Page:Laxmi nibandhasangraha.pdf/180: Difference between revisions
→Not proofread: Created page with "शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन् जो मैले खुला घाममा देखिरहेछु तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी पाइनँ । तर पद्धतिपुजारीहरू भन्दछन्, 'त्यो सिद्धान्त त..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन् जो मैले खुला घाममा | शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन् जो मैले खुला घाममा | ||
देखिरहेछु तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी | देखिरहेछु तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी | ||
पाइनँ । | पाइनँ । | ||
तर पद्धतिपुजारीहरू भन्दछन्, 'त्यो सिद्धान्त त चरा र पशुलाई | तर पद्धतिपुजारीहरू भन्दछन्, 'त्यो सिद्धान्त त चरा र पशुलाई | ||
शायद बिरुवालाई पो काम लाग्छ । विवेकशील मानिस क्रमिक बिकासद्वारा | शायद बिरुवालाई पो काम लाग्छ । विवेकशील मानिस क्रमिक बिकासद्वारा | ||
परिपक्व हुन्छ । युग-युगका औताली किन खेर फाल्ने ? तिनमा अनन्त | परिपक्व हुन्छ । युग-युगका औताली किन खेर फाल्ने ? तिनमा अनन्त | ||
परिश्रमले छाने-बिनेका चीजहरू छन् । हामी पहिलेदेखिन् शुरू गर्न | परिश्रमले छाने-बिनेका चीजहरू छन् । हामी पहिलेदेखिन् शुरू गर्न | ||
सक्तैनौं । जीवन छोटो छ, मार्गप्रदर्शक नभई विश्वको विशालता त्यस्तै | सक्तैनौं । जीवन छोटो छ, मार्गप्रदर्शक नभई विश्वको विशालता त्यस्तै | ||
अतर्स्याउने भूलभुलैया बन्दछ । तत्त्वान्वेषक वेदनाशील छ र अरूहरूको | अतर्स्याउने भूलभुलैया बन्दछ । तत्त्वान्वेषक वेदनाशील छ र अरूहरूको | ||
दुःखद्वारा आफूले दुःखनिवारणका आविष्कृत उपायहरू हात लगाउनु नै | दुःखद्वारा आफूले दुःखनिवारणका आविष्कृत उपायहरू हात लगाउनु नै | ||
Line 17: | Line 14: | ||
स्पष्टीकृत हुन सक्तैन । मानव-संस्थाहरूमा र शिक्षाक्रमहरूमा पूर्णता | स्पष्टीकृत हुन सक्तैन । मानव-संस्थाहरूमा र शिक्षाक्रमहरूमा पूर्णता | ||
नरहनु साधारणै कुरा हो, तर शिक्षा पनि एक कला हो, जसको हामी | नरहनु साधारणै कुरा हो, तर शिक्षा पनि एक कला हो, जसको हामी | ||
बेपर्वाह राख्न सक्तैनौं । | |||
म तिनीहरूको सबै कुरा काट्न सक्तिनँ तर मेरो मत धेरै कुरामा | म तिनीहरूको सबै कुरा काट्न सक्तिनँ तर मेरो मत धेरै कुरामा | ||
शिक्षाप्रणालीको विरोधी छ । मलाई शिक्षा भनेको त्यस्तो केही कुरा | शिक्षाप्रणालीको विरोधी छ । मलाई शिक्षा भनेको त्यस्तो केही कुरा | ||
हुनुपर्दछ जस्तो लाग्दछ जसले किसानको आदत लेओस्, माटो खनोस्, | हुनुपर्दछ जस्तो लाग्दछ जसले किसानको आदत लेओस्, माटो खनोस्, | ||
मलिलो बनाओस् । जमीन तयार गरोस् तर प्रकृतिलाई सहायता दिनका | मलिलो बनाओस् । जमीन तयार गरोस् तर प्रकृतिलाई सहायता दिनका | ||
निमित्त मात्र, बीउलाई खुला हावा र उज्यालो दिनका निमित्त मात्र, | निमित्त मात्र, बीउलाई खुला हावा र उज्यालो दिनका निमित्त मात्र, | ||
बिरुवालाई स्वर्गको किरणबाट पोषण लिने मौका दिनका निमित्त मात्र । | बिरुवालाई स्वर्गको किरणबाट पोषण लिने मौका दिनका निमित्त मात्र । | ||
मानिस कृत्रिम छैन भन्न म सक्तिनँ । त्यो त बाबा आदमउपरको सरापै | मानिस कृत्रिम छैन भन्न म सक्तिनँ । त्यो त बाबा आदमउपरको सरापै | ||
हो ।नाङ्गै जन्मिनमा बुन्नु, तान बनाउनाको सङ्झेत रहेझैँ विवेकसम्पन्न | हो ।नाङ्गै जन्मिनमा बुन्नु, तान बनाउनाको सङ्झेत रहेझैँ विवेकसम्पन्न | ||
Line 34: | Line 28: | ||
मिल्न सक्तैन भाव र विचारको जगत्मा हामी कतिसम्म प्रकृतिको | मिल्न सक्तैन भाव र विचारको जगत्मा हामी कतिसम्म प्रकृतिको | ||
अनुसार चल्दछौं, अथवा अरूहरूलाई क्रमिक विकास दिनामा हामी | अनुसार चल्दछौं, अथवा अरूहरूलाई क्रमिक विकास दिनामा हामी | ||
कहाँनेर भूल-चूकमा पर्दछौँ । जीवनको क्षेत्रमा कुनै रेखागणित छैन । | कहाँनेर भूल-चूकमा पर्दछौँ । जीवनको क्षेत्रमा कुनै रेखागणित छैन । | ||
त्यहाँ पूर्णबाट पूर्ण निकाले पनि पूर्ण नै बाँकी रहन्छ । एकभित्र परार्ध छ, | त्यहाँ पूर्णबाट पूर्ण निकाले पनि पूर्ण नै बाँकी रहन्छ । एकभित्र परार्ध छ, | ||
अणुभित्र विश्व । विज्ञानले सबै कुरा भेट्टाउन सक्तैनर हाम्रा मनोवैज्ञानिक | |||
अणुभित्र विश्व । विज्ञानले सबै कुरा भेट्टाउन | |||
अध्ययनहरू विवेकको अँध्यारो भित्रभित्रै टुङ्िन्छन् । यसकारणले कुनै | अध्ययनहरू विवेकको अँध्यारो भित्रभित्रै टुङ्िन्छन् । यसकारणले कुनै | ||
Revision as of 21:08, 16 February 2025
शीत सुँघ्न चाहन्छु । शब्दमा ती चित्र बन्दैनन् जो मैले खुला घाममा देखिरहेछु तिम्रो सभ्यता यत्तिकै न हो ? मैले यसमा केही मोहनी पाइनँ ।
तर पद्धतिपुजारीहरू भन्दछन्, 'त्यो सिद्धान्त त चरा र पशुलाई शायद बिरुवालाई पो काम लाग्छ । विवेकशील मानिस क्रमिक बिकासद्वारा परिपक्व हुन्छ । युग-युगका औताली किन खेर फाल्ने ? तिनमा अनन्त परिश्रमले छाने-बिनेका चीजहरू छन् । हामी पहिलेदेखिन् शुरू गर्न सक्तैनौं । जीवन छोटो छ, मार्गप्रदर्शक नभई विश्वको विशालता त्यस्तै अतर्स्याउने भूलभुलैया बन्दछ । तत्त्वान्वेषक वेदनाशील छ र अरूहरूको दुःखद्वारा आफूले दुःखनिवारणका आविष्कृत उपायहरू हात लगाउनु नै बुद्धिमानी हो । मानिस अनुभवले सिक्छ र जङ्गली अवरोधहीनतामा मानिसको साम्यदार मानवताको विकासशील सौन्दर्य नियत रेखामा स्पष्टीकृत हुन सक्तैन । मानव-संस्थाहरूमा र शिक्षाक्रमहरूमा पूर्णता नरहनु साधारणै कुरा हो, तर शिक्षा पनि एक कला हो, जसको हामी बेपर्वाह राख्न सक्तैनौं ।
म तिनीहरूको सबै कुरा काट्न सक्तिनँ तर मेरो मत धेरै कुरामा शिक्षाप्रणालीको विरोधी छ । मलाई शिक्षा भनेको त्यस्तो केही कुरा हुनुपर्दछ जस्तो लाग्दछ जसले किसानको आदत लेओस्, माटो खनोस्, मलिलो बनाओस् । जमीन तयार गरोस् तर प्रकृतिलाई सहायता दिनका निमित्त मात्र, बीउलाई खुला हावा र उज्यालो दिनका निमित्त मात्र, बिरुवालाई स्वर्गको किरणबाट पोषण लिने मौका दिनका निमित्त मात्र । मानिस कृत्रिम छैन भन्न म सक्तिनँ । त्यो त बाबा आदमउपरको सरापै हो ।नाङ्गै जन्मिनमा बुन्नु, तान बनाउनाको सङ्झेत रहेझैँ विवेकसम्पन्न हुनुमा कानून-स्थिति र बन्धनशील विकासहरू अन्तर्गत छन् । तर प्रकृतिको नियम छाडेर एक पाइलाभन्दा पनि मनुष्यतामा सफलता मिल्न सक्तैन भाव र विचारको जगत्मा हामी कतिसम्म प्रकृतिको अनुसार चल्दछौं, अथवा अरूहरूलाई क्रमिक विकास दिनामा हामी कहाँनेर भूल-चूकमा पर्दछौँ । जीवनको क्षेत्रमा कुनै रेखागणित छैन । त्यहाँ पूर्णबाट पूर्ण निकाले पनि पूर्ण नै बाँकी रहन्छ । एकभित्र परार्ध छ, अणुभित्र विश्व । विज्ञानले सबै कुरा भेट्टाउन सक्तैनर हाम्रा मनोवैज्ञानिक अध्ययनहरू विवेकको अँध्यारो भित्रभित्रै टुङ्िन्छन् । यसकारणले कुनै