Page:Laxmi nibandhasangraha.pdf/100: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के | विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के कुतकुती | ||
लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक | लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक | ||
तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्त्वहरूसँग सम्बन्ध | तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्त्वहरूसँग सम्बन्ध | ||
राख्तछ । हामी त्यसलाई सुन्दर देख्तछौं जो ती तत्त्वहरूको पोषण गरेर | राख्तछ । हामी त्यसलाई सुन्दर देख्तछौं जो ती तत्त्वहरूको पोषण गरेर | ||
जीवनको समर्थक हुन्छ । अरू | जीवनको समर्थक हुन्छ । अरू कुरा हामीलाई अनौठोपना जस्तो लाग्दछ– | ||
जीवनको मार्मिक तत्त्वसँग केही ठक्कर खाएजस्तो या परिवर्तनसूचक । | जीवनको मार्मिक तत्त्वसँग केही ठक्कर खाएजस्तो या परिवर्तनसूचक । | ||
हामी आदत परेका तवरहरूमा जीवनका संरक्षक तत्त्व देख्दछौं अनि | हामी आदत परेका तवरहरूमा जीवनका संरक्षक तत्त्व देख्दछौं अनि | ||
Line 9: | Line 9: | ||
हामीलाई त्यहाँ अनुभव हुन्छ, जहाँ हाम्रो आदती भाव या मोलतोलसँग | हामीलाई त्यहाँ अनुभव हुन्छ, जहाँ हाम्रो आदती भाव या मोलतोलसँग | ||
सम्बन्ध राख्ने मार्मिक तत्त्वहरूको क्रियासँग गाँसिएको नैसर्गिक सौन्दर्यको | सम्बन्ध राख्ने मार्मिक तत्त्वहरूको क्रियासँग गाँसिएको नैसर्गिक सौन्दर्यको | ||
समझमा केही खडबड थाहा हुन्छ र हामी त्यो अनौठोपनको | समझमा केही खडबड थाहा हुन्छ र हामी त्यो अनौठोपनको कुतकुतीले | ||
हाँसेर उठ्तछौं । परिवर्तन नै हास्यको नजीक आउँछ, जस्तो फेशनको | हाँसेर उठ्तछौं । परिवर्तन नै हास्यको नजीक आउँछ, जस्तो फेशनको | ||
परिवर्तनमा हामीलाई हाँसो उठ्तछ । बानी परेका मोलतोलको तराजुमा | परिवर्तनमा हामीलाई हाँसो उठ्तछ । बानी परेका मोलतोलको तराजुमा | ||
उपस्थित विषयहरूसँग तुलना गरे यस्तो | उपस्थित विषयहरूसँग तुलना गरे यस्तो कुराले भेदको चैतन्य दिलाएर | ||
अनौठोपनको अनुभव गराउँछ र ती कुराको प्राकृत रेखाबाट भएको | अनौठोपनको अनुभव गराउँछ र ती कुराको प्राकृत रेखाबाट भएको | ||
दूरता या परिवर्तनको प्रमाणमुताबिक | दूरता या परिवर्तनको प्रमाणमुताबिक कुतकुती लागेर हाँसो उठ्तछ ! | ||
नेपालीको पोशाक नेपालीअगाडि हाँसो उठ्ने चीज हुँदैन, तर लण्डनमा | नेपालीको पोशाक नेपालीअगाडि हाँसो उठ्ने चीज हुँदैन, तर लण्डनमा | ||
अंग्रेजहरूलाई अनौठो लाग्दछ र उनीहरू हाँस्तछन् । यहाँ आदती कक्षासँग | अंग्रेजहरूलाई अनौठो लाग्दछ र उनीहरू हाँस्तछन् । यहाँ आदती कक्षासँग | ||
विरोध पर्नगयो । कुनै | विरोध पर्नगयो । कुनै मनुष्यलै आफुले टेकेको हाँगो बञ्चरोले काट्न | ||
लागेको देखे हामी पहिले , हाँस्तछौ ! 'कस्तो मूर्ख !' यही | लागेको देखे हामी पहिले डराउदैनौं, हाँस्तछौ ! 'कस्तो मूर्ख !' यही | ||
आश्चर्यको उद्गार त्यसको अनौठोउपर निस्कन्छ, हाम्रो स्वाभाविक | आश्चर्यको उद्गार त्यसको अनौठोउपर निस्कन्छ, हाम्रो स्वाभाविक | ||
विवेकसँगको विरोध | विवेकसँगको विरोध देख्तछौं; त्यसमा साधारण समकक्षको कमी । त्यस्तै | ||
डार्विनमहाशयका पुरुखा पुच्छर भएका बाँदर थिए भन्दा हामीलाई हाँसो | डार्विनमहाशयका पुरुखा पुच्छर भएका बाँदर थिए भन्दा हामीलाई हाँसो | ||
उठ्छ र किन आफ्नो प्रकृतिसँग त्यस अवस्थाको तुलना गरेर अनौठा | उठ्छ र किन आफ्नो प्रकृतिसँग त्यस अवस्थाको तुलना गरेर अनौठा | ||
भूलहरूले भुलाउनुभन्दा हामीलाई ज्यादा हँसाउँछन् । यहाँ विकासपूर्ण | भूलहरूले भुलाउनुभन्दा हामीलाई ज्यादा हँसाउँछन् । यहाँ विकासपूर्ण | ||
प्रकृतिले आफ्नो शैशवको न्यूनताउपर | प्रकृतिले आफ्नो शैशवको न्यूनताउपर आफैंमा हँस्सी उडाइरहिछन् । | ||
त्यस्तै पछि मानिसको मुखले बोल्दैन र खालि हाउभाउले मात्र भाषण | त्यस्तै पछि मानिसको मुखले बोल्दैन र खालि हाउभाउले मात्र भाषण | ||
हुन्छ भन्ने कसैले भन्यो भने हामीलाई अनौठो लागेर मुस्काउन मन | हुन्छ भन्ने कसैले भन्यो भने हामीलाई अनौठो लागेर मुस्काउन मन |
Latest revision as of 15:38, 16 February 2025
विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के कुतकुती लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्त्वहरूसँग सम्बन्ध राख्तछ । हामी त्यसलाई सुन्दर देख्तछौं जो ती तत्त्वहरूको पोषण गरेर जीवनको समर्थक हुन्छ । अरू कुरा हामीलाई अनौठोपना जस्तो लाग्दछ– जीवनको मार्मिक तत्त्वसँग केही ठक्कर खाएजस्तो या परिवर्तनसूचक । हामी आदत परेका तवरहरूमा जीवनका संरक्षक तत्त्व देख्दछौं अनि तिनबाट भिन्नता लिने कुराहरूमा केही खडवड लाग्दछ । अनौठोपन हामीलाई त्यहाँ अनुभव हुन्छ, जहाँ हाम्रो आदती भाव या मोलतोलसँग सम्बन्ध राख्ने मार्मिक तत्त्वहरूको क्रियासँग गाँसिएको नैसर्गिक सौन्दर्यको समझमा केही खडबड थाहा हुन्छ र हामी त्यो अनौठोपनको कुतकुतीले हाँसेर उठ्तछौं । परिवर्तन नै हास्यको नजीक आउँछ, जस्तो फेशनको परिवर्तनमा हामीलाई हाँसो उठ्तछ । बानी परेका मोलतोलको तराजुमा उपस्थित विषयहरूसँग तुलना गरे यस्तो कुराले भेदको चैतन्य दिलाएर अनौठोपनको अनुभव गराउँछ र ती कुराको प्राकृत रेखाबाट भएको दूरता या परिवर्तनको प्रमाणमुताबिक कुतकुती लागेर हाँसो उठ्तछ ! नेपालीको पोशाक नेपालीअगाडि हाँसो उठ्ने चीज हुँदैन, तर लण्डनमा अंग्रेजहरूलाई अनौठो लाग्दछ र उनीहरू हाँस्तछन् । यहाँ आदती कक्षासँग विरोध पर्नगयो । कुनै मनुष्यलै आफुले टेकेको हाँगो बञ्चरोले काट्न लागेको देखे हामी पहिले डराउदैनौं, हाँस्तछौ ! 'कस्तो मूर्ख !' यही आश्चर्यको उद्गार त्यसको अनौठोउपर निस्कन्छ, हाम्रो स्वाभाविक विवेकसँगको विरोध देख्तछौं; त्यसमा साधारण समकक्षको कमी । त्यस्तै डार्विनमहाशयका पुरुखा पुच्छर भएका बाँदर थिए भन्दा हामीलाई हाँसो उठ्छ र किन आफ्नो प्रकृतिसँग त्यस अवस्थाको तुलना गरेर अनौठा भूलहरूले भुलाउनुभन्दा हामीलाई ज्यादा हँसाउँछन् । यहाँ विकासपूर्ण प्रकृतिले आफ्नो शैशवको न्यूनताउपर आफैंमा हँस्सी उडाइरहिछन् । त्यस्तै पछि मानिसको मुखले बोल्दैन र खालि हाउभाउले मात्र भाषण हुन्छ भन्ने कसैले भन्यो भने हामीलाई अनौठो लागेर मुस्काउन मन लाग्दछ । यसकारण हाँसो धेरै मात्रामा आदतसँगको विरोध हो । हामी त्यहाँ हाँस्तछौं र त्यस्तै सबै मनुष्यको प्राकृत कक्षाबाट विरोध लिने चीज या चालले हामीलाई हाँसो उठाउँछ ।