Jump to content

Page:Laxmi nibandhasangraha.pdf/211: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन्‌ । अनि आधुनिक कविहरू किन विलौना नगरून्‌ः- यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन्‌ । अनि आधुनिक
मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन्‌ । अनि आधुनिक
कविहरू किन विलौना नगरून्‌ः- यो जाबो जीवन के हो, यदि चिन्ताले
कविहरू किन विलौना नगरून्‌ः- यो जाबो जीवन के हो, यदि चिन्ताले
परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं
परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं
भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत
भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत
छैन : हामी पैसा-पैसा भनी मरिरहेछौँ । घडीले हामीलाई सिकायो कि
छैन : हामी पैसा-पैसा भनी मरिरहेछौँ । घडीले हामीलाई सिकायो कि
जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा
जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा
दौडिरहेछौँ । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख
दौडिरहेछौँ । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख
लेख्तालेख्तै मेरो कानमा नजीकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ
लेख्तालेख्तै मेरो कानमा नजीकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ
र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ
र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ
दिन्छ । कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र
दिन्छ । कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र
अरू कति मीठा कुरा निकालौंला भनेजस्तो लागेको थियो । तर अपशोच,
अरू कति मीठा कुरा निकालौंला भनेजस्तो लागेको थियो । तर अपशोच,
मेरा सहकारीहरू सबै फद्फटाउन लागिसके । घण्टाघरको राज्यमा
मेरा सहकारीहरू सबै फद्फटाउन लागिसके । घण्टाघरको राज्यमा
 
मानव-मगजलाई यत्तिकै अधिकार छर बीसौं शताब्दीको लेखको नमूना
मानव-मगजलाई यत्तिकै अधिकार छ र बीसौं शताब्दीको लेखको नमूना
 
यहीहो।
यहीहो।
 
{{nop}}
२०२/लक्ष्मी निबन्ध-संग्रह

Revision as of 21:31, 16 February 2025

This page has not been proofread

मार्गप्रदर्शनमा छौं । हाम्रा सुईहरू मूसा दौडेझैँ दौडन्छन्‌ । अनि आधुनिक कविहरू किन विलौना नगरून्‌ः- यो जाबो जीवन के हो, यदि चिन्ताले परिपूर्ण भएर हामीले एकै छिन उभिएर एकोहोरो हेर्नकै फुरसत पाउन्नौं भने ? साँच्ची नै लोखर्केले सुपारी लुकाउने ठाउँ हेर्न हाम्रो फुरसत छैन : हामी पैसा-पैसा भनी मरिरहेछौँ । घडीले हामीलाई सिकायो कि जीवन व्यापार हो तर एकाग्रीकृत अभिप्राय होइन । हामी टिकटमा दौडिरहेछौँ । हामी विशालका मुटुको ढुकढुकी सुन्न सक्तैनौं । यो लेख लेख्तालेख्तै मेरो कानमा नजीकको घण्टाघरले चार टड्कारा प्रहार गर्दछ र टिनटिनाहटले मेरो अफिसको समय सिद्धियो भन्ने असर जनाउ दिन्छ । कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरू कति मीठा कुरा निकालौंला भनेजस्तो लागेको थियो । तर अपशोच, मेरा सहकारीहरू सबै फद्फटाउन लागिसके । घण्टाघरको राज्यमा मानव-मगजलाई यत्तिकै अधिकार छर बीसौं शताब्दीको लेखको नमूना यहीहो।