Page:Laxmi nibandhasangraha.pdf/190: Difference between revisions
→Not proofread: Created page with "ज्वा मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा मोहनी हुन्छ, जो..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Right|{{x-larger|'''जूवा'''}}}} | |||
मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये | मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये | ||
सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने | सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने | ||
एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा | एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा | ||
मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो- | मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो- | ||
<blockquote><b> | |||
<poem> | |||
“त्यो गोल टन्न बजने नयनाभिराम | “त्यो गोल टन्न बजने नयनाभिराम | ||
जस्लाई पक्डन मुसारनमा तमाम | जस्लाई पक्डन मुसारनमा तमाम | ||
छाती पिटेर दुनियाँ रहँदो छ सारा | छाती पिटेर दुनियाँ रहँदो छ सारा | ||
चौका तियाहरू गरेर कराइ मारा'त्यस्तो मनुष्यको मुटु जस्तो तवर्गका दुई अन्तिम अक्षरहरूले | चौका तियाहरू गरेर कराइ मारा'- | ||
</poem> | |||
</b></blockquote> | |||
त्यस्तो मनुष्यको मुटु जस्तो तवर्गका दुई अन्तिम अक्षरहरूले | |||
नाम बनेको चीजसँग घनिष्ठ सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको | नाम बनेको चीजसँग घनिष्ठ सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको | ||
हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्टचाउँदै | हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्टचाउँदै | ||
क्षण-क्षणमा विशालका भावहरू उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा | क्षण-क्षणमा विशालका भावहरू उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा | ||
नै सजीव उत्साह हो । जुन खेलमा मानिस | नै सजीव उत्साह हो । जुन खेलमा मानिस शरीरर हृदय दुवैले हाम्फालेर | ||
डुबुल्की लिँदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जूवाले गरीब र | डुबुल्की लिँदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जूवाले गरीब र | ||
धनी दुवैलाई आफ्ना-आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरू | धनी दुवैलाई आफ्ना-आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरू | ||
चीजलाई भन्दा हृदयलाई ज्यादा छुन्छ । हार्दिक भावहरू परिवर्तन | चीजलाई भन्दा हृदयलाई ज्यादा छुन्छ । हार्दिक भावहरू परिवर्तन | ||
गराउनु नै यसको लक्षण | गराउनु नै यसको लक्षण हो। हेर, भाग्यको विधानमा जिज्ञासु बनेका | ||
तीखा समुत्सुक आँखाहरूलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा | तीखा समुत्सुक आँखाहरूलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा | ||
चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षण अगाडिको भए तापनि | चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षण अगाडिको भए तापनि | ||
उल्टाउन पाए उसलाई गजबको आनन्द मिल्छ । दोस्रो श्वासमा के | उल्टाउन पाए उसलाई गजबको आनन्द मिल्छ । दोस्रो श्वासमा के | ||
लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण | लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण | ||
पूर्व-प्रतीक्षक भविष्यजिज्ञासु भावहरू र शक्तिहरू उत्तेजित भएर आउँछन् | पूर्व-प्रतीक्षक भविष्यजिज्ञासु भावहरू र शक्तिहरू उत्तेजित भएर आउँछन् | ||
र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट-पुलटको संकेत हेर्न | र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट-पुलटको संकेत हेर्न | ||
उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन् । | उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन् । | ||
Revision as of 21:18, 16 February 2025
जूवा
मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो-
“त्यो गोल टन्न बजने नयनाभिराम
जस्लाई पक्डन मुसारनमा तमाम
छाती पिटेर दुनियाँ रहँदो छ सारा
चौका तियाहरू गरेर कराइ मारा'-
त्यस्तो मनुष्यको मुटु जस्तो तवर्गका दुई अन्तिम अक्षरहरूले नाम बनेको चीजसँग घनिष्ठ सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्टचाउँदै क्षण-क्षणमा विशालका भावहरू उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा नै सजीव उत्साह हो । जुन खेलमा मानिस शरीरर हृदय दुवैले हाम्फालेर डुबुल्की लिँदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जूवाले गरीब र धनी दुवैलाई आफ्ना-आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरू चीजलाई भन्दा हृदयलाई ज्यादा छुन्छ । हार्दिक भावहरू परिवर्तन गराउनु नै यसको लक्षण हो। हेर, भाग्यको विधानमा जिज्ञासु बनेका तीखा समुत्सुक आँखाहरूलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षण अगाडिको भए तापनि उल्टाउन पाए उसलाई गजबको आनन्द मिल्छ । दोस्रो श्वासमा के लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण पूर्व-प्रतीक्षक भविष्यजिज्ञासु भावहरू र शक्तिहरू उत्तेजित भएर आउँछन् र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट-पुलटको संकेत हेर्न उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन् ।