्पष्ट, नगर्न हुने तर आकलझुकलमा या खराब स्वभावले गरिने कुनै कल्संँदो वस्तुले बाहुनकी छोरी अलि झस्किन् । ब्राह्मण कन्यामा ज्यादै धार्मिक मोलतोकको असर पर्दछ…. उनीहरु कट्टर हुन्छन्……… कुनै कुनै, जसको व्यक्तित्व ज्यादै परिस्थिति या धर्मले च्याँट्ठिन्छ र हाँकिन्छ बलवा गर्न थाल्दछन् । चम्पाको निर्दोष शैशवको रंगीलो सुगन्धी भावनामा परम्परतर्फ विरोधको विचार उठिसकेको थिएन । | ||
चम्पाले भनिन्, | चम्पाले भनिन्, "हजूरबुवा ! पाप भन्या के हो हँ ?", उनका आँखा बाटुला बोध-प्रयासी थिए । | ||
बूढाले उत्तर दिए….. | बूढाले उत्तर दिए….."पाप भन्या अर्कालाई दुःख दिनु ।" | ||
चम्पाले जवाफ दिइन्, | चम्पाले जवाफ दिइन्, "उसो भए राजाले किन चोर बदमाशलाई दुःख दियो त ? पाप लागेन ? हजूरबुवा !" | ||
बूढाले चोरको निन्दनीयता तथा बदमाशहरुको दण्ढनीयता उपर सानो घरेलु व्याख्यान छाँटे । चम्पाको चित्त राम्ररी बुझेन । उनले | बूढाले चोरको निन्दनीयता तथा बदमाशहरुको दण्ढनीयता उपर सानो घरेलु व्याख्यान छाँटे । चम्पाको चित्त राम्ररी बुझेन । उनले |
Revision as of 23:17, 6 March 2025
"राम्रो भन्या त अँ-अँ-अँ-व्यास ऋषि जस्तो त हो नि ! दाढी फुलेको अनि, अनि, निधारमा चाउरी परेको ।"
"यो मान्छे हुनि कि छैन" सुब्बाबाजेले नातिनीको गाला चिमोटेर भने, "त्यसो भए चम्पालाई बूढो पोइ खोजी दिने भएँ, हुन्छ कि हुन्न ?"
"छिः के कुरा गरिबक्स्या होला ? अँ…… हामी बिहे गर्छौँ त्यस्तरी क्या ?"
"छोड्लिस अब बिहे गर्न ? ह्वा माग्न आइसके…….. अर्काले ।"
"उ….. हो ?"
बहत्तर वर्षका बूढा कानका तीखा थिए, आँखाका पनि छिटा । पुराना बूढाहरुलाई सत्ययुगको दूध, दही, घीउको असर रहेकै हुन्छ । विज्ञानको युगको जीणर्शीणर्ता कम हुन्छ ।
"अझ उ हो भनेकी हेरन ?………… सत्ते ! चम्पा ! मैले ठट्टा गर्या भन्ठानिस् ! माग्न आ’छन् तँलाई अधिकारीको घरबाट ……… ।"
"त्यस्तो मोरो अधिकारी ! बिहे नै गर्दैनौँ ।"
बूढाले भने, "हा उल्लू ! अर्कालाई झ्वाट्ट त्यसरी मोरो भन्न हुन्छ ? पाप लान्छ ।", पाप नामको एउटा विचित्र, आधा बुझिएको, अस्पष्ट, नगर्न हुने तर आकलझुकलमा या खराब स्वभावले गरिने कुनै कल्संँदो वस्तुले बाहुनकी छोरी अलि झस्किन् । ब्राह्मण कन्यामा ज्यादै धार्मिक मोलतोकको असर पर्दछ…. उनीहरु कट्टर हुन्छन्……… कुनै कुनै, जसको व्यक्तित्व ज्यादै परिस्थिति या धर्मले च्याँट्ठिन्छ र हाँकिन्छ बलवा गर्न थाल्दछन् । चम्पाको निर्दोष शैशवको रंगीलो सुगन्धी भावनामा परम्परतर्फ विरोधको विचार उठिसकेको थिएन ।
चम्पाले भनिन्, "हजूरबुवा ! पाप भन्या के हो हँ ?", उनका आँखा बाटुला बोध-प्रयासी थिए ।
बूढाले उत्तर दिए….."पाप भन्या अर्कालाई दुःख दिनु ।"
चम्पाले जवाफ दिइन्, "उसो भए राजाले किन चोर बदमाशलाई दुःख दियो त ? पाप लागेन ? हजूरबुवा !"
बूढाले चोरको निन्दनीयता तथा बदमाशहरुको दण्ढनीयता उपर सानो घरेलु व्याख्यान छाँटे । चम्पाको चित्त राम्ररी बुझेन । उनले