Page:Laxmi nibandhasangraha.pdf/174: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 17: | Line 17: | ||
तैपनि बैल्यो हाय जुहार । | तैपनि बैल्यो हाय जुहार । | ||
कसरी राखूँ म जीवन !” | कसरी राखूँ म जीवन !” | ||
<poem> | </poem> | ||
</b></blockquote> | </b></blockquote> | ||
Revision as of 21:04, 16 February 2025
आमाको दिल
“बोट बनाएँ जीवनको ।
बुन्तहरूको फूल ॥
रङ्ग बनाएँ प्रम मृबुलको ।
'बाल' बनाएँ फूल ॥
पातहरूको खोपी बनाएँ ।
आकारी शोभन ॥
श्वासहरूले सुस्त झुलाएँ ।
मेरो सुन्दर मोहन !
कण्टकहरूका चिन्तनहरूले ।
रक्षण गर्दै क्षण-क्षण ।
'शीतल-शीतल आँसुहरूले ।
गरेँ प्रतिदिन रोदन ! ॥
तैपनि बैल्यो हाय जुहार ।
कसरी राखूँ म जीवन !”
यहाँ ध्वनिसँग फूलका बोटहरू फूल ओइलिनासाथ जीवनलाई निस्तार देखेर निराश शुष्कताको वैराग्यमा प्राप्त हुन्छन् ।
के कसैले बाल-वियोगमा आमाको दिल रोएको देखेको छ! त्यो वेदना पत्थरको छातीलाई पगाल्दछ ! सूर्यको मुख अँध्यारो बनाउँछ । मानो अनन्तले घुँक्का लिन्छ । मानौं आकाश त्यसकै स्मरणले अँधेरीमा घुसेर प्रतिदिन असंख्य जगत्हरूलाई 'गहभर भर नीर' बनाउँदछ । हामी जीवनर संसार दुःख रहेछ भनेर त्यही दिव्य करुणालाई समेत चैतन्यले रुलाउने क्रन्दनमा बुभ्दछौं । आशाको आत्मा पनि मलिन भएर दिनको घाममा अंघेरी देख्तछौं । महत्त्वाकांक्षा पनि त्यस ध्वनिमा असारताको स्पर्शले झुकेर झरेका पत्तीहरू माटामा ओइलाइरहेको देख्तछ । पातका