Page:Laxmi nibandhasangraha.pdf/81: Difference between revisions
→Not proofread: Created page with "केही उल्लास मिल्दथ्यो । हाम्रो सर्वप्राथमिक प्रयासमा पनि यही रोपाइँको सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाह..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन | सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन | ||
गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाहुना छ । | गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाहुना छ । | ||
यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको | यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको | ||
दिनको विलास उपभोग गर्न बाहिर हिंडे, चार गारो र छानाले ढाकेको | दिनको विलास उपभोग गर्न बाहिर हिंडे, चार गारो र छानाले ढाकेको | ||
साङ्ग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश | साङ्ग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश | ||
मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिडें । कुनै विशेष | मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिडें । कुनै विशेष | ||
उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको | उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको | ||
थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, 'कता जान लाग्नुभयो | थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, 'कता जान लाग्नुभयो | ||
मैले उत्तर दिएँ, 'कता, कता ।' 'कता कता' को 'ता' मा लामो दूरतादर्शक | मैले उत्तर दिएँ, 'कता, कता ।' 'कता कता' को 'ता' मा लामो दूरतादर्शक | ||
प्लट थियो । भ्रमण गर्दा-गर्दा हामी कुनै ठाउँमा पुग्यौ, जसलाई प्रचलित | प्लट थियो । भ्रमण गर्दा-गर्दा हामी कुनै ठाउँमा पुग्यौ, जसलाई प्रचलित | ||
नाम दिएर म मेरो अनुभवको मोहनी पाठकबाट उडाउन चाहन्नँ । | नाम दिएर म मेरो अनुभवको मोहनी पाठकबाट उडाउन चाहन्नँ । | ||
हामी उच्चा जग्गामा बस्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका | हामी उच्चा जग्गामा बस्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका | ||
नीलो चेहरा बिचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका | नीलो चेहरा बिचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका | ||
टुक्रामा बीचबाट सूर्य भगवानको उज्यालोले दृश्यपटलाई टाटापाटा | टुक्रामा बीचबाट सूर्य भगवानको उज्यालोले दृश्यपटलाई टाटापाटा | ||
गराएको थियो । दूरवर्ती पहाड पाटा-पाटामा घामले छोएर हरियालीको | गराएको थियो । दूरवर्ती पहाड पाटा-पाटामा घामले छोएर हरियालीको | ||
सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको | सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको | ||
मोहनीतलतिर रोपाइँ चलिरहेको थियो । निहरिएका ग्रामीण युवतीहरू | मोहनीतलतिर रोपाइँ चलिरहेको थियो । निहरिएका ग्रामीण युवतीहरू | ||
मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाइरहेका | मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाइरहेका | ||
थिए । अर्कोतर्फ किसान युवकहरू पनि सोही काममा लागेर परत्युत्तर | थिए । अर्कोतर्फ किसान युवकहरू पनि सोही काममा लागेर परत्युत्तर | ||
दिइरहेका थिए । अलि टाढा दुइटा 'झोपडी शान्तिका कुटी झैं सफा | दिइरहेका थिए । अलि टाढा दुइटा 'झोपडी शान्तिका कुटी झैं सफा | ||
आँगन लिएर निदाएका भै देखिन्थे । | आँगन लिएर निदाएका भै देखिन्थे । | ||
Line 38: | Line 25: | ||
यहाँ गाना थियो, कविता थियो । आशुकविहरूको कलम त्यत्तिको | यहाँ गाना थियो, कविता थियो । आशुकविहरूको कलम त्यत्तिको | ||
छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिश्वाको सरस्वती । एकतर्फ | छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिश्वाको सरस्वती । एकतर्फ | ||
प्रश्न उद्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार | प्रश्न उद्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार | ||
सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं 'शारदा'-का कविताहरू त | सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं 'शारदा'-का कविताहरू त | ||
छन्दका कठिन कसरत मात्र हुन् । त्यहाँ अदूट प्रवाह थियो, भुलभुलाबट | छन्दका कठिन कसरत मात्र हुन् । त्यहाँ अदूट प्रवाह थियो, भुलभुलाबट | ||
थियो, जो त्यस पत्रिका आउने जमेका साह्वा टुक्राहरूमा देखिन्न । | थियो, जो त्यस पत्रिका आउने जमेका साह्वा टुक्राहरूमा देखिन्न । | ||
तिनको आवाज सुन्दा त अलङ्कार, अनुप्रास, उपमाका बोझाहरू कविताका | तिनको आवाज सुन्दा त अलङ्कार, अनुप्रास, उपमाका बोझाहरू कविताका | ||
गलफन्द मात्र हुन् भन्ने लाग्दथ्यो । यिनमा त्यो सरल माधुर्य थियो जो | गलफन्द मात्र हुन् भन्ने लाग्दथ्यो । यिनमा त्यो सरल माधुर्य थियो जो | ||
भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्न । सर्वसाधारण | भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्न । सर्वसाधारण | ||
Revision as of 14:20, 9 February 2025
केही उल्लास मिल्दथ्यो । हाम्रो सर्वप्राथमिक प्रयासमा पनि यही रोपाइँको सादृश्य र सौन्दर्य थियो । हामी आज रोपाइँको पहिलो सहज दर्शन गरिरहेछौं । आषाढको पन्ध्र शहरको पनि सुस्वागत पाहुना छ ।
यही निमन्त्रणा पाएर एक जना मित्रका साथमा म पनि आजको दिनको विलास उपभोग गर्न बाहिर हिंडे, चार गारो र छानाले ढाकेको साङ्ग्रो जीवनलाई चौडा आकाशमनि तथा खुल्ला हावामा फैलिने अवकाश मिल्दछ, म यही विचारको मधुर चैतन्यले बाहिर हिडें । कुनै विशेष उद्देश्य थिएन । कुनै ठाउँमा जाने ताकले खुट्टाको चाललाई बाँधेको थिएन । बाटामा एक परिचित व्यक्तिले सोधे, 'कता जान लाग्नुभयो मैले उत्तर दिएँ, 'कता, कता ।' 'कता कता' को 'ता' मा लामो दूरतादर्शक प्लट थियो । भ्रमण गर्दा-गर्दा हामी कुनै ठाउँमा पुग्यौ, जसलाई प्रचलित नाम दिएर म मेरो अनुभवको मोहनी पाठकबाट उडाउन चाहन्नँ । हामी उच्चा जग्गामा बस्यौं । पूर्वका डाँडा हरिया भएका थिए, तिनका नीलो चेहरा बिचित्र अस्पष्टताको मोहनी थियो । बादलको छरिएका टुक्रामा बीचबाट सूर्य भगवानको उज्यालोले दृश्यपटलाई टाटापाटा गराएको थियो । दूरवर्ती पहाड पाटा-पाटामा घामले छोएर हरियालीको सौन्दर्य देखिन्थ्यो, फेरि छाया पर्दथ्यो र उही नीलो अस्पष्टताको मोहनीतलतिर रोपाइँ चलिरहेको थियो । निहरिएका ग्रामीण युवतीहरू मूगाका मालालाई चचहुई खेलाउँदै बीउ रोपिरहेका थिए, गीत गाइरहेका थिए । अर्कोतर्फ किसान युवकहरू पनि सोही काममा लागेर परत्युत्तर दिइरहेका थिए । अलि टाढा दुइटा 'झोपडी शान्तिका कुटी झैं सफा आँगन लिएर निदाएका भै देखिन्थे ।
यहाँ गाना थियो, कविता थियो । आशुकविहरूको कलम त्यत्तिको छिटो चल्न सक्तैनथ्यो, जत्तिको यिनका जिश्वाको सरस्वती । एकतर्फ प्रश्न उद्थ्यो, अर्कोतर्फ तत्काल उचित जवाफ आउँथ्यो, फेरि लयदार सुरिलो छन्दमा । यस्तो विदित हुन्थ्यो, मानौं 'शारदा'-का कविताहरू त छन्दका कठिन कसरत मात्र हुन् । त्यहाँ अदूट प्रवाह थियो, भुलभुलाबट थियो, जो त्यस पत्रिका आउने जमेका साह्वा टुक्राहरूमा देखिन्न । तिनको आवाज सुन्दा त अलङ्कार, अनुप्रास, उपमाका बोझाहरू कविताका गलफन्द मात्र हुन् भन्ने लाग्दथ्यो । यिनमा त्यो सरल माधुर्य थियो जो भावको भाषामा मात्र हुन्छ, विचारका भाषामा पाइन्न । सर्वसाधारण