Jump to content

Page:Laxmi nibandhasangraha.pdf/80: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत, फाँट-फाँटभरि कोदाली लिदै नाच्दै उफ्रंदै जान्छन्‌ । बैंसालु ठिटीहरू बीउका मूठा लिएर गानाका टुक्रा-दुक्रा मात्र केही खु..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत,
अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत,
फाँट-फाँटभरि कोदाली लिदै नाच्दै उफ्रंदै जान्छन्‌ । बैंसालु ठिटीहरू
फाँट-फाँटभरि कोदाली लिदै नाच्दै उफ्रंदै जान्छन्‌ । बैंसालु ठिटीहरू
बीउका मूठा लिएर गानाका टुक्रा-दुक्रा मात्र केही खुला, केही लजिलो
बीउका मूठा लिएर गानाका टुक्रा-दुक्रा मात्र केही खुला, केही लजिलो
चालले बराबर पक्रेर बीच-बीचमा यौवनको स्वभावले मुखामुख गर्दै
चालले बराबर पक्रेर बीच-बीचमा यौवनको स्वभावले मुखामुख गर्दै
हाँस्तछन्‌ । वायुमण्डल गानाले गुञ्जायमान हुन्छ । यिनीहरूको सुरिलो
हाँस्तछन्‌ । वायुमण्डल गानाले गुञ्जायमान हुन्छ । यिनीहरूको सुरिलो
सहज आवाजले हावाका सिरिला लहरमा हृदयको सुवास चढाइदिन्छ ।
सहज आवाजले हावाका सिरिला लहरमा हृदयको सुवास चढाइदिन्छ ।
Line 12: Line 9:
गबैयाहरू, सारा गानविद्याको चेहरा शरमले लाल गराइदिन्छ । यिनीहरूको
गबैयाहरू, सारा गानविद्याको चेहरा शरमले लाल गराइदिन्छ । यिनीहरूको
खुला आवाज अभ्यासको कमारो हुँदैन; ती शब्दहरू हृदयका उद्गार
खुला आवाज अभ्यासको कमारो हुँदैन; ती शब्दहरू हृदयका उद्गार
हन्छन्‌, तिनीहरूलाई आनन्द र भावको जोडले नै सुरिलो माधुरी दिन्छ ।
हन्छन्‌, तिनीहरूलाई आनन्द र भावको जोडलेनै सुरिलो माधुरी दिन्छ ।
कुनै कोइलीलाई तानपुरा लिएर पसीना काढ्नु पर्दैन । यी प्रकृतिका
कुनै कोइलीलाई तानपुरा लिएर पसीना काढ्नु पर्दैन । यी प्रकृतिका
छिमेकीहरूलाई पनि आदिगानाको आभास मिलेको हुन्छ, जो आउँछ
छिमेकीहरूलाई पनि आदिगानाको आभास मिलेको हुन्छ, जो आउँछ
दिलको पीघबाट, यै हार्दिक ध्वनिले आजको दिन डाँडाकाँडा, पहाड,
दिलको पीघबाट, यै हार्दिक ध्वनिले आजको दिन डाँडाकाँडा, पहाड,
खाल्टा, फाँट-फाँट सारा गुञ्जिरहेछन्‌, हृदयका आवाजहरू हावामा
खाल्टा, फाँट-फाँट सारा गुञ्जिरहेछन्‌, हृदयका आवाजहरू हावामा
चक्कराइरहेछन्‌, पत्थरको छातीमा समेत
चक्कराइरहेछन्‌, पत्थरको छातीमा समेत टक्कराइरहेछन्‌ । नेपालको
 
टक्कराइरहेछन्‌ । नेपालको
 
हृदयका सच्चा आवाज आजका दिनमा उठिरहेछन्‌, लहराइरहेछन्‌ ।
हृदयका सच्चा आवाज आजका दिनमा उठिरहेछन्‌, लहराइरहेछन्‌ ।


यो खुशियाली र यो आनन्दले, प्रकतिबाट पन्छिएर अलग रहन
यो खुशियाली र यो आनन्दले, प्रकतिबाट पन्छिएर अलग रहन
खोज्ने शहरलाई पनि नछोएको छैन । आज आषाढको पन्ध्र हो भन्ने
खोज्ने शहरलाई पनि नछोएको छैन । आज आषाढको पन्ध्र हो भन्ने
चैतन्य शहरिया सबैमा राम्रोसँग जागरित भएको छ । उनीहरूलाई पनि
चैतन्य शहरिया सबैमा राम्रोसँग जागरित भएको छ । उनीहरूलाई पनि
एक किसिमको नवीन आनन्द आएको छ । शायद हाम्रा प्रातन पुरुखाहरू
एक किसिमको नवीन आनन्द आएको छ । शायद हाम्रा प्रातन पुरुखाहरू
पनि यसै गरी जमीनमा पसीना चुहाउँदथे । यस दिनमा आनन्द लाग्नु
पनि यसै गरी जमीनमा पसीना चुहाउँदथे । यस दिनमा आनन्द लाग्नु
केही अंशमा तिनैबाट आएको प्रवृत्ति होला । केही भागमा पारस्परिक
केही अंशमा तिनैबाट आएको प्रवृत्ति होला । केही भागमा पारस्परिक
प्रभावको सिद्धान्तले खेतीवालहरूका असर सबैको छातीभित्र घुसेको
प्रभावको सिद्धान्तले खेतीवालहरूका असर सबैको छातीभित्र घुसेको
पनि होला ।
पनि होला ।


लिनु र दिनुको जिन्दगीबाट हामी केही फुसंद लिन खोज्दछौँ ।
लिनु र दिनुको जिन्दगीबाट हामी केही फुसंद लिन खोज्दछौँ ।
आजका खेतमा हाम्रो हृदयले प्राकृतिक बोलाहट आवाज सुनिरहेछ ।
आजका खेतमा हाम्रो हृदयले प्राकृतिक बोलाहट आवाज सुनिरहेछ ।
हाम्रो शरीर पनि त्यही माटोको रसले भिजेको छ, जहाँ आज रोपाइँ
हाम्रो शरीर पनि त्यही माटोको रसले भिजेको छ, जहाँ आज रोपाइँ
Line 47: Line 32:
हामीलाई पनि निमन्त्रणा छ । हाम्रो जीवनमा पनि हामीले अनेक रोपाइँको
हामीलाई पनि निमन्त्रणा छ । हाम्रो जीवनमा पनि हामीले अनेक रोपाइँको
आनन्द अनुभव गरेका थियौं । साहित्य र कलाको क्षेत्रमा पनि रोपाइँको
आनन्द अनुभव गरेका थियौं । साहित्य र कलाको क्षेत्रमा पनि रोपाइँको
आषाढको पन्ध्र /७१

Revision as of 13:04, 9 February 2025

This page has not been proofread

अरू दिन विभिन्न काममा लागेका गाउँले, खेतीवालहरू सबै खेत-खेत, फाँट-फाँटभरि कोदाली लिदै नाच्दै उफ्रंदै जान्छन्‌ । बैंसालु ठिटीहरू बीउका मूठा लिएर गानाका टुक्रा-दुक्रा मात्र केही खुला, केही लजिलो चालले बराबर पक्रेर बीच-बीचमा यौवनको स्वभावले मुखामुख गर्दै हाँस्तछन्‌ । वायुमण्डल गानाले गुञ्जायमान हुन्छ । यिनीहरूको सुरिलो सहज आवाजले हावाका सिरिला लहरमा हृदयको सुवास चढाइदिन्छ । यस्ता गलाको प्राकृतिक माधुरीले सारा गानविद्याका कठोर तरज, सास पसीना काढ्ने वस्तादहरूका रफत, महफिलका विकृत चेहरादार गबैयाहरू, सारा गानविद्याको चेहरा शरमले लाल गराइदिन्छ । यिनीहरूको खुला आवाज अभ्यासको कमारो हुँदैन; ती शब्दहरू हृदयका उद्गार हन्छन्‌, तिनीहरूलाई आनन्द र भावको जोडलेनै सुरिलो माधुरी दिन्छ । कुनै कोइलीलाई तानपुरा लिएर पसीना काढ्नु पर्दैन । यी प्रकृतिका छिमेकीहरूलाई पनि आदिगानाको आभास मिलेको हुन्छ, जो आउँछ दिलको पीघबाट, यै हार्दिक ध्वनिले आजको दिन डाँडाकाँडा, पहाड, खाल्टा, फाँट-फाँट सारा गुञ्जिरहेछन्‌, हृदयका आवाजहरू हावामा चक्कराइरहेछन्‌, पत्थरको छातीमा समेत टक्कराइरहेछन्‌ । नेपालको हृदयका सच्चा आवाज आजका दिनमा उठिरहेछन्‌, लहराइरहेछन्‌ ।

यो खुशियाली र यो आनन्दले, प्रकतिबाट पन्छिएर अलग रहन खोज्ने शहरलाई पनि नछोएको छैन । आज आषाढको पन्ध्र हो भन्ने चैतन्य शहरिया सबैमा राम्रोसँग जागरित भएको छ । उनीहरूलाई पनि एक किसिमको नवीन आनन्द आएको छ । शायद हाम्रा प्रातन पुरुखाहरू पनि यसै गरी जमीनमा पसीना चुहाउँदथे । यस दिनमा आनन्द लाग्नु केही अंशमा तिनैबाट आएको प्रवृत्ति होला । केही भागमा पारस्परिक प्रभावको सिद्धान्तले खेतीवालहरूका असर सबैको छातीभित्र घुसेको पनि होला ।

लिनु र दिनुको जिन्दगीबाट हामी केही फुसंद लिन खोज्दछौँ । आजका खेतमा हाम्रो हृदयले प्राकृतिक बोलाहट आवाज सुनिरहेछ । हाम्रो शरीर पनि त्यही माटोको रसले भिजेको छ, जहाँ आज रोपाइँ चलिरहेछ । दूर रहे पनि हामी प्रकृतिका नातादार हौं । आजको खुशियालीमा हामीलाई पनि निमन्त्रणा छ । हाम्रो जीवनमा पनि हामीले अनेक रोपाइँको आनन्द अनुभव गरेका थियौं । साहित्य र कलाको क्षेत्रमा पनि रोपाइँको