Jump to content

Page:Laxmi nibandhasangraha.pdf/209: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "मान्छेलाई घडीबाट हानि घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन्‌ । आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल याहा छैन । उहिले-उहिले यो सिउरदार चरो स..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
मान्छेलाई घडीबाट हानि
{{x-larger|'''मान्छेलाई घडीबाट हानि'''}}
 
घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको
घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको
होश दिने प्रकृति नै थिइन्‌ । आजकलका मान्छेलाई 'कुखुरी काँ' को
होश दिने प्रकृति नै थिइन्‌ । आजकलका मान्छेलाई 'कुखुरी काँ' को
मोल याहा छैन । उहिले-उहिले यो सिउरदार चरो समय देखाउने
मोल याहा छैन । उहिले-उहिले यो सिउरदार चरो समय देखाउने
चीजहरूमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर
चीजहरूमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर
उहिलेका मान्छेलाई आकाशमा जादू मात्रै थिएन । समयको संकेत पनि
उहिलेका मान्छेलाई आकाशमा जादू मात्रै थिएन । समयको संकेत पनि
थियो । छायाको अध्ययन बीसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान्‌
थियो । छायाको अध्ययन बीसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान्‌
छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक
छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक
संकेतहरूबाट समयको विचार गर्न मानिसहरू हामी जस्ता लापरबाही
संकेतहरूबाट समयको विचार गर्न मानिसहरू हामी जस्ता लापरबाही
थिएनन्‌ र यो कुरा स्पष्टतया बहसविना मालूम हुन्छ कि घडीको
थिएनन्‌ र यो कुरा स्पष्टतया बहसविना मालूम हुन्छ कि घडीको
आविष्कारले मनुष्यजातिलाई हानिसिवाय केही गरेन ।
आविष्कारले मनुष्यजातिलाई हानिसिवाय केही गरेन ।


हामीहरूले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न
हामीहरूले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न
सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौं ।
सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौं ।
हाम्रो मगजमा मेशीनको अत्याचार बढ्योर स्वतन्त्र अन्वेषण र प्राप्तिको
हाम्रो मगजमा मेशीनको अत्याचार बढ्योर स्वतन्त्र अन्वेषण र प्राप्तिको
मोहनीबाट सभ्य मानिस हरहमेशा बञ्चित छ । घडीविना विचार गर्ने
मोहनीबाट सभ्य मानिस हरहमेशा बञ्चित छ । घडीविना विचार गर्ने
व्यासजी बने, घडी लिएर बिचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी
व्यासजी बने, घडी लिएर बिचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी
 
आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका
आजकल
 
खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका
 
टिकटिकीसँग तालमा मिल्दछन्‌ । हामी यन्त्र बनाउँछौं, उनीहरू मन्त्र
टिकटिकीसँग तालमा मिल्दछन्‌ । हामी यन्त्र बनाउँछौं, उनीहरू मन्त्र
बनाउँथे । जहाँ आधुनिक पुरुषलाई पाङ्ग्रा र कमानीको तालीममा काम
बनाउँथे । जहाँ आधुनिक पुरुषलाई पाङ्ग्रा र कमानीको तालीममा काम
गर्नुपर्दछ, पहिलेका मान्छेहरू प्रकृतिका संकेत र सूचनाहरू पाएर विशालको
गर्नुपर्दछ, पहिलेका मान्छेहरू प्रकृतिका संकेत र सूचनाहरू पाएर विशालको
तालीममा काम गर्दथे ।
तालीममा काम गर्दथे ।
प्राचीन युगमा मनुष्यहरू त्रिकालदर्शी हुनुका कारण यो एक हुन
प्राचीन युगमा मनुष्यहरू त्रिकालदर्शी हुनुका कारण यो एक हुन
 
सक्तछ कि उनीहरू समयलाई यसरी पार्दैनये र अनन्तको
सक्तछ कि उनीहरू समयलाई यसरी
आह्वानलाई सानो टिकटिकीमा परिणत ॥ हाम्रो आंशिक दृष्टि
आह्वानलाई सानो टिकटिकीमा परिणत
 
पार्दैनये र अनन्तको
 
॥ हाम्रो आंशिक दृष्टि
 
छ, उनीहरूको समष्टिरूपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा त्रषि
छ, उनीहरूको समष्टिरूपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा त्रषि
२००/लक्ष्मी निबन्ध-संग्रह

Revision as of 21:30, 16 February 2025

This page has not been proofread

मान्छेलाई घडीबाट हानि

घडीको आविष्कार हुनुभन्दा अगाडि मनुष्य जातिलाई समयको होश दिने प्रकृति नै थिइन्‌ । आजकलका मान्छेलाई 'कुखुरी काँ' को मोल याहा छैन । उहिले-उहिले यो सिउरदार चरो समय देखाउने चीजहरूमध्येको भाले थियो । त्यस्तै हामी आजकल तारा हेर्दैनौं । तर उहिलेका मान्छेलाई आकाशमा जादू मात्रै थिएन । समयको संकेत पनि थियो । छायाको अध्ययन बीसौं शताब्दीको नजरमा त्यत्तिको मूल्यवान्‌ छैन जत्तिको घडीअगाडिको युगलाई जँच्दथ्यो । परेवाको कुर्लन र अनेक संकेतहरूबाट समयको विचार गर्न मानिसहरू हामी जस्ता लापरबाही थिएनन्‌ र यो कुरा स्पष्टतया बहसविना मालूम हुन्छ कि घडीको आविष्कारले मनुष्यजातिलाई हानिसिवाय केही गरेन ।

हामीहरूले अब यन्त्रद्वारा प्रकृतिको कार्यक्रमको अध्ययन गर्न सिक्यौं र आफ्ना निमित्त विचार गर्नुभन्दा यन्त्रद्वारा विचार गर्न थाल्यौं । हाम्रो मगजमा मेशीनको अत्याचार बढ्योर स्वतन्त्र अन्वेषण र प्राप्तिको मोहनीबाट सभ्य मानिस हरहमेशा बञ्चित छ । घडीविना विचार गर्ने व्यासजी बने, घडी लिएर बिचार गर्ने लक्ष्मीप्रसाद भनाउँदो । हामी आजकल खियौटे ठेट्ना बनिरहेछौं र हाम्रा मुटुका ढुकढुकी यन्त्रका टिकटिकीसँग तालमा मिल्दछन्‌ । हामी यन्त्र बनाउँछौं, उनीहरू मन्त्र बनाउँथे । जहाँ आधुनिक पुरुषलाई पाङ्ग्रा र कमानीको तालीममा काम गर्नुपर्दछ, पहिलेका मान्छेहरू प्रकृतिका संकेत र सूचनाहरू पाएर विशालको तालीममा काम गर्दथे ।

प्राचीन युगमा मनुष्यहरू त्रिकालदर्शी हुनुका कारण यो एक हुन सक्तछ कि उनीहरू समयलाई यसरी पार्दैनये र अनन्तको आह्वानलाई सानो टिकटिकीमा परिणत ॥ हाम्रो आंशिक दृष्टि छ, उनीहरूको समष्टिरूपको दृष्टि थियो, त्यसैले प्राचीनकालमा त्रषि