Jump to content

Page:Laxmi nibandhasangraha.pdf/200: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं ! यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीक र उत्तिकै..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी
जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी
सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं !
सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं !
 
यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीकर उत्तिकै
यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीक र उत्तिकै
रोचक छ । कुशलताका क्रीडाहरूभन्दा यसमा भाग्यको उलटपुलट
रोचक छ । कुशलताका क्रीडाहरूभन्दा यसमा भाग्यको उलटपुलट
झन्‌ रोचक छ, झन्‌ अविदितेको मोहनी धारण गर्दछ र निखरा पूर्वीय
झन्‌ रोचक छ, झन्‌ अविदितेको मोहनी धारण गर्दछ र निखरा पूर्वीय
भाग्य-सिद्धान्तको रङ लिन्छ । पहिले नै नतीजा अन्दाजरतित लका
भाग्य-सिद्धान्तको रङ लिन्छ । पहिले नै नतीजा अन्दाजरतित लका
जूवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छद्दूर
जूवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छद्दूर
नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम
नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम
नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र
नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र
बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना
बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना
हुन सक्तछ र अर्काको घन सित्तै लिन खोजेको बापतमा अर्काले लिइदिन
हुन सक्तछ र अर्काको घन सित्तै लिन खोजेको बापतमा अर्काले लिइदिन
पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन ।
पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन ।
आफूखुशी खतरामा पस र साहसमुताबिक आफ्नो भाग्य गर, खालि
आफूखुशी खतरामा पस र साहसमुताबिक आफ्नो भाग्य गर, खालि
Line 22: Line 15:
र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य
र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य
अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरू सच्चा हरल जुवाडे हुन्छन्‌ ।
अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरू सच्चा हरल जुवाडे हुन्छन्‌ ।
 
{{nop}}
जूबा/१९१

Revision as of 21:22, 16 February 2025

This page has not been proofread

जूवा खेल्दछ रेसमा, शेयरमा र अनेक किसिमका कुरामा, तर हामी सोहओटा कीराको गूँड लिएर सच्चा स्वदेशी तवरले भाग्य-परीक्षा गर्दछौं ! यो खेल एक पैसादेखि एक करोडसम्मलाई हातको नजीकर उत्तिकै रोचक छ । कुशलताका क्रीडाहरूभन्दा यसमा भाग्यको उलटपुलट झन्‌ रोचक छ, झन्‌ अविदितेको मोहनी धारण गर्दछ र निखरा पूर्वीय भाग्य-सिद्धान्तको रङ लिन्छ । पहिले नै नतीजा अन्दाजरतित लका जूवाको प्राकृत भावसँग विरोध राख्तछ र यस संसारमा छद्दूर नै दुनियाँको धन बटुल्ने मौका दिए चातुर्यलाई भाग्यको खेलले एकदम नाघ्दछ र सबलाई अर्काको रुपियाँ थुत्ने दाउ गर्नमा अनिश्चितता र बराबर मात्राको खतरा छ । आफ्नो जति दिन सक्यो उति पाइने सम्भावना हुन सक्तछ र अर्काको घन सित्तै लिन खोजेको बापतमा अर्काले लिइदिन पनि सक्तछ । यहाँ अन्याय छैन, भावीलाई दोष लगाउन पाइँदैन । आफूखुशी खतरामा पस र साहसमुताबिक आफ्नो भाग्य गर, खालि हरामज्यादाहरू मात्रै बिग्रन्छन्‌ । जीवनको सर्वस्व नै खेलमा लगेर थचार्न र भाग्यभन्दा कर्म पनि काम दिने हुन्छ र विवेक र समझको पनि दिव्य अभिप्राय छ भनेर सम्झन नसक्ने मूर्खहरू सच्चा हरल जुवाडे हुन्छन्‌ ।