Page:Laxmi nibandhasangraha.pdf/178: Difference between revisions
→Not proofread: Created page with "तिनका नाटीकुटीहरू अन्धविश्वास र स्वास्नीमान्छेपना भनेर पन्छाइदिन्छौं नफरतको नोकले । तर जस्तो पीठोको रेखीहरूमा माने हुन्छ त्यस्तै तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेम..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तिनका नाटीकुटीहरू | तिनका नाटीकुटीहरू अन्धविश्वासर स्वास्नीमान्छेपना भनेर पन्छाइदिन्छौं | ||
नफरतको नोकले । तर जस्तो पीठोको रेखीहरूमा माने हुन्छ त्यस्तै | नफरतको नोकले । तर जस्तो पीठोको रेखीहरूमा माने हुन्छ त्यस्तै | ||
तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेमका बाङ्गाटिङ्गा रेखाहरूबाट | तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेमका बाङ्गाटिङ्गा रेखाहरूबाट | ||
संसार बनेको छ । हामी सबै ठाउँमा अर्थ पत्ता लगाउन सक्तैनौं; तैपनि | संसार बनेको छ । हामी सबै ठाउँमा अर्थ पत्ता लगाउन सक्तैनौं; तैपनि | ||
हामी अज्ञानको घमण्डले जननीहृदयरेखाहरूलाई निरर्थक सम्झन्छौं । | हामी अज्ञानको घमण्डले जननीहृदयरेखाहरूलाई निरर्थक सम्झन्छौं । | ||
त्यो कहाँ बसेको छ भनेर विवेकका आँखा हार खाइरहेछन् । | त्यो कहाँ बसेको छ भनेर विवेकका आँखा हार खाइरहेछन् । | ||
मलाई ता यस्तो लाग्छ कि जननीभावमा पृथ्वी दूधभरिला बालाहरू | मलाई ता यस्तो लाग्छ कि जननीभावमा पृथ्वी दूधभरिला बालाहरू | ||
झुलाउँछिन्, जननीभावमा पृथ्बी घुम्दछिन् । विश्वमाता हाम्री त्यहाँ | झुलाउँछिन्, जननीभावमा पृथ्बी घुम्दछिन् । विश्वमाता हाम्री त्यहाँ | ||
दिन्छिन्, जहाँ हामी शिशुको भावले अनन्तको दिव्य कारुण्य फेला | दिन्छिन्, जहाँ हामी शिशुको भावले अनन्तको दिव्य कारुण्य फेला | ||
पार्दछौं । अंग्रेजी पढे पनि मेरो हृदयले भन्दछ मेरो विश्वमा एउटी | पार्दछौं । अंग्रेजी पढे पनि मेरो हृदयले भन्दछ मेरो विश्वमा एउटी | ||
जगज्जननी खँदिलो रूपमा सत्ता राख्तछिन्। हाम्रो हिन्दूधर्म पशुमा | जगज्जननी खँदिलो रूपमा सत्ता राख्तछिन्। हाम्रो हिन्दूधर्म पशुमा | ||
माता देख्नुको भावमा निर्भर छ । हामी मृदुल छौं र हामी अरू जातिभन्दा | माता देख्नुको भावमा निर्भर छ । हामी मृदुल छौं र हामी अरू जातिभन्दा | ||
श्रेष्ठ छौँ । अहिंसाको बिशाल तत्त्व भारतको हो। हाम्रो आर्यसभ्यताको | श्रेष्ठ छौँ । अहिंसाको बिशाल तत्त्व भारतको हो। हाम्रो आर्यसभ्यताको | ||
श्रेष्ठता नै जननीभावको श्रद्धामा निर्भर छ । हामी स्वदेशलाई माता | श्रेष्ठता नै जननीभावको श्रद्धामा निर्भर छ । हामी स्वदेशलाई माता | ||
भन्दछौं र हाम्रो धर्म र सत्य जननीको हृदयबाट भुलभुलाएर निक्लेको | भन्दछौं र हाम्रो धर्म र सत्य जननीको हृदयबाट भुलभुलाएर निक्लेको | ||
थियो । | थियो । | ||
{{nop}} | |||
Revision as of 21:06, 16 February 2025
तिनका नाटीकुटीहरू अन्धविश्वासर स्वास्नीमान्छेपना भनेर पन्छाइदिन्छौं नफरतको नोकले । तर जस्तो पीठोको रेखीहरूमा माने हुन्छ त्यस्तै तिनका सूक्ष्म नाटीकुटीमा अर्थ बसेको छ । प्रेमका बाङ्गाटिङ्गा रेखाहरूबाट संसार बनेको छ । हामी सबै ठाउँमा अर्थ पत्ता लगाउन सक्तैनौं; तैपनि हामी अज्ञानको घमण्डले जननीहृदयरेखाहरूलाई निरर्थक सम्झन्छौं । त्यो कहाँ बसेको छ भनेर विवेकका आँखा हार खाइरहेछन् ।
मलाई ता यस्तो लाग्छ कि जननीभावमा पृथ्वी दूधभरिला बालाहरू झुलाउँछिन्, जननीभावमा पृथ्बी घुम्दछिन् । विश्वमाता हाम्री त्यहाँ दिन्छिन्, जहाँ हामी शिशुको भावले अनन्तको दिव्य कारुण्य फेला पार्दछौं । अंग्रेजी पढे पनि मेरो हृदयले भन्दछ मेरो विश्वमा एउटी जगज्जननी खँदिलो रूपमा सत्ता राख्तछिन्। हाम्रो हिन्दूधर्म पशुमा माता देख्नुको भावमा निर्भर छ । हामी मृदुल छौं र हामी अरू जातिभन्दा श्रेष्ठ छौँ । अहिंसाको बिशाल तत्त्व भारतको हो। हाम्रो आर्यसभ्यताको श्रेष्ठता नै जननीभावको श्रद्धामा निर्भर छ । हामी स्वदेशलाई माता भन्दछौं र हाम्रो धर्म र सत्य जननीको हृदयबाट भुलभुलाएर निक्लेको थियो ।