Page:Champa.pdf/8: Difference between revisions
→Not proofread: Created page with "रातो मुख लाएर हेर्थे ए हामीलाई पनि ।” सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए….. हातमा काँढे लट्ठी थियो । उनले हल्पी ऐना अगाडि आफ्नो चेहेरा जाँचे मुखको गतिपति थिएन । अलिकति जिल्ल परे । मान..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
रातो मुख लाएर हेर्थे ए हामीलाई पनि | रातो मुख लाएर हेर्थे ए हामीलाई पनि ।" | ||
सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए….. हातमा काँढे लट्ठी | सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए….. हातमा काँढे लट्ठी | ||
Line 15: | Line 15: | ||
बूढो मान्छेल किन ऐना हेर्या होला । के मजा लाग्दो होला, छिः ! ……… | बूढो मान्छेल किन ऐना हेर्या होला । के मजा लाग्दो होला, छिः ! ……… | ||
बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, | बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, "हैन | ||
हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ? | हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ?" | ||
बूढा नातिनीतिर फर्के…….. दाढीमा हात लगाएर भने…….. | बूढा नातिनीतिर फर्के…….. दाढीमा हात लगाएर भने…….. "आम्मै | ||
हाम्रो आँखा हैन र ? हाम्रो मुख होइन ? तिमीहरुको मात्र | हाम्रो आँखा हैन र ? हाम्रो मुख होइन ? तिमीहरुको मात्र | ||
आँखा मुख हुन्छ त ? | आँखा मुख हुन्छ त ?" | ||
"बुवा हजूर ! हजूरलाई आफ्नो मुहार चौपट्ट राम्रो लाग्छ | |||
हकि ? | हकि ?" | ||
"चोरको खुट्टा काट्…..", बूढाले उत्तर दिए……."हेरन, आफ्नो | |||
मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त ? | मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त ? | ||
जुँघामा कति तमाखुको काइ लाग्यो भनेर । तिमीहरुलाई पो जुन | जुँघामा कति तमाखुको काइ लाग्यो भनेर । तिमीहरुलाई पो जुन | ||
बेला पनि सिँगार गरिरहूँ, ऐनामा मुख हेरिरहूँ जस्तो लाग्छ | बेला पनि सिँगार गरिरहूँ, ऐनामा मुख हेरिरहूँ जस्तो लाग्छ ।" | ||
"हजूरबुवाको मुहार मलाई त चौपट्ट हिसी भएको जस्तो लाग्छ । | |||
मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो | मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो | ||
लाग्दैन, बाबै ! | लाग्दैन, बाबै !" | ||
"कस्ती बाठी ठिटी । कागको फुल चोर्ने, हेरन । म राम्रो | |||
छु ? फटाही ! | छु ? फटाही !" | ||
{{nop}} | {{nop}} |
Revision as of 23:16, 6 March 2025
रातो मुख लाएर हेर्थे ए हामीलाई पनि ।"
सुब्बाबाजे उठेर टेबिलअगाडि उभिए….. हातमा काँढे लट्ठी थियो । उनले हल्पी ऐना अगाडि आफ्नो चेहेरा जाँचे मुखको गतिपति थिएन । अलिकति जिल्ल परे । मानिस आफ्नो उपहास योग्यतामा सचेतता राख्दैन । किन नहाँसुन नाइँ, छेपाराले चुस्या जस्ता ढुम्म मोहीहरु । … उनको जीजन नै हाँसी थियो ……….. वृद्धताउपर निरादरको दृष्टि पनि स्वभाविकै हो, उनले चित्त बुझाए । हामी पनि त हाँस्यौ नि आफ्नो जमानामा…….. हर्के बूढो, अरिमर्दन बूढो, सुक्बेनी माइज्यूलाई देखेर कति जिस्काइन्थ्यो तिनलाई ! उहिले, उहिले !
उनको यस्तो मानसिक अवस्थामा नातिनी चम्पा भित्र पसिन् । बूढाले ऐना हेर्न लागेको देखेर उनलाई बडो आश्चर्य लाग्यो । त्यस्तो बूढो मान्छेल किन ऐना हेर्या होला । के मजा लाग्दो होला, छिः ! ………
बाजेको समीपमा पुगेर १२ वर्षकी मीठी चम्पाले बोलिन्, "हैन हजूरबुबा ! हजुरलाई पनि ऐना हेर्न मन लाग्छ ?"
बूढा नातिनीतिर फर्के…….. दाढीमा हात लगाएर भने…….. "आम्मै हाम्रो आँखा हैन र ? हाम्रो मुख होइन ? तिमीहरुको मात्र आँखा मुख हुन्छ त ?"
"बुवा हजूर ! हजूरलाई आफ्नो मुहार चौपट्ट राम्रो लाग्छ हकि ?"
"चोरको खुट्टा काट्…..", बूढाले उत्तर दिए……."हेरन, आफ्नो मनको कुरा बकेकी । हामीलाई आफ्नै मुख हेर्न मन लाग्दैन त ? जुँघामा कति तमाखुको काइ लाग्यो भनेर । तिमीहरुलाई पो जुन बेला पनि सिँगार गरिरहूँ, ऐनामा मुख हेरिरहूँ जस्तो लाग्छ ।"
"हजूरबुवाको मुहार मलाई त चौपट्ट हिसी भएको जस्तो लाग्छ । मलाई अरु मान्छे चाउरी नपरेको भए पनि कत्ति पनि राम्रो लाग्दैन, बाबै !"
"कस्ती बाठी ठिटी । कागको फुल चोर्ने, हेरन । म राम्रो छु ? फटाही !"