Jump to content

Page:Laxmi nibandhasangraha.pdf/71: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के सामना गरोस्‌ । विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको
ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको
हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के
हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के
सामना गरोस्‌ ।
सामना गरोस्‌ ।


Line 8: Line 6:
प्रमाणपत्र सधैँ उसका शरीरउपर विज्ञापन जाहेरी गर्दछ । पोशाक मात्र
प्रमाणपत्र सधैँ उसका शरीरउपर विज्ञापन जाहेरी गर्दछ । पोशाक मात्र
पहिला पास हो । त्यसमा पनि रेशमी रुमालको फूलदार फर्काइ र
पहिला पास हो । त्यसमा पनि रेशमी रुमालको फूलदार फर्काइ र
टोपीको कर्काइले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ । कपालको
टोपीको कर्काइले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ । कपालको
छाँट र जुङ्गाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ । फेरि आँखीभौंको
छाँट र जुङ्गाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ । फेरि आँखीभौंको
मसिनो डोरोले, ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइले
मसिनो डोरोले, ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइले
उत्तम श्रेणी जनाउँछ । सबको शिखर, एउटा सौन्दर्यवरद्धक कोठी र
उत्तम श्रेणी जनाउँछ । सबको शिखर, एउटा सौन्दर्यवरद्धक कोठी र
अत्तरको हरहराउँदो खुश्बूले सडकमा हिड्नेहरूको नाक र नजरमा
अत्तरको हरहराउँदो खुश्बूले सडकमा हिड्नेहरूको नाक र नजरमा
आक्रमण गरेको हुनुपर्दछ । यसमा पनि विशिष्टता हिंडाइको कला,
आक्रमण गरेको हुनुपर्दछ । यसमा पनि विशिष्टता हिंडाइको कला,
लच्काइ, हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ ।
लच्काइ, हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ ।


उच्च दर्जामा पुगेपछि विशेष गुणहरू सबैसँग हुन्छन्‌। त्यस्तै
उच्च दर्जामा पुगेपछि विशेष गुणहरू सबैसँग हुन्छन्‌। त्यस्तै
कोही भलादमीहरू नआएको भकभके झिक्तछन्‌ । गुलाबको जस्तो
कोही भलादमीहरू नआएको भकभके झिक्तछन्‌ । गुलाबको जस्तो
भलादमीको पनि ढङ्गको रङ्ग रहनुपर्दछ । साधारण जनताबाट भेद
भलादमीको पनि ढङ्गको रङ्ग रहनुपर्दछ । साधारण जनताबाट भेद
जनाउनलाई भलादमीको हाड नभएको जिश्रो बोलचालमा वैज्ञानिक
जनाउनलाई भलादमीको हाड नभएको जिश्रो बोलचालमा वैज्ञानिक
तवरले लटपटिन्छ । यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने
तवरले लटपटिन्छ । यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने
अलक्ठार हो । कोही भलादमीहरू चेहराको अनौठा ढङ्ग निकाल्दछन्‌ ।
अलक्ठार हो । कोही भलादमीहरू चेहराको अनौठा ढङ्ग निकाल्दछन्‌ ।
कसैको रेशमी रुमाल भझिकेर रुघा नलागेको नाक पुछिरहने बानी हुन्छ,
कसैको रेशमी रुमाल भझिकेर रुघा नलागेको नाक पुछिरहने बानी हुन्छ,
यो पनि रवाफको एक काइदा हो, दुनियाँको नजरलाई लोभ्याउने रेशंमी
यो पनि रवाफको एक काइदा हो, दुनियाँको नजरलाई लोभ्याउने रेशंमी
झलक हो । कोही भलादमीले ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन्‌,
झलक हो । कोही भलादमीले ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन्‌,
सभ्य पाश्चात्य हाँसोको अप्राकृतिक रूप धारण गरेका हुन्छन्‌, कसैको
सभ्य पाश्चात्य हाँसोको अप्राकृतिक रूप धारण गरेका हुन्छन्‌, कसैको
हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ । ओठ लम्याएर सुनले बाँधिएको
हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ । ओठ लम्याएर सुनले बाँधिएको
एउटा दाँतले निकालेको मीठो मुस्कान सडकको शिष्टाचार बन्दछ ।
एउटा दाँतले निकालेको मीठो मुस्कान सडकको शिष्टाचार बन्दछ ।
कोही भलादमीहरूले असाधारण नम्रता लिएका हुन्छन्‌, विनयको बोझाले
कोही भलादमीहरूले असाधारण नम्रता लिएका हुन्छन्‌, विनयको बोझाले
भोटेनीको कानमा चक्कीले जस्तै यिनीहरूलाई शोभा दिन्छ । कोही
भोटेनीको कानमा चक्कीले जस्तै यिनीहरूलाई शोभा दिन्छ । कोही
Line 47: Line 32:
हावाखोरी थिए । कसैलाई आफ्ना कुरा माथि पार्ने प्रभुत्व रुच्दछ । तर
हावाखोरी थिए । कसैलाई आफ्ना कुरा माथि पार्ने प्रभुत्व रुच्दछ । तर
कोही हुन्छन्‌ बडा बुझक्कड, सुकरातको गम्भीर भाव, रवीन्द्रबाबूको
कोही हुन्छन्‌ बडा बुझक्कड, सुकरातको गम्भीर भाव, रवीन्द्रबाबूको
६२.लक्ष्मी निबन्ध्र-सय्रह

Revision as of 12:12, 9 February 2025

This page has not been proofread

ले गजूर लगाउँछ । जति काँट छाँटिएको हुन्छ, उति फुर्ती लम्बिएको हुन्छ । त्यसमा चश्मा चढायौ भने त बिचरो दुनियाँ तिम्रा नजरको के सामना गरोस्‌ ।

विद्याको सर्टिफिकेट कोठाको बाकसमा हुन्छ । भलादमीको प्रमाणपत्र सधैँ उसका शरीरउपर विज्ञापन जाहेरी गर्दछ । पोशाक मात्र पहिला पास हो । त्यसमा पनि रेशमी रुमालको फूलदार फर्काइ र टोपीको कर्काइले पहिलो श्रेणीमा उत्तीर्ण भएको जनाउँछ । कपालको छाँट र जुङ्गाको कटाइले दोस्रो परीक्षाको परिचय दिन्छ । फेरि आँखीभौंको मसिनो डोरोले, ओठ र गालाको फिक्का हलुका लालीको सुस्त चढाइले उत्तम श्रेणी जनाउँछ । सबको शिखर, एउटा सौन्दर्यवरद्धक कोठी र अत्तरको हरहराउँदो खुश्बूले सडकमा हिड्नेहरूको नाक र नजरमा आक्रमण गरेको हुनुपर्दछ । यसमा पनि विशिष्टता हिंडाइको कला, लच्काइ, हाउभाउ, हास्य र बोलीमा निर्भर रहन्छ ।

उच्च दर्जामा पुगेपछि विशेष गुणहरू सबैसँग हुन्छन्‌। त्यस्तै कोही भलादमीहरू नआएको भकभके झिक्तछन्‌ । गुलाबको जस्तो भलादमीको पनि ढङ्गको रङ्ग रहनुपर्दछ । साधारण जनताबाट भेद जनाउनलाई भलादमीको हाड नभएको जिश्रो बोलचालमा वैज्ञानिक तवरले लटपटिन्छ । यस्तो भकभकाउनु पनि एउटा शोभा बढाउने अलक्ठार हो । कोही भलादमीहरू चेहराको अनौठा ढङ्ग निकाल्दछन्‌ । कसैको रेशमी रुमाल भझिकेर रुघा नलागेको नाक पुछिरहने बानी हुन्छ, यो पनि रवाफको एक काइदा हो, दुनियाँको नजरलाई लोभ्याउने रेशंमी झलक हो । कोही भलादमीले ग्रामोफोनबाट हाँसो उतारेका हुन्छन्‌, सभ्य पाश्चात्य हाँसोको अप्राकृतिक रूप धारण गरेका हुन्छन्‌, कसैको हाँसो कलकत्ताको सडकबाट ल्याएको हुन्छ । ओठ लम्याएर सुनले बाँधिएको एउटा दाँतले निकालेको मीठो मुस्कान सडकको शिष्टाचार बन्दछ । कोही भलादमीहरूले असाधारण नम्रता लिएका हुन्छन्‌, विनयको बोझाले भोटेनीको कानमा चक्कीले जस्तै यिनीहरूलाई शोभा दिन्छ । कोही बोलक्कड हुन्छन्‌ । बकबकोपाध्यायको सर्टिफिकेट विश्वविद्यालयले कनै दिन निकाल्नेछ । कोही बडा गफी हुन्छन्‌ । कलकत्ता र बम्बई उनीहरूका हावाखोरी थिए । कसैलाई आफ्ना कुरा माथि पार्ने प्रभुत्व रुच्दछ । तर कोही हुन्छन्‌ बडा बुझक्कड, सुकरातको गम्भीर भाव, रवीन्द्रबाबूको