Page:Champa.pdf/6: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''अध्याय १'''}}}} {{c|{{x-larger|'''बालचिन्ता'''}}}} लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जि..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 27: | Line 27: | ||
खिर्खिराइन् । | खिर्खिराइन् । | ||
बुलुका आँखा हाँसे तर हाँसो रोकेर भनिन् | बुलुका आँखा हाँसे तर हाँसो रोकेर भनिन् "जा मोरो ! | ||
के विघ्न उत्ताउली……? | के विघ्न उत्ताउली……?" | ||
{{nop}} | {{nop}} |
Revision as of 23:15, 6 March 2025
लबारपाँडे बुढ्याइँले सुब्बा श्रीकान्तलाई मुखभरी लहडी तवरले सिँगारेको थियो । आँखाका कुनामा मुजा परेका थिए, चिउँडो खस्केको थियो, मुखले अलि जिल्ल परेर वाल्ल हेरे जस्तो भाव लिएको थियो, तर उनका आँखा तीखा देखिन्थे ।
नेपाली सेतो भोटो लगाएका र सेतो सुरुवाल । शरीर सुक्नाले दुवै अलि खुकुलो देखिन्थे । कालो पालिसदार चौपाया खटियाउपर घोप्टिरहेका । रातो सीसाकलम लिएर भागवतको खुला पुस्कमा बराबर चिनो लगाउँथे । बराबर थूक लगाउने बानी थियो ।
कोठा थियो पैसावाल मध्यवर्गीय । मैलिएको टर्की कार्पेट चार किनारमा । बीचमा सत्रंजा… ढोकानेर फुटरग् । एउटा टेबिल पनि थियो दक्षिणतर्फ भित्तामा । उत्तरतर्फ रातो पालिसदार बुट्टा काटेको बन्द दराज । अगाडि सेता, सफेद दुइटा चकटी । टेबिलउपर एक ऐना थियो…। टेबिलमा दुइटा काँचका फूलदान एक रिकापीमा चारौटा मोसम । भित्तामा तल्लो एकहत्ती भाग गाढा नीलो थियो, उपर फिका नीला तस्बिरहरु टाँगिएका थिए । एउटा श्री कृष्णको… राधिकासँग यमुनातीरमा अर्धनङ्गन हँसिलो मुरली-लीलामा… । एउटा ईसामसीहका चित्र, जीवनको दश भाग चित्रण, एउटा सरस्वती, अर्को विष्णु भगवानको विश्वरुप । सफाइ बेकसिँगर थियो । ठूलो बालिष्ठको आड लिएर सुब्बाबाजेले ओठमा शीशा लगाए । ठीक यसै वेला चुनु र बुलु दुई बुहारी भित्र पसे । चोसे मुख लाएर बूढाले गौड गरेको देखेर चुनुले चञ्चले कुत्कुत्याइलो बैँसको छातीबाट हाँसो फुट्यो, उनीले दबेको स्वरमा देब्रे हातका चोरमाझीले मुगा-ओठ छेकेर खिर्खिराइन् ।
बुलुका आँखा हाँसे तर हाँसो रोकेर भनिन् "जा मोरो ! के विघ्न उत्ताउली……?"