Page:Laxmi nibandhasangraha.pdf/124: Difference between revisions
→Not proofread: Created page with "विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा | विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा | ||
हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल | हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल | ||
दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा | दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा | ||
फ्याँकिदिन्छ । ढिँडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ : | फ्याँकिदिन्छ । ढिँडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ : | ||
“अहा ! माइली ! आजको कुरौनी त के भन्नुपस्यो खै ! स्वर्गको गाईको | “अहा ! माइली ! आजको कुरौनी त के भन्नुपस्यो खै ! स्वर्गको गाईको | ||
दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई घन्यवाद | दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई घन्यवाद | ||
चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो | चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो | ||
कृतज्ञताको उद्गार निकाल्छ र म त्यस बासलाई सधैं सम्झनैछु जहाँ | कृतज्ञताको उद्गार निकाल्छ र म त्यस बासलाई सधैं सम्झनैछु जहाँ | ||
घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका | घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका | ||
पहेँला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन् | पहेँला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन् | ||
Line 16: | Line 12: | ||
कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित | कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित | ||
गर्दछिन्, क्षुद्रलाई विशाल बनाइदिन्छिन्, क्षणिकबाट अनन्तको झल्का | गर्दछिन्, क्षुद्रलाई विशाल बनाइदिन्छिन्, क्षणिकबाट अनन्तको झल्का | ||
निकाल्दछिन्, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन् । कल्पना ' | निकाल्दछिन्, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन् । कल्पना ' | ||
तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको | तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको | ||
घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू | घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू | ||
सामग्री मात्र हुन् र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा | सामग्री मात्र हुन् र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा | ||
मरेका जस्ता हुन्छन् । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको | मरेका जस्ता हुन्छन् । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको | ||
जादूगरी बोलाउंदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण | जादूगरी बोलाउंदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण | ||
गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्व्य भिन्न- | गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्व्य भिन्न- | ||
भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका | भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका | ||
भिलमिलाबटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा | भिलमिलाबटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा | ||
अनिर्वचनीय अनुभबहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा | अनिर्वचनीय अनुभबहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा | ||
एक्लो भलादमीलाई चोरले ठुन्क्याइरहेछ । दीपावलीको आनन्दमा | |||
एक्लो भलादमीलाई | |||
चोरले | |||
ठुन्क्याइरहेछ । दीपावलीको | |||
आनन्दमा | |||
जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्, कति ठडिन्छन् | जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्, कति ठडिन्छन् | ||
भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्, र चुरोटको | भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्, र चुरोटको | ||
धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर | धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर | ||
Line 52: | Line 30: | ||
भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । | भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । | ||
फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्, तर कानो काजीले | फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्, तर कानो काजीले | ||
जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ । | जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ । | ||
Revision as of 16:57, 16 February 2025
विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्याँकिदिन्छ । ढिँडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ : “अहा ! माइली ! आजको कुरौनी त के भन्नुपस्यो खै ! स्वर्गको गाईको दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई घन्यवाद चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो कृतज्ञताको उद्गार निकाल्छ र म त्यस बासलाई सधैं सम्झनैछु जहाँ घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका पहेँला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन् भन्दै थिएँ अब थाहा पाएँ- फुल्दा रहेछन् हाँडीमा ।'
कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित गर्दछिन्, क्षुद्रलाई विशाल बनाइदिन्छिन्, क्षणिकबाट अनन्तको झल्का निकाल्दछिन्, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन् । कल्पना ' तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू सामग्री मात्र हुन् र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा मरेका जस्ता हुन्छन् । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको जादूगरी बोलाउंदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्व्य भिन्न- भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका भिलमिलाबटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा अनिर्वचनीय अनुभबहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा एक्लो भलादमीलाई चोरले ठुन्क्याइरहेछ । दीपावलीको आनन्दमा जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्, कति ठडिन्छन् भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्, र चुरोटको धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर उही रात एउटा भाबुक बसेर लक्ष्मीपूजाको मुटु उद्घाटन गरेर भारतको भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्, तर कानो काजीले जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ ।