Jump to content

Page:Shakuntala.pdf/119: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
टलक्क टल्केर हराशिरा घरी
टलक्क टल्केर हराशिरा धरी
::पछाडि खेरा कलिकाम्खुवा भरी॥
::पछाडि खेरा कलिका-भुवा भरी ॥
कडा र ठाडा जुन पात ।:
कडा र ठाडा जुन पात बाहिरी
::बढाउँछन्‌ कोमल शुपभ्र माधुरी ॥
::बढाउँछन्‌ कोमल शुभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं।
सुवासका पत्र सफेद घाम झैं ।
::किवर्दुजिगि षड्रपद कोषमा धरी ॥
::फुकीलिने षड्पद कोषमा धरी ॥
त्यो मकरन्द॒ माधुरी ।
खिलाउँदै त्यो मकरन्द माधुरी ।
::घहयुप्त गट्टासँग जो दमासरि
::छ गुप्त गट्टासँग जो सुधासरि
छुँदा पहि घाउ लाग्छ जो ।
छुँदा पहेँलीकन घाउ लाग्छ जो ।
::बक छ उप्सीकन कुरा भ्रता भरी ॥
::छ फुक्न उप्सीकन शुभ्रता भरी ॥
थियो बोटसमान ।
थियो त्यहाँ बोटसमान बैंसको
::फुकाउँदो कुड्मल वक्ष कोमल ॥
::फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फेलिँदो।
सुरेख भै प्रेम लिएर फैलिँदो ।
::उँचाइमा षोडशवर्ष माधुरी ॥
::उँचाइमा षोडशवर्ष माधुरी ॥
बराबरी कोकिल शव्द सुन्दर ।
बराबरी कोकिल शब्द सुन्दर ।
::तथापि [उनमा स्तन पद्म-कोपिला ॥
::तथापि फुक्दा स्तन पद्म-कोपिला ॥
कपोलका बर 0041
कपोलका चाँद र कोयली-गला
::सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
::सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
ठिटी त्यहाँ छन्‌ अझ हेर सुन्दरी ।
ठिटी त्यहाँ छन्‌ अझ हेर सुन्दरी ।
Line 24: Line 24:
फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
::झिना-मुना-मञ्जुल केशले भरी ॥
::झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला क्यु डाँठमा ।
गरी सुनौला मधुपूर्ण डाँठमा ।
::जडाउ हँसिला फुका गरी ॥
::जडाउ ढुङ्ग्री हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
सुवर्ण काटीकन वास दीकन ।
::मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
::मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
छ बैंसवाली नरलोककी परी-
::तथापि बैंसे कमनीय बोट छन्‌ ॥
::तथापि बैंसे कमनीय बोट छन्‌ ॥
फुलाउने षोडशवर्ष हरी |
फुलाउने षोडशवर्ष माधुरी ।
::हवा भरी बास फिँजाउँदा ॥
::हवा भरी बास मिही फिँजाउँदा ॥
उ मात गर्ने हँसिला सुवर्ण छन्‌ ।
उ मात गर्ने हँसिला सुवर्ण छन्‌ ।
::मुनामुना केश सुहाउँदा परी ॥
::मुनामुना केश सुहाउँदा परी ॥

Latest revision as of 23:11, 4 March 2025

This page has been proofread

टलक्क टल्केर हराशिरा धरी ।
पछाडि खेरा कलिका-भुवा भरी ॥
कडा र ठाडा जुन पात बाहिरी ।
बढाउँछन्‌ कोमल शुभ्र माधुरी ॥
सुवासका पत्र सफेद घाम झैं ।
फुकीलिने षड्पद कोषमा धरी ॥
खिलाउँदै त्यो मकरन्द माधुरी ।
छ गुप्त गट्टासँग जो सुधासरि ॥
छुँदा पहेँलीकन घाउ लाग्छ जो ।
छ फुक्न उप्सीकन शुभ्रता भरी ॥
थियो त्यहाँ बोटसमान बैंसको ।
फुकाउँदो कुड्मल वक्ष कोमल ॥
सुरेख भै प्रेम लिएर फैलिँदो ।
उँचाइमा षोडशवर्ष माधुरी ॥
बराबरी कोकिल शब्द सुन्दर ।
तथापि फुक्दा स्तन पद्म-कोपिला ॥
कपोलका चाँद र कोयली-गला ।
सफा हँसीला तुहिनाभ्र अङ्गका ॥
ठिटी त्यहाँ छन्‌ अझ हेर सुन्दरी ।
(७)

फुलेर जाई छ सुवर्ण-सुन्दरी ।
झिना-मुना-मञ्जुल केशले भरी ॥
गरी सुनौला मधुपूर्ण डाँठमा ।
जडाउ ढुङ्ग्री हँसिला फुका गरी ॥
सुवर्ण काटीकन वास दीकन ।
मिलिन्द डाकेर सिँगार सुन्दरी ॥
छ बैंसवाली नरलोककी परी-
तथापि बैंसे कमनीय बोट छन्‌ ॥
फुलाउने षोडशवर्ष माधुरी ।
हवा भरी बास मिही फिँजाउँदा ॥
उ मात गर्ने हँसिला सुवर्ण छन्‌ ।
मुनामुना केश सुहाउँदा परी ॥
(८)