Jump to content

Page:Laxmi nibandhasangraha.pdf/70: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{Right|{{x-larger|'''भलादमी}}}}
{{Right|{{x-larger|'''भलादमी}}}}


बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही
विकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही
उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ ।
उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ ।
व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुक्‌म
व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुकूम
चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही
चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही
शब्दहरू दुब्ला-पातला भएका छन्‌, तिनीहरूको प्राचीन महत्त्व उडेको
शब्दहरू दुब्ला-पातला भएका छन्‌, तिनीहरूको प्राचीन महत्त्व उडेको
छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा
छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा
केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि
केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि
अर्थको यति अप्रश्मंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग
अर्थको यति अप्रभ्रंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग
नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर
नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर
विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्‌:
विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्‌:
घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका
घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका
भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्‌, रङ्ग र रेशमका भलादमी
भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्‌, रङ्ग र रेशमका भलादमी
काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन्‌ । जमाना रङ्ग वदलन्छ
काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन्‌ । जमाना रङ्ग बदलन्छ


नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो
नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो
Line 19: Line 19:
गरिरहेछन्‌ । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको
गरिरहेछन्‌ । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको
कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ
कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ
बढाइदेफ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौँ, छाँट मिलेको
बढाइदेऊ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौ, छाँट मिलेको
कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुम-
कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुम-
चुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि
चुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि

Latest revision as of 12:06, 15 February 2025

This page has been proofread

भलादमी

विकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुकूम चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही शब्दहरू दुब्ला-पातला भएका छन्‌, तिनीहरूको प्राचीन महत्त्व उडेको छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि अर्थको यति अप्रभ्रंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्‌: घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्‌, रङ्ग र रेशमका भलादमी काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन्‌ । जमाना रङ्ग बदलन्छ ।

नोटको भाउ बढेको भए तापनि आजकल भलादमीपन सस्तो मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री गरिरहेछन्‌ । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ बढाइदेऊ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौ, छाँट मिलेको कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुम- चुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी झन्‌ फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर'