Page:Laxmi nibandhasangraha.pdf/186: Difference between revisions
→Not proofread: Created page with "गौरीशंकर यात्रा बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने तिर्सनाहरू सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हन् । मानौं प्रकृतिमाताले हरहमेशा “लौ पुग त नानी' भन्न..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
गौरीशंकर यात्रा | {{Right|{{x-larger|'''गौरीशंकर यात्रा'''}}}} | ||
बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने | बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने | ||
तिर्सनाहरू सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हन् । मानौं प्रकृतिमाताले | तिर्सनाहरू सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हन् । मानौं प्रकृतिमाताले | ||
हरहमेशा “लौ पुग त नानी' भन्ने उत्तेजनाले हाम्रो बालचरण ठड्याउँदै | हरहमेशा “लौ पुग त नानी' भन्ने उत्तेजनाले हाम्रो बालचरण ठड्याउँदै | ||
र चलाउँदै गरिरहिछन् । मनुष्य नवीनता र अन्वेषणका मोहनीका पछि | र चलाउँदै गरिरहिछन् । मनुष्य नवीनता र अन्वेषणका मोहनीका पछि | ||
लाग्दा अनेक-अनेक चमत्कारहरू प्राप्त गर्दछ । अझसम्म नपुगेका | लाग्दा अनेक-अनेक चमत्कारहरू प्राप्त गर्दछ । अझसम्म नपुगेका | ||
उच्चताहरू हातलागी गर्नामा हामीहरू हरहमेशा अनौठा आनन्द अनुभव | उच्चताहरू हातलागी गर्नामा हामीहरू हरहमेशा अनौठा आनन्द अनुभव | ||
गर्दछौं । अविदितले सदा आमन्त्रण गरिरहेछ र अजेयले सधैँ हामीलाई | गर्दछौं । अविदितले सदा आमन्त्रण गरिरहेछ र अजेयले सधैँ हामीलाई | ||
नवीन जीतबाजीको प्रेरणा दिइरहेछ । हामी त्यहाँ पुग्न चाहन्छौं जहाँ | नवीन जीतबाजीको प्रेरणा दिइरहेछ । हामी त्यहाँ पुग्न चाहन्छौं जहाँ | ||
कोही पुगेका थिएनन् । त्यो चीज ल्याउन चाहन्छौं जो कसैले ल्याएका | कोही पुगेका थिएनन् । त्यो चीज ल्याउन चाहन्छौं जो कसैले ल्याएका | ||
थिएनन्, त्यो शक्ति देखाउन चाहन्छौँ जो कसैले देखाएका थिएनन् । | थिएनन्, त्यो शक्ति देखाउन चाहन्छौँ जो कसैले देखाएका थिएनन् । | ||
अगम्यको प्रेरणाले हाम्रा पयर सजीव वनाइरहेछ, अगोचरले हाम्रा आँखा | अगम्यको प्रेरणाले हाम्रा पयर सजीव वनाइरहेछ, अगोचरले हाम्रा आँखा | ||
आकर्षित हुन्छन्, अनिर्वचनीयले हाम्रो भाषा नवीन सिर्जना र विस्तार | आकर्षित हुन्छन्, अनिर्वचनीयले हाम्रो भाषा नवीन सिर्जना र विस्तार | ||
पाउँछ; अजेय शिखरहरूले हरहमेशा हाम्रो आत्मालाई स्वर्गको झल्का | पाउँछ; अजेय शिखरहरूले हरहमेशा हाम्रो आत्मालाई स्वर्गको झल्का | ||
देखाएर स्वर्गाह्वान गरिरहेछन् । | देखाएर स्वर्गाह्वान गरिरहेछन् । | ||
हामी त्यस देशका यात्री छौँ, जहाँ कोही पुगेका छैनन् । नचिनिएका | हामी त्यस देशका यात्री छौँ, जहाँ कोही पुगेका छैनन् । नचिनिएका | ||
कुराबाट ज्ञानको मोहनी आउँदछ, र दर्शन नपाएका मन्दिरतिर हामीहरू | कुराबाट ज्ञानको मोहनी आउँदछ, र दर्शन नपाएका मन्दिरतिर हामीहरू | ||
हरहमेशा ढुङ्गा भएको बाटोमा पनि मोहनी देख्तछौं । मानवात्मा सुत्न | हरहमेशा ढुङ्गा भएको बाटोमा पनि मोहनी देख्तछौं । मानवात्मा सुत्न | ||
चाहँदैन; उठ्न, खोज्न र जित्न चाहन्छ । मलाई सुन झल्किने चुलीहरूमा | चाहँदैन; उठ्न, खोज्न र जित्न चाहन्छ । मलाई सुन झल्किने चुलीहरूमा | ||
यात्री हुँदा स्वर्गको खोजमा हिंडेजस्तो लाग्दछ । नेपाली शिखरहरू अनौठो | यात्री हुँदा स्वर्गको खोजमा हिंडेजस्तो लाग्दछ । नेपाली शिखरहरू अनौठो | ||
भाषणले बोलिरहेछन् । त्यहाँ सत्यको सुन्दर स्वर्ण मोहनी प्रतिदिन | भाषणले बोलिरहेछन् । त्यहाँ सत्यको सुन्दर स्वर्ण मोहनी प्रतिदिन | ||
झल्किरहेछ । म पहाड गन्दिनँ यदि शिखर नै मेरो ध्येय छ भने । | झल्किरहेछ । म पहाड गन्दिनँ यदि शिखर नै मेरो ध्येय छ भने । | ||
अन्वेषित धुवहरू मेरा यात्राका विलासहरू छन्, म समुद्रको पीधमा | अन्वेषित धुवहरू मेरा यात्राका विलासहरू छन्, म समुद्रको पीधमा | ||
मोती खोज्न चाहन्छु । सडकको ढुङ्गाले मलाई टुना लगाउँदैन । | मोती खोज्न चाहन्छु । सडकको ढुङ्गाले मलाई टुना लगाउँदैन । | ||
चीजमा मोहनी नाच्तछन् । संसारका सबभन्दा ठूला चुलीहरू | चीजमा मोहनी नाच्तछन् । संसारका सबभन्दा ठूला चुलीहरू | ||
Revision as of 21:13, 16 February 2025
गौरीशंकर यात्रा
बालकको इन्द्रेनीपछि दौडिने र चन्द्रमा हातले पक्रन खोज्ने तिर्सनाहरू सभ्यता र उन्नतिका प्राकृतिक प्रेरणा हन् । मानौं प्रकृतिमाताले हरहमेशा “लौ पुग त नानी' भन्ने उत्तेजनाले हाम्रो बालचरण ठड्याउँदै र चलाउँदै गरिरहिछन् । मनुष्य नवीनता र अन्वेषणका मोहनीका पछि लाग्दा अनेक-अनेक चमत्कारहरू प्राप्त गर्दछ । अझसम्म नपुगेका उच्चताहरू हातलागी गर्नामा हामीहरू हरहमेशा अनौठा आनन्द अनुभव गर्दछौं । अविदितले सदा आमन्त्रण गरिरहेछ र अजेयले सधैँ हामीलाई नवीन जीतबाजीको प्रेरणा दिइरहेछ । हामी त्यहाँ पुग्न चाहन्छौं जहाँ कोही पुगेका थिएनन् । त्यो चीज ल्याउन चाहन्छौं जो कसैले ल्याएका थिएनन्, त्यो शक्ति देखाउन चाहन्छौँ जो कसैले देखाएका थिएनन् । अगम्यको प्रेरणाले हाम्रा पयर सजीव वनाइरहेछ, अगोचरले हाम्रा आँखा आकर्षित हुन्छन्, अनिर्वचनीयले हाम्रो भाषा नवीन सिर्जना र विस्तार पाउँछ; अजेय शिखरहरूले हरहमेशा हाम्रो आत्मालाई स्वर्गको झल्का देखाएर स्वर्गाह्वान गरिरहेछन् ।
हामी त्यस देशका यात्री छौँ, जहाँ कोही पुगेका छैनन् । नचिनिएका कुराबाट ज्ञानको मोहनी आउँदछ, र दर्शन नपाएका मन्दिरतिर हामीहरू हरहमेशा ढुङ्गा भएको बाटोमा पनि मोहनी देख्तछौं । मानवात्मा सुत्न चाहँदैन; उठ्न, खोज्न र जित्न चाहन्छ । मलाई सुन झल्किने चुलीहरूमा यात्री हुँदा स्वर्गको खोजमा हिंडेजस्तो लाग्दछ । नेपाली शिखरहरू अनौठो भाषणले बोलिरहेछन् । त्यहाँ सत्यको सुन्दर स्वर्ण मोहनी प्रतिदिन झल्किरहेछ । म पहाड गन्दिनँ यदि शिखर नै मेरो ध्येय छ भने । अन्वेषित धुवहरू मेरा यात्राका विलासहरू छन्, म समुद्रको पीधमा मोती खोज्न चाहन्छु । सडकको ढुङ्गाले मलाई टुना लगाउँदैन । चीजमा मोहनी नाच्तछन् । संसारका सबभन्दा ठूला चुलीहरू