Page:Laxmi nibandhasangraha.pdf/192: Difference between revisions
→Not proofread: Created page with "बढिरहेछ, या पछाडि हटिरहेको छ भन्त मुश्किल पर्छ । यो खेल विवेकलाई त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना देखिन्छन्, अव्यक्त आशाहरू खँदिलो हुन चाहन्छन्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बढिरहेछ, या पछाडि हटिरहेको छ भन्त मुश्किल पर्छ । यो खेल विवेकलाई | बढिरहेछ, या पछाडि हटिरहेको छ भन्त मुश्किल पर्छ । यो खेल विवेकलाई | ||
त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना | त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना | ||
देखिन्छन्, अव्यक्त आशाहरू खँदिलो हुन चाहन्छन् । भाग्यमानी त्यही | देखिन्छन्, अव्यक्त आशाहरू खँदिलो हुन चाहन्छन् । भाग्यमानी त्यही | ||
हो, जसले उड्दो क्षणको मृटु भेट्टायो । क्षणलाई ठाउँमा पक्रन सक्नु नै | हो, जसले उड्दो क्षणको मृटु भेट्टायो । क्षणलाई ठाउँमा पक्रन सक्नु नै | ||
सफलता हो। जूवा नखेल्ने कितापकीरो बेकार आँखा दुखाइरहेछ । ज्ञान | सफलता हो। जूवा नखेल्ने कितापकीरो बेकार आँखा दुखाइरहेछ । ज्ञान | ||
भनेको कौडीको पल्टाइमा रहन्छ । जीवनसँग नगाँसिएका कुराहरू ज्ञानका | भनेको कौडीको पल्टाइमा रहन्छ । जीवनसँग नगाँसिएका कुराहरू ज्ञानका | ||
सामग्री हुन सक्तैनन् । ज्यादाजसो मानवीय शिक्षामा यान्त्रिकता छ । | सामग्री हुन सक्तैनन् । ज्यादाजसो मानवीय शिक्षामा यान्त्रिकता छ । | ||
मानिस जीवनको आँखाले पढ्दैनन् । जूवामा नाटकभन्दा रोचक सजीवता | मानिस जीवनको आँखाले पढ्दैनन् । जूवामा नाटकभन्दा रोचक सजीवता | ||
रहन्छ । यहाँ जीवनको बास्तविक मोहनी सोह कौडीमा खेलिरहेको | रहन्छ । यहाँ जीवनको बास्तविक मोहनी सोह कौडीमा खेलिरहेको | ||
हुन्छ । चार-चार दिशाका द्वारपाल झैँ चार दाउहरू वसेका हुन्छन् । | हुन्छ । चार-चार दिशाका द्वारपाल झैँ चार दाउहरू वसेका हुन्छन् । | ||
कुनै अदृश्य विधिले क्षण-क्षणामा नयाँ इच्छा प्रकट गर्दछ, सोह कौडीभित्रमा | कुनै अदृश्य विधिले क्षण-क्षणामा नयाँ इच्छा प्रकट गर्दछ, सोह कौडीभित्रमा | ||
अनेकौं हृदयलाई जय-विजय र आशा-निराशाहरूको उलटपुलटको | अनेकौं हृदयलाई जय-विजय र आशा-निराशाहरूको उलटपुलटको | ||
सञ्चालन गर्छ । | सञ्चालन गर्छ । | ||
Line 24: | Line 17: | ||
राती तीन बजेदेखि बेलुका एघार बजेसम्म उनलाई पढ्नु र पढाउनुको | राती तीन बजेदेखि बेलुका एघार बजेसम्म उनलाई पढ्नु र पढाउनुको | ||
जीवन थियो । मलाई आश्चर्य लाग्दथ्यो कि उनी किन जूवामा त्यस्तो | जीवन थियो । मलाई आश्चर्य लाग्दथ्यो कि उनी किन जूवामा त्यस्तो | ||
चाख लिन्छन् । एक-दुई रुपियाँ बराबर राख्तथे तर रातभर पनि एक | चाख लिन्छन् । एक-दुई रुपियाँ बराबर राख्तथे तर रातभर पनि एक | ||
ठाउँमा बसेर या त उभिरहन्धे या त मुसुमुसु हाँसिरहेका हुन्थे । मैले | ठाउँमा बसेर या त उभिरहन्धे या त मुसुमुसु हाँसिरहेका हुन्थे । मैले | ||
एक दिन सोधें, 'किन, मास्टरजी यस्तो जूवामा सोख राख्नहुन्छ ?' उनले | एक दिन सोधें, 'किन, मास्टरजी यस्तो जूवामा सोख राख्नहुन्छ ?' उनले | ||
जबाफ दिए कि 'यो पनि जीवनको एक तमाशा हो ।' त्यस दिनदेखि | जबाफ दिए कि 'यो पनि जीवनको एक तमाशा हो ।' त्यस दिनदेखि | ||
मैले जूवालाई राम्ररी बुझेँ, मलाई यसको नाटकीयता र जीवनसँगको | मैले जूवालाई राम्ररी बुझेँ, मलाई यसको नाटकीयता र जीवनसँगको | ||
सम्बन्ध खुल्दै गयो र आफ्ना अनुभवहरूद्वारा मिलेका तर्कहरू अहिले | सम्बन्ध खुल्दै गयो र आफ्ना अनुभवहरूद्वारा मिलेका तर्कहरू अहिले | ||
लेख्तछु । | लेख्तछु । | ||
जूवा खेल्नु खराब हो भन्ने जो पनि जान्दछ, तर दुनियाँले खराब | जूवा खेल्नु खराब हो भन्ने जो पनि जान्दछ, तर दुनियाँले खराब | ||
ठहराइएका चीजहरूमा पनि औपदेशिकता पाउनु | ठहराइएका चीजहरूमा पनि औपदेशिकता पाउनु विचारशीलमतको की | ||
लक्षण हो । सहानुभौतिक दृष्टिले हेर्दा डकैती र चोरीमा पनि | लक्षण हो । सहानुभौतिक दृष्टिले हेर्दा डकैती र चोरीमा पनि | ||
सामग्रीहरू प्रशस्त मात्रामा पाइन्छन् र संसारले सबभन्दा दुष्ट भनेर | सामग्रीहरू प्रशस्त मात्रामा पाइन्छन् र संसारले सबभन्दा दुष्ट भनेर | ||
“छिः छि दुरदुर” गरेका मान्छेमा पनि त्यत्तिका गुणहरू पाइन सक्तछन् | “छिः छि दुरदुर” गरेका मान्छेमा पनि त्यत्तिका गुणहरू पाइन सक्तछन् | ||
कि मामूली कट्टर तर्सेर उठ्तछ ! त्यस्तै जूवा खेल्नु खराब सम्झिएको | कि मामूली कट्टर तर्सेर उठ्तछ ! त्यस्तै जूवा खेल्नु खराब सम्झिएको | ||
छ : तर जूवाभित्र पनि अनेक किसिमका उपदेशहरू पाइन्छन् । हामी | छ : तर जूवाभित्र पनि अनेक किसिमका उपदेशहरू पाइन्छन् । हामी | ||
Revision as of 21:19, 16 February 2025
बढिरहेछ, या पछाडि हटिरहेको छ भन्त मुश्किल पर्छ । यो खेल विवेकलाई त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना देखिन्छन्, अव्यक्त आशाहरू खँदिलो हुन चाहन्छन् । भाग्यमानी त्यही हो, जसले उड्दो क्षणको मृटु भेट्टायो । क्षणलाई ठाउँमा पक्रन सक्नु नै सफलता हो। जूवा नखेल्ने कितापकीरो बेकार आँखा दुखाइरहेछ । ज्ञान भनेको कौडीको पल्टाइमा रहन्छ । जीवनसँग नगाँसिएका कुराहरू ज्ञानका सामग्री हुन सक्तैनन् । ज्यादाजसो मानवीय शिक्षामा यान्त्रिकता छ । मानिस जीवनको आँखाले पढ्दैनन् । जूवामा नाटकभन्दा रोचक सजीवता रहन्छ । यहाँ जीवनको बास्तविक मोहनी सोह कौडीमा खेलिरहेको हुन्छ । चार-चार दिशाका द्वारपाल झैँ चार दाउहरू वसेका हुन्छन् । कुनै अदृश्य विधिले क्षण-क्षणामा नयाँ इच्छा प्रकट गर्दछ, सोह कौडीभित्रमा अनेकौं हृदयलाई जय-विजय र आशा-निराशाहरूको उलटपुलटको सञ्चालन गर्छ ।
मेरा एक विद्वान् गुरुजी जूवा फुक्नासाथ खालमा उपस्थित हुन्थे र बेहान-बेलुका भात खानको फुर्सतसिवाय लिंदैनथे, यद्यपि अरू बेलामा राती तीन बजेदेखि बेलुका एघार बजेसम्म उनलाई पढ्नु र पढाउनुको जीवन थियो । मलाई आश्चर्य लाग्दथ्यो कि उनी किन जूवामा त्यस्तो चाख लिन्छन् । एक-दुई रुपियाँ बराबर राख्तथे तर रातभर पनि एक ठाउँमा बसेर या त उभिरहन्धे या त मुसुमुसु हाँसिरहेका हुन्थे । मैले एक दिन सोधें, 'किन, मास्टरजी यस्तो जूवामा सोख राख्नहुन्छ ?' उनले जबाफ दिए कि 'यो पनि जीवनको एक तमाशा हो ।' त्यस दिनदेखि मैले जूवालाई राम्ररी बुझेँ, मलाई यसको नाटकीयता र जीवनसँगको सम्बन्ध खुल्दै गयो र आफ्ना अनुभवहरूद्वारा मिलेका तर्कहरू अहिले लेख्तछु ।
जूवा खेल्नु खराब हो भन्ने जो पनि जान्दछ, तर दुनियाँले खराब ठहराइएका चीजहरूमा पनि औपदेशिकता पाउनु विचारशीलमतको की लक्षण हो । सहानुभौतिक दृष्टिले हेर्दा डकैती र चोरीमा पनि सामग्रीहरू प्रशस्त मात्रामा पाइन्छन् र संसारले सबभन्दा दुष्ट भनेर “छिः छि दुरदुर” गरेका मान्छेमा पनि त्यत्तिका गुणहरू पाइन सक्तछन् कि मामूली कट्टर तर्सेर उठ्तछ ! त्यस्तै जूवा खेल्नु खराब सम्झिएको छ : तर जूवाभित्र पनि अनेक किसिमका उपदेशहरू पाइन्छन् । हामी