Page:Laxmi nibandhasangraha.pdf/100: Difference between revisions
→Not proofread: Created page with "विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के कृतकृती लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के कृतकृती | विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के कृतकृती | ||
लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक | लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक | ||
तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्त्वहरूसँग सम्बन्ध | तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्त्वहरूसँग सम्बन्ध | ||
राख्तछ । हामी त्यसलाई सुन्दर देख्तछौं जो ती तत्त्वहरूको पोषण गरेर | राख्तछ । हामी त्यसलाई सुन्दर देख्तछौं जो ती तत्त्वहरूको पोषण गरेर | ||
जीवनको समर्थक हुन्छ । अरू क्रा हामीलाई अनौठोपना जस्तो | जीवनको समर्थक हुन्छ । अरू क्रा हामीलाई अनौठोपना जस्तो लाग्दछ- | ||
जीवनको मार्मिक तत्त्वसँग केही ठक्कर खाएजस्तो या परिवर्तनसूचक । | |||
हामी आदत परेका तवरहरूमा जीवनका संरक्षक तत्त्व देख्दछौं अनि | हामी आदत परेका तवरहरूमा जीवनका संरक्षक तत्त्व देख्दछौं अनि | ||
तिनबाट भिन्नता लिने कुराहरूमा केही खडवड लाग्दछ । अनौठोपन | तिनबाट भिन्नता लिने कुराहरूमा केही खडवड लाग्दछ । अनौठोपन | ||
हामीलाई त्यहाँ अनुभव हुन्छ, जहाँ हाम्रो आदती भाव या मोलतोलसँग | हामीलाई त्यहाँ अनुभव हुन्छ, जहाँ हाम्रो आदती भाव या मोलतोलसँग | ||
सम्बन्ध राख्ने मार्मिक तत्त्वहरूको क्रियासँग गाँसिएको नैसर्गिक सौन्दर्यको | सम्बन्ध राख्ने मार्मिक तत्त्वहरूको क्रियासँग गाँसिएको नैसर्गिक सौन्दर्यको | ||
समझमा केही खडबड थाहा हुन्छ र हामी त्यो अनौठोपनको कृतकुतीले | समझमा केही खडबड थाहा हुन्छ र हामी त्यो अनौठोपनको कृतकुतीले | ||
हाँसेर उठ्तछौं । परिवर्तन नै हास्यको नजीक आउँछ, जस्तो फेशनको | हाँसेर उठ्तछौं । परिवर्तन नै हास्यको नजीक आउँछ, जस्तो फेशनको | ||
परिवर्तनमा हामीलाई हाँसो उठ्तछ । बानी परेका मोलतोलको तराजुमा | परिवर्तनमा हामीलाई हाँसो उठ्तछ । बानी परेका मोलतोलको तराजुमा | ||
उपस्थित विषयहरूसँग तुलना गरे यस्तो क्राले भेदको चैतन्य दिलाएर | उपस्थित विषयहरूसँग तुलना गरे यस्तो क्राले भेदको चैतन्य दिलाएर | ||
अनौठोपनको अनुभव गराउँछ र ती कुराको प्राकृत रेखाबाट भएको | अनौठोपनको अनुभव गराउँछ र ती कुराको प्राकृत रेखाबाट भएको | ||
दूरता या परिवर्तनको प्रमाणमुताबिक कतकती लागेर हाँसो उठ्तछ ! | दूरता या परिवर्तनको प्रमाणमुताबिक कतकती लागेर हाँसो उठ्तछ ! | ||
नेपालीको पोशाक नेपालीअगाडि हाँसो उठ्ने चीज हुँदैन, तर लण्डनमा | नेपालीको पोशाक नेपालीअगाडि हाँसो उठ्ने चीज हुँदैन, तर लण्डनमा | ||
अंग्रेजहरूलाई अनौठो लाग्दछ र उनीहरू हाँस्तछन् । यहाँ आदती कक्षासँग | अंग्रेजहरूलाई अनौठो लाग्दछ र उनीहरू हाँस्तछन् । यहाँ आदती कक्षासँग | ||
विरोध पर्नगयो । कुनै मनुच्यलै आफुले आफूले टेकेको हाँगो बञ्चरोले काट्न | |||
विरोध पर्नगयो । कुनै मनुच्यलै आफुले | लागेको देखे हामी पहिले , हाँस्तछौ ! 'कस्तो मूर्ख !' यही | ||
आफूले टेकेको हाँगो बञ्चरोले काट्न | आश्चर्यको उद्गार त्यसको अनौठोउपर निस्कन्छ, हाम्रो स्वाभाविक | ||
लागेको देखे हामी पहिले | |||
, हाँस्तछौ ! 'कस्तो मूर्ख !' यही | |||
अनौठोउपर | |||
निस्कन्छ, हाम्रो स्वाभाविक | |||
विवेकसँगको विरोध देख्तछौँ; त्यसमा साधारण समकक्षको कमी। त्यस्तै | विवेकसँगको विरोध देख्तछौँ; त्यसमा साधारण समकक्षको कमी। त्यस्तै | ||
डार्विनमहाशयका पुरुखा पुच्छर भएका बाँदर थिए भन्दा हामीलाई हाँसो | डार्विनमहाशयका पुरुखा पुच्छर भएका बाँदर थिए भन्दा हामीलाई हाँसो | ||
उठ्छ र किन आफ्नो प्रकृतिसँग त्यस अवस्थाको तुलना गरेर अनौठा | उठ्छ र किन आफ्नो प्रकृतिसँग त्यस अवस्थाको तुलना गरेर अनौठा | ||
भूलहरूले भुलाउनुभन्दा हामीलाई ज्यादा हँसाउँछन् । यहाँ विकासपूर्ण | भूलहरूले भुलाउनुभन्दा हामीलाई ज्यादा हँसाउँछन् । यहाँ विकासपूर्ण | ||
प्रकृतिले आफ्नो शैशवको न्यूनताउपर आफैँमा हँस्सी उडाइरहिछन् । | प्रकृतिले आफ्नो शैशवको न्यूनताउपर आफैँमा हँस्सी उडाइरहिछन् । | ||
त्यस्तै पछि मानिसको मुखले बोल्दैन र खालि हाउभाउले मात्र भाषण | त्यस्तै पछि मानिसको मुखले बोल्दैन र खालि हाउभाउले मात्र भाषण | ||
हुन्छ भन्ने कसैले भन्यो भने हामीलाई अनौठो लागेर मुस्काउन मन | हुन्छ भन्ने कसैले भन्यो भने हामीलाई अनौठो लागेर मुस्काउन मन | ||
लाग्दछ । यसकारण हाँसो धेरै मात्रामा आदतसँगको विरोध हो । हामी | लाग्दछ । यसकारण हाँसो धेरै मात्रामा आदतसँगको विरोध हो । हामी | ||
त्यहाँ हाँस्तछौं र त्यस्तै सबै मनुष्यको प्राकृत कक्षाबाट विरोध लिने | त्यहाँ हाँस्तछौं र त्यस्तै सबै मनुष्यको प्राकृत कक्षाबाट विरोध लिने | ||
चीज या चालले हामीलाई हाँसो उठाउँछ । | चीज या चालले हामीलाई हाँसो उठाउँछ । | ||
{{nop}} | |||
Revision as of 14:38, 9 February 2025
विरोध खाने कुराहरू अनुभव गर्दछौं र अनौठोपनाले के के कृतकृती लागेजस्तो पाउँछौं । यसबाट विदित हुन्छ कि हाम्रो जीवन केही मार्मिक तत्त्वहरूमा निर्भर छ, सौन्दर्यको समझ ती मार्मिक तत्त्वहरूसँग सम्बन्ध राख्तछ । हामी त्यसलाई सुन्दर देख्तछौं जो ती तत्त्वहरूको पोषण गरेर जीवनको समर्थक हुन्छ । अरू क्रा हामीलाई अनौठोपना जस्तो लाग्दछ- जीवनको मार्मिक तत्त्वसँग केही ठक्कर खाएजस्तो या परिवर्तनसूचक । हामी आदत परेका तवरहरूमा जीवनका संरक्षक तत्त्व देख्दछौं अनि तिनबाट भिन्नता लिने कुराहरूमा केही खडवड लाग्दछ । अनौठोपन हामीलाई त्यहाँ अनुभव हुन्छ, जहाँ हाम्रो आदती भाव या मोलतोलसँग सम्बन्ध राख्ने मार्मिक तत्त्वहरूको क्रियासँग गाँसिएको नैसर्गिक सौन्दर्यको समझमा केही खडबड थाहा हुन्छ र हामी त्यो अनौठोपनको कृतकुतीले हाँसेर उठ्तछौं । परिवर्तन नै हास्यको नजीक आउँछ, जस्तो फेशनको परिवर्तनमा हामीलाई हाँसो उठ्तछ । बानी परेका मोलतोलको तराजुमा उपस्थित विषयहरूसँग तुलना गरे यस्तो क्राले भेदको चैतन्य दिलाएर अनौठोपनको अनुभव गराउँछ र ती कुराको प्राकृत रेखाबाट भएको दूरता या परिवर्तनको प्रमाणमुताबिक कतकती लागेर हाँसो उठ्तछ ! नेपालीको पोशाक नेपालीअगाडि हाँसो उठ्ने चीज हुँदैन, तर लण्डनमा अंग्रेजहरूलाई अनौठो लाग्दछ र उनीहरू हाँस्तछन् । यहाँ आदती कक्षासँग विरोध पर्नगयो । कुनै मनुच्यलै आफुले आफूले टेकेको हाँगो बञ्चरोले काट्न लागेको देखे हामी पहिले , हाँस्तछौ ! 'कस्तो मूर्ख !' यही आश्चर्यको उद्गार त्यसको अनौठोउपर निस्कन्छ, हाम्रो स्वाभाविक विवेकसँगको विरोध देख्तछौँ; त्यसमा साधारण समकक्षको कमी। त्यस्तै डार्विनमहाशयका पुरुखा पुच्छर भएका बाँदर थिए भन्दा हामीलाई हाँसो उठ्छ र किन आफ्नो प्रकृतिसँग त्यस अवस्थाको तुलना गरेर अनौठा भूलहरूले भुलाउनुभन्दा हामीलाई ज्यादा हँसाउँछन् । यहाँ विकासपूर्ण प्रकृतिले आफ्नो शैशवको न्यूनताउपर आफैँमा हँस्सी उडाइरहिछन् । त्यस्तै पछि मानिसको मुखले बोल्दैन र खालि हाउभाउले मात्र भाषण हुन्छ भन्ने कसैले भन्यो भने हामीलाई अनौठो लागेर मुस्काउन मन लाग्दछ । यसकारण हाँसो धेरै मात्रामा आदतसँगको विरोध हो । हामी त्यहाँ हाँस्तछौं र त्यस्तै सबै मनुष्यको प्राकृत कक्षाबाट विरोध लिने चीज या चालले हामीलाई हाँसो उठाउँछ ।