Page:Laxmi nibandhasangraha.pdf/76: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य | चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीं | ||
छ फूलको मोहनी अहा ! | छ फूलको मोहनी अहा ! भँवराले गुलियो रस चुसिरहेछ । म अर्को | ||
अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस । | अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस । | ||
Line 7: | Line 7: | ||
त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं | त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं | ||
हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको | हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको | ||
वाटिकामा यसले | वाटिकामा यसले ऋतु र स्थानको सीमा नाघ्दछ। पृथ्वीमा तुसारो परोस् | ||
तर मभित्र | तर मभित्र यसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही | ||
रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्, | रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्, खुशबू | ||
दिइरहेछन् । | दिइरहेछन् । फूलहरूले हृदयलाई सुन्दरतिर खिचिरहेछन् । यिनीहरूद्वारा | ||
हामी त्यस सौन्दर्यको देशमा , यहाँ हरेक कदममा विचित्र आनन्द | हामी त्यस सौन्दर्यको देशमा पस्तछौं, यहाँ हरेक कदममा विचित्र आनन्द | ||
छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ । | छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ । | ||
Line 23: | Line 23: | ||
घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस ! | घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस ! | ||
फूलसँग आफ्नो जीवनको महान् उपदेश सिक, हृदयमा कोमलतालाई | फूलसँग आफ्नो जीवनको महान् उपदेश सिक, हृदयमा कोमलतालाई | ||
अवकाश | अवकाश देऊ; सुन्दर भावहरूको रङ्ग चढाऊ, भित्री जीवनमा त्यो दिव्य | ||
सङ्गति त्यो लयदार मिलाप आउन देऊ । | |||
हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर | हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर | ||
Line 33: | Line 33: | ||
जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न | जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न | ||
जीवनशक्तिले, माटोको कलिलो अवस्थामा मौका पाएर खुला घाम- | जीवनशक्तिले, माटोको कलिलो अवस्थामा मौका पाएर खुला घाम- | ||
हावातर्फ यो उज्यालो | हावातर्फ यो उज्यालो जगत्तिर फैलिन कोशिश गर्यो । माटोतल जरा |
Latest revision as of 12:59, 15 February 2025
चित्रमा सौन्दर्यको यो चलेको जिउँदोपन पाइन्न । सजीव सौन्दर्य त्यहीं छ फूलको मोहनी अहा ! भँवराले गुलियो रस चुसिरहेछ । म अर्को अमृत पिइरहेछु, अर्कै विचित्र मादक रस ।
एक अंग्रेजी कवि भन्दछन्, 'सौन्दर्यको चीज सधैंको आनन्द हुन्छ । सुन्दर चीज कहिल्यै मर्दैनन् । आज जुन गुलाब फुलिरहेछ, त्यसलाई परिवर्तनको हातले छुँदैन । मेरो नजरद्वारा हृदयमा घुसेर सधैं हाँसिरहन्छ । फूलबारीमा समय र अवकाशले परिबद्ध थियो, हृदयको वाटिकामा यसले ऋतु र स्थानको सीमा नाघ्दछ। पृथ्वीमा तुसारो परोस् तर मभित्र यसलाई प्रेमको अमर वसन्त छ जुन रूपमा देखिएथ्यो, उही रूपमा फुलिरहनेछ । मानिसको जीवनलाई फूलहरूले रंगाइरहेछन्, खुशबू दिइरहेछन् । फूलहरूले हृदयलाई सुन्दरतिर खिचिरहेछन् । यिनीहरूद्वारा हामी त्यस सौन्दर्यको देशमा पस्तछौं, यहाँ हरेक कदममा विचित्र आनन्द छ । परमानन्दको आभास फूलको मुहारमा झल्कन्छ ।
फूल देखेर मानिस आफ्नो असुन्दर जीवनउपर शरम मान्दछ । मेरो हृदय सुन्दर रूप लिएर फुल्न खोज्दछ, तर साधारण मूलसडकको मैला छारोले यसलाई दिनदिनै मैल्याइरहेछ, धूलोले छाइरहेछ । मेरो फुल्ने आकांक्षा फुट्न नपाएको कोपिला भइरहेछ । मेरो विकासलाई अनेक धन्दाले हावा छेकिरहेछन् । म बाहिर निस्कन छटपटाइरहेछु, तर मेरो जरामा कीराले शिकार खेलिरहेछ, मभित्र फुल्ने सम्भावना रहेको छ, तर कोपिलैमा वैलाउन लागिरहेछ । आफ्नो असुन्दर जीवनमा म घुणा मान्दछु, जब म प्रफुल्लित फूलको सौन्दर्य देख्दछु । हे मानिस ! फूलसँग आफ्नो जीवनको महान् उपदेश सिक, हृदयमा कोमलतालाई अवकाश देऊ; सुन्दर भावहरूको रङ्ग चढाऊ, भित्री जीवनमा त्यो दिव्य सङ्गति त्यो लयदार मिलाप आउन देऊ ।
हामी फूलहरूलाई हेर्दा सजिलैसँग फुलेजस्तो मान्दछौं । तर यिनको विकासलाई प्रशस्त समय र प्रयास चाहिएको थियो !
अघिल्लो वर्षको हावाले छरेको एउटा सानो बीज माटोभित्र कतातिर लुकिरहेको थियो, हिउँदको शासना खाएर तुषारोमनि यसले जागृतिको काल पर्खिरहेको थियो । तब उचित समयमा यो आच्छन्न जीवनशक्तिले, माटोको कलिलो अवस्थामा मौका पाएर खुला घाम- हावातर्फ यो उज्यालो जगत्तिर फैलिन कोशिश गर्यो । माटोतल जरा