Jump to content

Page:Laxmi nibandhasangraha.pdf/158: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उसकः सूक्ष्म कला छन्‌ । सतीको भपङ्डर परीक्षा हो र मामूली
उसका सूक्ष्म कला छन्‌ । सतीको भयङ्कर परीक्षा हो र मामूली
स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई
स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई
बिरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरार
विरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरा र
गलाइको दशा दिएका छन्‌ ।
गलाइको दशा दिएका छन्‌ ।


तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको
तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको
शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू
शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू
मालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्त:करण ठीक
भालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्तःकरण ठीक
पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ ।
पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ ।
दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिँ
दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिं
पारितोषिकको बिजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर
पारितोषिकको विजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर
खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र
खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र
छलको ज्योदा प्रशंसा गर्दछ । दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा
छलको ज्यादा प्रशंसा गर्दछ । दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा
हिँडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको
हिंडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको
उपासकछ । तर उही दिनको उज्यालो रङ्लि सभ्यताको विज्ञापन झौँ
उपासक छ । तर उही दिनको उज्यालो रङिलो सभ्यताको विज्ञापन झैं
दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्‌, सुधा उसका
दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्‌, सुधा उसका
आकर्षणमा फस्तछन्‌ र बदमाशहरू नक्कल गर्दछन्‌ ।
आकर्षणमा फस्तछन्‌ र बदमाशहरू नक्कल गर्दछन्‌ ।


वेश्याहरू उसको पैसा धुत्न चाहन्छन्‌ र झूटा नखराले उसका
वेश्याहरू उसको पैसा धुत्न चाहन्छन्‌ र झूटा नखराले उसका
प्रेमी बन्दछन्‌ ।त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन
प्रेमी बन्दछन्‌ । त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन
छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको
छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको
पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको
पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको
Line 26: Line 26:


भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो
भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो
परिवर्तनशील संसारमा- कति नीचापनको चिह्न हो, बुभ्नेले बुभदछन्‌
परिवर्तनशील संसारमा– कति नीचापनको चिह्न हो, बुझ्नेले बुझ्दछन्‌
हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौँ महमा
हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौं महमा
लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन्‌ । उसमा मपाइँ-
लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन्‌ । उसमा मपाइँ-
'मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए
मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए
आफूलाई कति घृणा गर्दो होला । आफ्नो आत्मालाई अन्याय गरिरहेछ ।
आफूलाई कति घृणा गर्दो होला । आफ्नो आत्मालाई अन्याय गरिरहेछ ।
उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्‌; छरिन्छन्‌ । साङ्ग्रा
उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्‌; छरिन्छन्‌ । साङ्ग्रा
ताक र सस्ता नापमा चलिरहेछ । आफ्नो अन्तर्दुर्गतिलाई रङ्लो
ताक र सस्ता नापमा चलिरहेछ । आफ्नो अन्तर्दुर्गतिलाई रङिलो

Latest revision as of 14:38, 26 February 2025

This page has been proofread

उसका सूक्ष्म कला छन्‌ । ऊ सतीको भयङ्कर परीक्षा हो र मामूली स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई विरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरा र गलाइको दशा दिएका छन्‌ ।

तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू भालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्तःकरण ठीक पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिं पारितोषिकको विजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र ऊ छलको ज्यादा प्रशंसा गर्दछ । ऊ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा हिंडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको उपासक छ । तर उही दिनको उज्यालो रङिलो सभ्यताको विज्ञापन झैं दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्‌, सुधा उसका आकर्षणमा फस्तछन्‌ र बदमाशहरू नक्कल गर्दछन्‌ ।

वेश्याहरू उसको पैसा धुत्न चाहन्छन्‌ र झूटा नखराले उसका प्रेमी बन्दछन्‌ । त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको आत्मा बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा रहन्छ । तर साध्वीका आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन्‌ जहाँ गुण्डो आफूलाई मोहनको मोहनी भन्ने सम्झन्छ ।

भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो परिवर्तनशील संसारमा– कति नीचापनको चिह्न हो, बुझ्नेले बुझ्दछन्‌ । हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौं । ऊ महमा लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन्‌ । उसमा मपाइँ- मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए ऊ आफूलाई कति घृणा गर्दो होला । ऊ आफ्नो आत्मालाई अन्याय गरिरहेछ । उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्‌; छरिन्छन्‌ । ऊ साङ्ग्रा ताक र सस्ता नापमा चलिरहेछ । ऊ आफ्नो अन्तर्दुर्गतिलाई रङिलो