Jump to content

Page:Laxmi nibandhasangraha.pdf/59: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उभाउन गएको ठिटो आफ्नै भाँडामा ड्नेर मरेजस्तो उखान छ । धेरै
उभाउन गएको ठिटो आफ्नै भाँडामा डुबेर मरेजस्तो उखान छ । धेरै
जना अंग्रेजी बोल्न डराउँछन्‌, लेख्न परै रहोस्‌ । परीक्षाको लुगालाई
जना अंग्रेजी बोल्न डराउँछन्‌, लेख्न परै रहोस्‌ । परीक्षाको लुगालाई
सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहोन्याउन लगाउँछिन्‌ ।
सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहोर्याउन लगाउँछिन्‌ ।
हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र
हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र
नवीन प्राप्ति र नवीन अन्वेषणको एँडी खतम हुन्छ । हामी मरीच झैं
नवीन प्राप्ति र नवीन अन्वेषणको ऐंडी खतम हुन्छ । हामी मरीच झैं
चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहटर धूर्तता बन्न
चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहट र धूर्तता बन्न
जान्छ ।
जान्छ ।


तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची
तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची
छ। यहीं भारतको बीसौं शताब्दी छ, यहीँ आधुनिक आँखा छ, यहीं
छ। यहीं भारतको बीसौं शताब्दी छ, यहीं आधुनिक आँखा छ, यहीं
परराष्ट्र सम्बन्धहरू छन्‌, यहीँ भारतीय अदालत छन्‌ । यहीं सूर्य
परराष्ट्र सम्बन्धहरू छन्‌, यहीं भारतीय अदालत छन्‌ । यहीं सूर्य
अस्ताउँदैनन्‌, यहीँ रवाफ र आड छ। यहीं हाम्रो दैनिक जीवन छ। यो
अस्ताउँदैनन्‌, यहीं रवाफ र आड छ। यहीं हाम्रो दैनिक जीवन छ। यो
अंग्रेजीमा के छैन ?
अंग्रेजीमा के छैन ?


Line 20: Line 20:
हात मिलाउँछस्‌, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान्‌-
हात मिलाउँछस्‌, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान्‌-
पण्डितजीहरू चाउरिएर बस्तछन्‌ ।
पण्डितजीहरू चाउरिएर बस्तछन्‌ ।
{{nop}}

Latest revision as of 16:36, 13 February 2025

This page has been proofread

उभाउन गएको ठिटो आफ्नै भाँडामा डुबेर मरेजस्तो उखान छ । धेरै जना अंग्रेजी बोल्न डराउँछन्‌, लेख्न परै रहोस्‌ । परीक्षाको लुगालाई सरस्वतीले खालि यन्त्र-प्रवृत्तिले घोकेका कुरा दोहोर्याउन लगाउँछिन्‌ । हामीले परीक्षाबैठकबाट बाहिर निक्लनासाथ ज्ञानको टुङ्गो पुग्दछ र नवीन प्राप्ति र नवीन अन्वेषणको ऐंडी खतम हुन्छ । हामी मरीच झैं चाउरिन्छौं र सुक्खा बन्दछौं । अनि जीवन छडी, हप्काहट र धूर्तता बन्न जान्छ ।

तर यही अंग्रेजीमा नून छ, यही केटाकेटीको मुखलाई पापाचिची छ। यहीं भारतको बीसौं शताब्दी छ, यहीं आधुनिक आँखा छ, यहीं परराष्ट्र सम्बन्धहरू छन्‌, यहीं भारतीय अदालत छन्‌ । यहीं सूर्य अस्ताउँदैनन्‌, यहीं रवाफ र आड छ। यहीं हाम्रो दैनिक जीवन छ। यो अंग्रेजीमा के छैन ?

अंग्रेजी पढ्नेलाई कुलीनका छोरी छन्‌, बाबूसाहेबहरूका घरमा मेच, स्कूलमा छडी, कलेजमा दाह्री, व्यापारका केन्द्रमा पैसा, परराष्ट्र अफिसमा इज्जत, भाषानुवादमा बोलावट, रोटीमा नौनी, विदेशमा रवाफ, स्वदेशमा धाक, साथीभाइहरूमा नाक, घण्टामा पचास र संसारमा सुवास, हाइ ! अंग्रेजी ! तँ जागीर पाउँछस्‌ दर बसालेको, तैँ भाइसरायसँग हात मिलाउँछस्‌, तेरै रवाफ हामी खाएर बसिरहेछौं, जहाँ विद्वान्‌- पण्डितजीहरू चाउरिएर बस्तछन्‌ ।