Page:Laxmi nibandhasangraha.pdf/133: Difference between revisions
→Not proofread: Created page with "खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झै सोत्राङ परेर संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झै सोत्राङ परेर | खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झै सोत्राङ परेर | ||
संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको | संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको | ||
कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्, भयभीत | कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्, भयभीत | ||
रावण राजाले भाइलाई उठाउन हात्ती पठाए, गाडा पठाए, शायद पहाड | रावण राजाले भाइलाई उठाउन हात्ती पठाए, गाडा पठाए, शायद पहाड | ||
पनि, तर उनकी निद्राले हात्तीलाई भुसुनो बनाइन्, गाडालाई कृतुकृती | पनि, तर उनकी निद्राले हात्तीलाई भुसुनो बनाइन्, गाडालाई कृतुकृती | ||
र पहाडलाई रायो । | र पहाडलाई रायो । | ||
बस, हामी त्यस्तो समाधि चाहन्छौं ! जसमा हठयोगको जरूरत | बस, हामी त्यस्तो समाधि चाहन्छौं ! जसमा हठयोगको जरूरत | ||
छैन, नशाहरू आफैँ चढ्दछन्, शरीर अस्तित्वशून्य बन्न जान्छ, आँखा | छैन, नशाहरू आफैँ चढ्दछन्, शरीर अस्तित्वशून्य बन्न जान्छ, आँखा | ||
ज्योति-केन्द्रतिर झल्को खोजी फर्किन्छन् र संसारको भौतिक कर्कशता | ज्योति-केन्द्रतिर झल्को खोजी फर्किन्छन् र संसारको भौतिक कर्कशता | ||
अँध्यारोमा विलीन हुन्छ ! आत्माले वेदान्त सिकेर भनोस्, 'सुखेन अस्वाप्सं | अँध्यारोमा विलीन हुन्छ ! आत्माले वेदान्त सिकेर भनोस्, 'सुखेन अस्वाप्सं | ||
नकिञ्चिदवेदिषम् !' न हामी आफ्नो मुटुको त्रासदार ढुकढ्कीमा | नकिञ्चिदवेदिषम् !' न हामी आफ्नो मुटुको त्रासदार ढुकढ्कीमा | ||
सचेततासम्म राख्तछौं ! बिलकुल अनन्त स्नसानमा एकान्त तपस्वी | सचेततासम्म राख्तछौं ! बिलकुल अनन्त स्नसानमा एकान्त तपस्वी | ||
बनोस् ! किनकि आनन्द त्यहाँ मिल्छ जहाँ चित्रगुप्तलाई विचेत | |||
अन्त:करणले जित्तछ र बहीखातामा अक्षर चढ्न कमया बन्दै हुन्छ । | |||
आखिर सुख भनेको कहाँ छ-यदि आँखा चिम्लनुमा छैन भने ! | आखिर सुख भनेको कहाँ छ-यदि आँखा चिम्लनुमा छैन भने ! | ||
संसारका कठोर होशहरू विषयका दर्शन जस्ता छन् । हामी असुन्दरका | संसारका कठोर होशहरू विषयका दर्शन जस्ता छन् । हामी असुन्दरका | ||
अत्याचारमा बस्नुभन्दा अँधेरो आलस्यको अलमस्तीमा उग्राउन सोख | अत्याचारमा बस्नुभन्दा अँधेरो आलस्यको अलमस्तीमा उग्राउन सोख | ||
पाउँछौं र नव-नव 'झल्काहरू लिएर ! आलुपसलेको आलुभन्दा कल्पनाको | पाउँछौं र नव-नव 'झल्काहरू लिएर ! आलुपसलेको आलुभन्दा कल्पनाको | ||
आलु मीठो हुन्छ, चराको प्वाँखभन्दा बिछ्थाउनाका पखेटाहरू स्वर्गनजीक | आलु मीठो हुन्छ, चराको प्वाँखभन्दा बिछ्थाउनाका पखेटाहरू स्वर्गनजीक | ||
पुग्दछन् । म जति कुम्भकर्णको नजीक आउन लागेको हुन्छु उति | |||
पुग्दछन् । म जति कुम्भकर्णको नजीक आउन | |||
लागेको हुन्छु उति | |||
नवीनको परिधान न्यानो हँदै आउँछ ! कविहरू जस्ता सुताहा कोही | नवीनको परिधान न्यानो हँदै आउँछ ! कविहरू जस्ता सुताहा कोही | ||
हुँदैनन् । उनीहरू संसारलाई भुलेर नन्दनवनमा उग्राइरहेका हुन्छन् । | हुँदैनन् । उनीहरू संसारलाई भुलेर नन्दनवनमा उग्राइरहेका हुन्छन् । | ||
त्रषिहरूलाई दिन सबै निशा थिए 'सा निशा जाग्रतो मुने: ।' जति बाह्य | त्रषिहरूलाई दिन सबै निशा थिए 'सा निशा जाग्रतो मुने: ।' जति बाह्य | ||
विषयबाट निदाउँदै गयो, लोलाउँदा-लोलाउँदै नयाँ उज्यालोमा आत्मा | विषयबाट निदाउँदै गयो, लोलाउँदा-लोलाउँदै नयाँ उज्यालोमा आत्मा | ||
जागरण पाउँछ, मलाई बिछ्यौनामा सरस्वती बस्छिन् जस्तो लाग्दछ । | जागरण पाउँछ, मलाई बिछ्यौनामा सरस्वती बस्छिन् जस्तो लाग्दछ । | ||
आँखा खोलेर डुल्नेहरूले संसारमा धूलोसिवाय पयरले के उडाए ? म | आँखा खोलेर डुल्नेहरूले संसारमा धूलोसिवाय पयरले के उडाए ? म | ||
आँखा चिम्लेर सुनको लङ्का बनाउँदै छु ! सपनाको मूल्य जान्ने तरङ्गीहरू | आँखा चिम्लेर सुनको लङ्का बनाउँदै छु ! सपनाको मूल्य जान्ने तरङ्गीहरू | ||
मेरा कुरा बुभ्लान्, अरू झिसमिसे मगजमा कहाँ विवरण दिन सकिन्छ | मेरा कुरा बुभ्लान्, अरू झिसमिसे मगजमा कहाँ विवरण दिन सकिन्छ | ||
र !त्यसैले जान्यो त्यो तत्त्व, जसले संसारको अँधेरीमा आँखाका ढकनी | र !त्यसैले जान्यो त्यो तत्त्व, जसले संसारको अँधेरीमा आँखाका ढकनी | ||
ओह्वाल्यो र कम्भकर्णको देशमा लङ्का घुम्दै पलङ्टासम्म विचरण गर्दै | ओह्वाल्यो र कम्भकर्णको देशमा लङ्का घुम्दै पलङ्टासम्म विचरण गर्दै | ||
गयो ! आनन्दको आत्मा सपना उग्राउनमा छ, त्यो मीठो रोमाञ्चभाव | गयो ! आनन्दको आत्मा सपना उग्राउनमा छ, त्यो मीठो रोमाञ्चभाव | ||
Revision as of 17:07, 16 February 2025
खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झै सोत्राङ परेर संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्, भयभीत रावण राजाले भाइलाई उठाउन हात्ती पठाए, गाडा पठाए, शायद पहाड पनि, तर उनकी निद्राले हात्तीलाई भुसुनो बनाइन्, गाडालाई कृतुकृती र पहाडलाई रायो ।
बस, हामी त्यस्तो समाधि चाहन्छौं ! जसमा हठयोगको जरूरत छैन, नशाहरू आफैँ चढ्दछन्, शरीर अस्तित्वशून्य बन्न जान्छ, आँखा ज्योति-केन्द्रतिर झल्को खोजी फर्किन्छन् र संसारको भौतिक कर्कशता अँध्यारोमा विलीन हुन्छ ! आत्माले वेदान्त सिकेर भनोस्, 'सुखेन अस्वाप्सं नकिञ्चिदवेदिषम् !' न हामी आफ्नो मुटुको त्रासदार ढुकढ्कीमा सचेततासम्म राख्तछौं ! बिलकुल अनन्त स्नसानमा एकान्त तपस्वी बनोस् ! किनकि आनन्द त्यहाँ मिल्छ जहाँ चित्रगुप्तलाई विचेत अन्त:करणले जित्तछ र बहीखातामा अक्षर चढ्न कमया बन्दै हुन्छ ।
आखिर सुख भनेको कहाँ छ-यदि आँखा चिम्लनुमा छैन भने ! संसारका कठोर होशहरू विषयका दर्शन जस्ता छन् । हामी असुन्दरका अत्याचारमा बस्नुभन्दा अँधेरो आलस्यको अलमस्तीमा उग्राउन सोख पाउँछौं र नव-नव 'झल्काहरू लिएर ! आलुपसलेको आलुभन्दा कल्पनाको आलु मीठो हुन्छ, चराको प्वाँखभन्दा बिछ्थाउनाका पखेटाहरू स्वर्गनजीक पुग्दछन् । म जति कुम्भकर्णको नजीक आउन लागेको हुन्छु उति नवीनको परिधान न्यानो हँदै आउँछ ! कविहरू जस्ता सुताहा कोही हुँदैनन् । उनीहरू संसारलाई भुलेर नन्दनवनमा उग्राइरहेका हुन्छन् । त्रषिहरूलाई दिन सबै निशा थिए 'सा निशा जाग्रतो मुने: ।' जति बाह्य विषयबाट निदाउँदै गयो, लोलाउँदा-लोलाउँदै नयाँ उज्यालोमा आत्मा जागरण पाउँछ, मलाई बिछ्यौनामा सरस्वती बस्छिन् जस्तो लाग्दछ । आँखा खोलेर डुल्नेहरूले संसारमा धूलोसिवाय पयरले के उडाए ? म आँखा चिम्लेर सुनको लङ्का बनाउँदै छु ! सपनाको मूल्य जान्ने तरङ्गीहरू मेरा कुरा बुभ्लान्, अरू झिसमिसे मगजमा कहाँ विवरण दिन सकिन्छ र !त्यसैले जान्यो त्यो तत्त्व, जसले संसारको अँधेरीमा आँखाका ढकनी ओह्वाल्यो र कम्भकर्णको देशमा लङ्का घुम्दै पलङ्टासम्म विचरण गर्दै गयो ! आनन्दको आत्मा सपना उग्राउनमा छ, त्यो मीठो रोमाञ्चभाव