Jump to content

Page:Laxmi nibandhasangraha.pdf/117: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अजडका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन्‌ । यसको
अजङका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन्‌ । यसको
एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा
एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा
बन्दै झिल्मिलाउँदै उठ्तछन्‌ । यसका एक आह्वानमा अनन्तको रड्दार
बन्दै झिल्मिलाउँदै उठ्तछन्‌ । यसका एक आह्वानमा अनन्तको रङ्गदार
भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका
भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका
सम्पूर्ण चीजहरू यसका पहंचबाहिर छैनन्‌ । यसको हुकूममा स्वर्गका
सम्पूर्ण चीजहरू यसका पहुँचबाहिर छैनन्‌ । यसको हुकूममा स्वर्गका
पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे,
पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे,
जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पशंसामीप्यस्वरूपमा
जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पर्शसामीप्यस्वरूपमा
भीना, रहरलाग्दा, चपलताले रजतभझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै,
झीना, रहरलाग्दा, चपलताले रजतझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै,
सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका
सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका
आँखाअगाडि नाच्तछन्‌ । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय
आँखाअगाडि नाच्तछन्‌ । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय
सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता
सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता
प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु
प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु
बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अधवा
बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अथवा
जयशङ्गरप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका
जयशङ्करप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका
देशहरू गुल्जार बन्दछन्‌ र सुनसानको रिक्तता आवाद भएर जीवनमा
देशहरू गुल्जार बन्दछन्‌ र सुनसानको रिक्तता आवाद भएर जीवनमा
अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन्‌ । दूरताको
अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन्‌ । दूरताको
क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग
क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग
नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो ।
नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो ।
घ्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि
ध्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि
टड्कारोपना लिन्छन्‌ र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका
टड्कारोपना लिन्छन्‌ र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका
अविदित अनाविप्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले
अविदित अनाविष्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले
दृष्टिगोचर बन्दछन्‌ । यदि कल्पना मनुष्यमा नहुँदौ हो त अतीत र
दृष्टिगोचर बन्दछन्‌ । यदि कल्पना मनुष्यमा नहुँदो हो त अतीत र
भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो
भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो
चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म
चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म
मिमिरि प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्‌' बनाएर आफ्नो
मिर्मिरे प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्‌' बनाएर आफ्नो
नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई
नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई
चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल
चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल

Latest revision as of 13:02, 24 February 2025

This page has been proofread

अजङका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन्‌ । यसको एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा बन्दै झिल्मिलाउँदै उठ्तछन्‌ । यसका एक आह्वानमा अनन्तको रङ्गदार भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका सम्पूर्ण चीजहरू यसका पहुँचबाहिर छैनन्‌ । यसको हुकूममा स्वर्गका पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे, जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पर्शसामीप्यस्वरूपमा झीना, रहरलाग्दा, चपलताले रजतझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै, सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका आँखाअगाडि नाच्तछन्‌ । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अथवा जयशङ्करप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका देशहरू गुल्जार बन्दछन्‌ र सुनसानको रिक्तता आवाद भएर जीवनमा अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन्‌ । दूरताको क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो । ध्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि टड्कारोपना लिन्छन्‌ र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका अविदित अनाविष्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले दृष्टिगोचर बन्दछन्‌ । यदि कल्पना मनुष्यमा नहुँदो हो त अतीत र भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म मिर्मिरे प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्‌' बनाएर आफ्नो नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल जोड्दछ र दूरतालाई विजय गर्दछ, र सपना र सुनसानमा विलीन भएका दृश्यहरूलाई सजीव जागरण दिन्छ ।

४. कल्पना भनेको त्यस दिव्य शक्तिको मानव-आभास हो, जसको जादूगरी विशाल सिर्जनाका विभिन्नता र चमत्कारमा दृश्यमान