Jump to content

Page:Laxmi nibandhasangraha.pdf/150: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "छ । तैपनि हात पसाछु, रुन्छु, ले भन्छु नपाए च्याँष्टिन्छु तब चक्करहरूमा चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई अनन्तकालको अदालतमा संसारको महामूर्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
छ । तैपनि हात पसाछु, रुन्छु, ले भन्छु नपाए च्याँष्टिन्छु तब चक्करहरूमा
छ । तैपनि हात पसाछु, रुन्छु, ले भन्छु नपाए च्याँष्टिन्छु तब चक्करहरूमा
चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई
चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई
अनन्तकालको अदालतमा संसारको महामूर्खको फैसलाले सुशोभित
अनन्तकालको अदालतमा संसारको महामूर्खको फैसलाले सुशोभित
गर्दछन्‌ । छि: जित्नु ! म हार्न चाहन्छु ! म अब सुख चाहन्नँ, चाहन्छु
गर्दछन्‌ । छि: जित्नु ! म हार्न चाहन्छु ! म अब सुख चाहन्नँ, चाहन्छु
सत्यको शासन । संसारलाई सुरक्षित राख्ने अग्निज्वाला । वेदना-पूजा
सत्यको शासन । संसारलाई सुरक्षित राख्ने अग्निज्वाला । वेदना-पूजा
गर्देछु । छिः त्रिपयलम्पटता ! छि: त्यो मह, जहां पखेटा टांसिन्छन्‌ र
गर्देछु । छिः त्रिपयलम्पटता ! छि: त्यो मह, जहां पखेटा टांसिन्छन्‌ र
जीवनको छाती नदेखिने आगोले जलेर रहन्छ । म अब यति र उति
जीवनको छाती नदेखिने आगोले जलेर रहन्छ । म अब यति र उति
गरुंलामा जान चाहन्नँ, यताबाट खोस्न उताबाट मार्ने, झगडा गर्न
गरुंलामा जान चाहन्नँ, यताबाट खोस्न उताबाट मार्ने, झगडा गर्न
च्याँडिन्नै । यही शरीरको बोक्रोले त यसरी छकिएँ, आफूलाई यही
च्याँडिन्नै । यही शरीरको बोक्रोले त यसरी छकिएँ, आफूलाई यही
भन्ठानेर । अझ भित्र मनका अँधेरी कोठरीहरूमा हामी के बुभन सक्तछौं ?
भन्ठानेर । अझ भित्र मनका अँधेरी कोठरीहरूमा हामी के बुभन सक्तछौं ?
जूनकीरीको पिलपिले बत्ती घमण्ड गर्दछ त्यस अन्धकारमा, जहाँ रूप-
जूनकीरीको पिलपिले बत्ती घमण्ड गर्दछ त्यस अन्धकारमा, जहाँ रूप-
रङ्गहरू सबै आँखाकै अगाडि मुर्दातुल्य छन्‌, जहाँ यसले आफ्नो ज्योति
रङ्गहरू सबै आँखाकै अगाडि मुर्दातुल्य छन्‌, जहाँ यसले आफ्नो ज्योति
परेको एक मुनालाई पनि राम्ररी आकृति दिन सक्तैन । यही हो ज्ञान,
परेको एक मुनालाई पनि राम्ररी आकृति दिन सक्तैन । यही हो ज्ञान,
यही मानवविद्या; तासमझको ठेला, 'प'को राज्य सघ्ैँ अँध्यारोमा छ। म
यही मानवविद्या; तासमझको ठेला, 'प'को राज्य सघ्ैँ अँध्यारोमा छ। म
छिन्न, खोस्न, तान्न चाहन्छु मानौं यो विश्व मेरा निमित्त बनेको हो ।
छिन्न, खोस्न, तान्न चाहन्छु मानौं यो विश्व मेरा निमित्त बनेको हो ।
मैले त केही नलिनुभन्दा राम्रो केही पनि देखिनँ, जति नछोयो उति
मैले त केही नलिनुभन्दा राम्रो केही पनि देखिनँ, जति नछोयो उति
आनन्द । 'लौ ला, तँ नै ले सब संसार । नाङ्गा मुढी फुकाएर चल्दछ
आनन्द । 'लौ ला, तँ नै ले सब संसार। नाङ्गा मुढी फुकाएर चल्दछ
बस्तिनँ' भन्न सक्ने नै महात्मा हो । कस्तो गधा त्यो, जो ढिकी-जाँतो
बस्तिनँ' भन्न सक्ने नै महात्मा हो । कस्तो गधा त्यो, जो ढिकी-जाँतो
बोकेर हिंड्न चाहन्छ । के बोकिस्‌ काना ! आखिर संसार त ज्यौंका त्यौं
बोकेर हिंड्न चाहन्छ । के बोकिस्‌ काना ! आखिर संसार त ज्यौंका त्यौं
रहेकै छ, न रायो बनाइस्‌, न रूख, न तैँले एउटा तारा थपिस्‌ ! तर यी
रहेकै छ, न रायो बनाइस्‌, न रूख, न तैँले एउटा तारा थपिस्‌ ! तर यी
सबको गह्रौं भारी बोकिस्‌। बेकार रुन्छस्‌ । आँसुको काम छैन, त्यहांसम्म
सबको गह्रौं भारी बोकिस्‌। बेकार रुन्छस्‌ । आँसुको काम छैन, त्यहांसम्म
हृदय पग्लिँदैन र सत्यलाई मात्र पक्रेर मिथ्या छोड्न खोज्दैन । तँ
हृदय पग्लिँदैन र सत्यलाई मात्र पक्रेर मिथ्या छोड्न खोज्दैन । तँ
आगोलाई शीतल भन्थिस्‌, अमृतलाई विष । तँलाई अन्नले खायो तैँले
आगोलाई शीतल भन्थिस्‌, अमृतलाई विष । तँलाई अन्नले खायो तैँले
अन्न खाइनस्‌, तँलाई लुगाले लगायो, तैँले लाइनस्‌, बेकारमा आफू
अन्न खाइनस्‌, तँलाई लुगाले लगायो, तैँले लाइनस्‌, बेकारमा आफू
खेलौना बन्छस्‌ । विश्वका शक्तिहरू तँलाई, लात्ती-भकुण्डो खेलाउँछन्‌ ।
खेलौना बन्छस्‌ । विश्वका शक्तिहरू तँलाई, लात्ती-भकुण्डो खेलाउँछन्‌ ।
त्यस उँचाइमा, जहाँ तेरा महत्त्वाकांक्षाहरू मिथ्याको उपदान खोजेर
त्यस उँचाइमा, जहाँ तेरा महत्त्वाकांक्षाहरू मिथ्याको उपदान खोजेर
मनका लड्डू बनाउन उर्लिरहेछन्‌ । ठूलो सानो हो, सानो ठूलो । बेताल
मनका लड्डू बनाउन उर्लिरहेछन्‌ । ठूलो सानो हो, सानो ठूलो । बेताल
हुनु अहंकारको लक्षण हो । उल्टो आँखाले हेरेर तँ ज्ञानी हुँदैनस्‌ । ए,
हुनु अहंकारको लक्षण हो । उल्टो आँखाले हेरेर तँ ज्ञानी हुँदैनस्‌ । ए,
आगाको पुतली ! तँ विषयको मीठो बत्ती बलेको देखेर होमिन नजा !
आगाको पुतली ! तँ विषयको मीठो बत्ती बलेको देखेर होमिन नजा !
छोडिदे आशा । त्यो आशा जो संसारिक शृब्गारहरू पहिरेर तँलाई भुलाउन
छोडिदे आशा । त्यो आशा जो संसारिक शृब्गारहरू पहिरेर तँलाई भुलाउन
आउँछे । बाँकी राख्‌ केही, जो अर्पण हुन सकोस्‌ । 'मलाई भयो, पुग्यो
आउँछे । बाँकी राख्‌ केही, जो अर्पण हुन सकोस्‌ । 'मलाई भयो, पुग्यो
वैराग्य/१४१

Revision as of 20:36, 16 February 2025

This page has not been proofread

छ । तैपनि हात पसाछु, रुन्छु, ले भन्छु नपाए च्याँष्टिन्छु तब चक्करहरूमा चक्कर थप्नु नै विषयलम्पटता रहेछ । महत्त्वाकांक्षाहरू सिकन्दर जस्तोलाई अनन्तकालको अदालतमा संसारको महामूर्खको फैसलाले सुशोभित गर्दछन्‌ । छि: जित्नु ! म हार्न चाहन्छु ! म अब सुख चाहन्नँ, चाहन्छु सत्यको शासन । संसारलाई सुरक्षित राख्ने अग्निज्वाला । वेदना-पूजा गर्देछु । छिः त्रिपयलम्पटता ! छि: त्यो मह, जहां पखेटा टांसिन्छन्‌ र जीवनको छाती नदेखिने आगोले जलेर रहन्छ । म अब यति र उति गरुंलामा जान चाहन्नँ, यताबाट खोस्न उताबाट मार्ने, झगडा गर्न च्याँडिन्नै । यही शरीरको बोक्रोले त यसरी छकिएँ, आफूलाई यही भन्ठानेर । अझ भित्र मनका अँधेरी कोठरीहरूमा हामी के बुभन सक्तछौं ? जूनकीरीको पिलपिले बत्ती घमण्ड गर्दछ त्यस अन्धकारमा, जहाँ रूप- रङ्गहरू सबै आँखाकै अगाडि मुर्दातुल्य छन्‌, जहाँ यसले आफ्नो ज्योति परेको एक मुनालाई पनि राम्ररी आकृति दिन सक्तैन । यही हो ज्ञान, यही मानवविद्या; तासमझको ठेला, 'प'को राज्य सघ्ैँ अँध्यारोमा छ। म छिन्न, खोस्न, तान्न चाहन्छु मानौं यो विश्व मेरा निमित्त बनेको हो । मैले त केही नलिनुभन्दा राम्रो केही पनि देखिनँ, जति नछोयो उति आनन्द । 'लौ ला, तँ नै ले सब संसार। नाङ्गा मुढी फुकाएर चल्दछ बस्तिनँ' भन्न सक्ने नै महात्मा हो । कस्तो गधा त्यो, जो ढिकी-जाँतो बोकेर हिंड्न चाहन्छ । के बोकिस्‌ काना ! आखिर संसार त ज्यौंका त्यौं रहेकै छ, न रायो बनाइस्‌, न रूख, न तैँले एउटा तारा थपिस्‌ ! तर यी सबको गह्रौं भारी बोकिस्‌। बेकार रुन्छस्‌ । आँसुको काम छैन, त्यहांसम्म हृदय पग्लिँदैन र सत्यलाई मात्र पक्रेर मिथ्या छोड्न खोज्दैन । तँ आगोलाई शीतल भन्थिस्‌, अमृतलाई विष । तँलाई अन्नले खायो तैँले अन्न खाइनस्‌, तँलाई लुगाले लगायो, तैँले लाइनस्‌, बेकारमा आफू खेलौना बन्छस्‌ । विश्वका शक्तिहरू तँलाई, लात्ती-भकुण्डो खेलाउँछन्‌ । त्यस उँचाइमा, जहाँ तेरा महत्त्वाकांक्षाहरू मिथ्याको उपदान खोजेर मनका लड्डू बनाउन उर्लिरहेछन्‌ । ठूलो सानो हो, सानो ठूलो । बेताल हुनु अहंकारको लक्षण हो । उल्टो आँखाले हेरेर तँ ज्ञानी हुँदैनस्‌ । ए, आगाको पुतली ! तँ विषयको मीठो बत्ती बलेको देखेर होमिन नजा ! छोडिदे आशा । त्यो आशा जो संसारिक शृब्गारहरू पहिरेर तँलाई भुलाउन आउँछे । बाँकी राख्‌ केही, जो अर्पण हुन सकोस्‌ । 'मलाई भयो, पुग्यो