Jump to content

Page:Laxmi nibandhasangraha.pdf/81: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:


यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको
यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको
दिनको विलास उपभोग गर्न बाहिर हिंडे, चार गारो र छानाले ढाकेको
दिनको विलास उपभोग गर्न बाहिर हिंडें, चार गारो र छानाले ढाकेको
साङ्ग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश
साङ्ग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश
मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिडें । कुनै विशेष
मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिंडें । कुनै विशेष
उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको
उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको
थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, 'कता जान लाग्नुभयो
थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, 'कता जान लाग्नुभयो ?'
मैले उत्तर दिएँ, 'कता, कता ।' 'कता कता' को 'ता' मा लामो दूरतादर्शक
मैले उत्तर दिएँ, 'कता, कता ।' 'कता कता' को 'ता' मा लामो दूरतादर्शक
प्लट थियो । भ्रमण गर्दा-गर्दा हामी कुनै ठाउँमा पुग्यौ, जसलाई प्रचलित
प्लट थियो । भ्रमण गर्दा-गर्दा हामी कुनै ठाउँमा पुग्यौं, जसलाई प्रचलित
नाम दिएर म मेरो अनुभवको मोहनी पाठकबाट उडाउन चाहन्नँ ।
नाम दिएर म मेरो अनुभवको मोहनी पाठकबाट उडाउन चाहन्नँ ।
हामी उच्चा जग्गामा बस्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका
हामी उच्चा जग्गामा बस्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका
नीलो चेहरा बिचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका
नीलो चेहरा विचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका
टुक्रामा बीचबाट सूर्य भगवानको उज्यालोले दृश्यपटलाई टाटापाटा
टुक्रामा बीचबाट सूर्य भगवान्‌को उज्यालोले दृश्यपटलाई टाटापाटा
गराएको थियो । दूरवर्ती पहाड पाटा-पाटामा घामले छोएर हरियालीको
गराएको थियो । दूरवर्ती पहाड पाटा-पाटामा घामले छोएर हरियालीको
सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको
सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको
Line 20: Line 20:
मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाइरहेका
मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाइरहेका
थिए । अर्कोतर्फ किसान युवकहरू पनि सोही काममा लागेर परत्युत्तर
थिए । अर्कोतर्फ किसान युवकहरू पनि सोही काममा लागेर परत्युत्तर
दिइरहेका थिए । अलि टाढा दुइटा 'झोपडी शान्तिका कुटी झैं सफा
दिइरहेका थिए । अलि टाढा दुइटा झोपडी शान्तिका कुटी झैं सफा
आँगन लिएर निदाएका भै देखिन्थे ।
आँगन लिएर निदाएका झैं देखिन्थे ।


यहाँ गाना थियो, कविता थियो । आशुकविहरूको कलम त्यत्तिको
यहाँ गाना थियो, कविता थियो । आशुकविहरूको कलम त्यत्तिको
छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिश्वाको सरस्वती । एकतर्फ
छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिभ्राको सरस्वती । एकतर्फ
प्रश्न उद्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार
प्रश्न उठ्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार
सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं 'शारदा'-का कविताहरू त
सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं 'शारदा'-का कविताहरू त
छन्दका कठिन कसरत मात्र हुन्‌ । त्यहाँ अदूट प्रवाह थियो, भुलभुलाबट
छन्दका कठिन कसरत मात्र हुन्‌ । त्यहाँ अटूट प्रवाह थियो, भुलभुलावट
थियो, जो त्यस पत्रिका आउने जमेका साह्वा टुक्राहरूमा देखिन्न ।
थियो, जो त्यस पत्रिका आउने जमेका साह्रा टुक्राहरूमा देखिन्न ।
तिनको आवाज सुन्दा त अलङ्कार, अनुप्रास, उपमाका बोझाहरू कविताका
तिनको आवाज सुन्दा त अलङ्कार, अनुप्रास, उपमाका बोझाहरू कविताका
गलफन्द मात्र हुन्‌ भन्ने लाग्दथ्यो । यिनमा त्यो सरल माधुर्य थियो जो
गलफन्द मात्र हुन्‌ भन्ने लाग्दथ्यो । यिनमा त्यो सरल माधुर्य थियो जो
भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्न । सर्वसाधारण
भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्न । सर्वसाधारण

Latest revision as of 13:32, 15 February 2025

This page has been proofread

केही उल्लास मिल्दथ्यो । हाम्रो सर्वप्राथमिक प्रयासमा पनि यही रोपाइँको सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाहुना छ ।

यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको दिनको विलास उपभोग गर्न बाहिर हिंडें, चार गारो र छानाले ढाकेको साङ्ग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिंडें । कुनै विशेष उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, 'कता जान लाग्नुभयो ?' मैले उत्तर दिएँ, 'कता, कता ।' 'कता कता' को 'ता' मा लामो दूरतादर्शक प्लट थियो । भ्रमण गर्दा-गर्दा हामी कुनै ठाउँमा पुग्यौं, जसलाई प्रचलित नाम दिएर म मेरो अनुभवको मोहनी पाठकबाट उडाउन चाहन्नँ । हामी उच्चा जग्गामा बस्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका नीलो चेहरा विचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका टुक्रामा बीचबाट सूर्य भगवान्‌को उज्यालोले दृश्यपटलाई टाटापाटा गराएको थियो । दूरवर्ती पहाड पाटा-पाटामा घामले छोएर हरियालीको सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको मोहनीतलतिर रोपाइँ चलिरहेको थियो । निहरिएका ग्रामीण युवतीहरू मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाइरहेका थिए । अर्कोतर्फ किसान युवकहरू पनि सोही काममा लागेर परत्युत्तर दिइरहेका थिए । अलि टाढा दुइटा झोपडी शान्तिका कुटी झैं सफा आँगन लिएर निदाएका झैं देखिन्थे ।

यहाँ गाना थियो, कविता थियो । आशुकविहरूको कलम त्यत्तिको छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिभ्राको सरस्वती । एकतर्फ प्रश्न उठ्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं 'शारदा'-का कविताहरू त छन्दका कठिन कसरत मात्र हुन्‌ । त्यहाँ अटूट प्रवाह थियो, भुलभुलावट थियो, जो त्यस पत्रिका आउने जमेका साह्रा टुक्राहरूमा देखिन्न । तिनको आवाज सुन्दा त अलङ्कार, अनुप्रास, उपमाका बोझाहरू कविताका गलफन्द मात्र हुन्‌ भन्ने लाग्दथ्यो । यिनमा त्यो सरल माधुर्य थियो जो भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्न । सर्वसाधारण