Jump to content

Page:Laxmi nibandhasangraha.pdf/56: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "जब म बी०ए० भएँ, तब दिनको तेह्र घण्टा जति टधूशन गर्न लागेँ । 'कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ'को मधुरो गाँजा साइकल चढाएर शहर र पुछार घुमाउँथ्यो । म नेपाली बोल्दै..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
जब म बी०ए० भएँ, तब दिनको तेह्र घण्टा जति टधूशन गर्न
जब म बी०ए० भएँ, तब दिनको तेह्र घण्टा जति टधूशन गर्न
लागेँ । 'कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ'को मधुरो
लागेँ । 'कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ'को मधुरो
गाँजा साइकल चढाएर शहर र पुछार घुमाउँथ्यो । म नेपाली बोल्दैनथें,
गाँजा साइकल चढाएर शहर र पुछार घुमाउँथ्यो । म नेपाली बोल्दैनथें,
नेपाली बोल्नेसँग बोल्दैनथें, तर अंग्रेजी बोल्ने बाटामा भेटे गडगडाहटसँग
नेपाली बोल्नेसँग बोल्दैनथें, तर अंग्रेजी बोल्ने बाटामा भेटे गडगडाहटसँग
उद्गारित हुन्थेँ । मलाई यस्तो लाग्यो मानौं नेपालीमा लबजै छैनन्‌,
उद्गारित हुन्थेँ । मलाई यस्तो लाग्यो मानौं नेपालीमा लबजै छैनन्‌,
भावै व्यक्त हँदैन, मानौं नेपाली विद्वान्‌को भाषा नै होइन । नेपाली
भावै व्यक्त हँदैन, मानौं नेपाली विद्वान्‌को भाषा नै होइन । नेपाली
 
बोल्दा जिभ्रो लद्पटिन्थ्यो, जसलाई मैले तेद्र वर्षको तालीममा मालिश
बोल्दा जिभ्रो लद्पटिन्थ्यो,
 
जसलाई मैले तेद्र वर्षको तालीममा मालिश
 
लगाइसकेको थिएँ । म अंग्रेजीमा विचार गर्दथें र म अंग्रेजीमै बोल्दथें ।
लगाइसकेको थिएँ । म अंग्रेजीमा विचार गर्दथें र म अंग्रेजीमै बोल्दथें ।
नेपाली बोल्दा लाटो-लाटो हुन्थें, अंग्रेजी बोल्दा मलाई प्रशंसाको नजरले
नेपाली बोल्दा लाटो-लाटो हुन्थें, अंग्रेजी बोल्दा मलाई प्रशंसाको नजरले
मुख ताक्थे । नेपाली बोले विद्यार्थीले मलाई हेप्तथे, अंग्रेजी भडभडाए
मुख ताक्थे । नेपाली बोले विद्यार्थीले मलाई हेप्तथे, अंग्रेजी भडभडाए
तिनका घमण्डका नाक भूइँमा जोतिन्थे, मलाई नेपालीको उन्नति नभएको
तिनका घमण्डका नाक भूइँमा जोतिन्थे, मलाई नेपालीको उन्नति नभएको
अंग्रेजी शिक्षाको विस्तार नपुगेर भन्ने लाग्दथ्यो । पण्डितहरू देख्ता
अंग्रेजी शिक्षाको विस्तार नपुगेर भन्ने लाग्दथ्यो । पण्डितहरू देख्ता
'फसिल' जस्तो लाग्दथ्यो; ज्यादै प्राना; आधुनिकताको उज्यालो नपुगेको
'फसिल' जस्तो लाग्दथ्यो; ज्यादै प्राना; आधुनिकताको उज्यालो नपुगेको
कट्टर बिज्ञानशून्य साङ्ग्रा र सबै भारतीय मध्ययुगी स्‌ष्‌प्तिलाई तिनका
कट्टर बिज्ञानशून्य साङ्ग्रा र सबै भारतीय मध्ययुगी स्‌ष्‌प्तिलाई तिनका
थाप्लामा हालेर मनमनै भन्दथें, 'तिमीहरू कस्ता संक्चित " तर आफू
थाप्लामा हालेर मनमनै भन्दथें, 'तिमीहरू कस्ता संक्चित " तर आफू
पनि पण्डितकै छोरो भएको हुनाले मलाई अलि प्राचीन सभ्यता र
पनि पण्डितकै छोरो भएको हुनाले मलाई अलि प्राचीन सभ्यता र
संस्कृतिमा श्रद्धा थियो तैपनि 'केही पुगेको छैन वा केही थप्नु, सुधार्नु,
संस्कृतिमा श्रद्धा थियो तैपनि 'केही पुगेको छैन वा केही थप्नु, सुधार्नु,
बढाउनुपर्छ' भनेजस्तो लाग्थ्यो । म भन्थें 'खै फुर्ती तिनीहरूमा ? काउसो
बढाउनुपर्छ' भनेजस्तो लाग्थ्यो । म भन्थें 'खै फुर्ती तिनीहरूमा ? काउसो
जस्तो, टाँसिए टाँसिए ।' अंग्रेजीमा म ती विचारहरूलाई व्याख्यान छाँदन
जस्तो, टाँसिए टाँसिए ।' अंग्रेजीमा म ती विचारहरूलाई व्याख्यान छाँदन
पाउँदैनथेँ, अफसोस !
पाउँदैनथेँ, अफसोस !


म सुधार गर्न चाहन्थेँ, नवयुग ल्याउन चाहन्थेँ । कस्तो ? जहाँ
म सुधार गर्न चाहन्थेँ, नवयुग ल्याउन चाहन्थेँ । कस्तो ? जहाँ
सारा नेपालीहरू अंग्रेजी बोल्न सक्‌न्‌ । अंग्रेजीमा लेखहरू लेख्न सकून्‌,
सारा नेपालीहरू अंग्रेजी बोल्न सक्‌न्‌ । अंग्रेजीमा लेखहरू लेख्न सकून्‌,
भौतिक र रसायनका किताबहरू पढेर नवीन आविष्कार गर्न सकून्‌,
भौतिक र रसायनका किताबहरू पढेर नवीन आविष्कार गर्न सकून्‌,
मार्शलका अर्थशास्त्रानुसार सामाजिक स्थिति मिलाउन सकून्‌, जहाँ
मार्शलका अर्थशास्त्रानुसार सामाजिक स्थिति मिलाउन सकून्‌, जहाँ
वैद्यहरू रसायनका फर्मुला जानून्‌, जहाँ मान्छेको सुखको जीवनको
वैद्यहरू रसायनका फर्मुला जानून्‌, जहाँ मान्छेको सुखको जीवनको
कक्षा बढोस्‌, जहाँ नेपालीहरू विज्ञापनका राता-राता भँगेरटाउके अक्षरले
कक्षा बढोस्‌, जहाँ नेपालीहरू विज्ञापनका राता-राता भँगेरटाउके अक्षरले
संसारअगाडि महत्त्वको ढोलक पिट्न सकून्‌ । म के सुधार गर्न चाहन्थें
संसारअगाडि महत्त्वको ढोलक पिट्न सकून्‌ । म के सुधार गर्न चाहन्थें
म भन्न सक्तिनँ ।
म भन्न सक्तिनँ ।


मैले लेख्ने बानी नगरेको भए म बिलक्‌ल बेकम्मा गधा हुने
मैले लेख्ने बानी नगरेको भए म बिलक्‌ल बेकम्मा गधा हुने
 
थिएँ । कलमले मलाई विकास गरेर लग्यो, र अलिअलि देश, काल,
थिएँ । कलमले मलाई विकास गरेर लग्यो, र अलिअलि
 
देश, काल,
 
परिस्थिति बुझ्दै-बुभ्दै आएँ, तर अंग्रेजीले अझ मलाई अनुवाद र नक्कल
परिस्थिति बुझ्दै-बुभ्दै आएँ, तर अंग्रेजीले अझ मलाई अनुवाद र नक्कल
हाइ हाइ अंग्रेजी ४७

Revision as of 11:48, 9 February 2025

This page has not been proofread

जब म बी०ए० भएँ, तब दिनको तेह्र घण्टा जति टधूशन गर्न लागेँ । 'कमाउनुपर्छ, अंग्रेजीमा पढाउनुपर्छ, मास्टर बन्नुपर्छ'को मधुरो गाँजा साइकल चढाएर शहर र पुछार घुमाउँथ्यो । म नेपाली बोल्दैनथें, नेपाली बोल्नेसँग बोल्दैनथें, तर अंग्रेजी बोल्ने बाटामा भेटे गडगडाहटसँग उद्गारित हुन्थेँ । मलाई यस्तो लाग्यो मानौं नेपालीमा लबजै छैनन्‌, भावै व्यक्त हँदैन, मानौं नेपाली विद्वान्‌को भाषा नै होइन । नेपाली बोल्दा जिभ्रो लद्पटिन्थ्यो, जसलाई मैले तेद्र वर्षको तालीममा मालिश लगाइसकेको थिएँ । म अंग्रेजीमा विचार गर्दथें र म अंग्रेजीमै बोल्दथें । नेपाली बोल्दा लाटो-लाटो हुन्थें, अंग्रेजी बोल्दा मलाई प्रशंसाको नजरले मुख ताक्थे । नेपाली बोले विद्यार्थीले मलाई हेप्तथे, अंग्रेजी भडभडाए तिनका घमण्डका नाक भूइँमा जोतिन्थे, मलाई नेपालीको उन्नति नभएको अंग्रेजी शिक्षाको विस्तार नपुगेर भन्ने लाग्दथ्यो । पण्डितहरू देख्ता 'फसिल' जस्तो लाग्दथ्यो; ज्यादै प्राना; आधुनिकताको उज्यालो नपुगेको कट्टर बिज्ञानशून्य साङ्ग्रा र सबै भारतीय मध्ययुगी स्‌ष्‌प्तिलाई तिनका थाप्लामा हालेर मनमनै भन्दथें, 'तिमीहरू कस्ता संक्चित " तर आफू पनि पण्डितकै छोरो भएको हुनाले मलाई अलि प्राचीन सभ्यता र संस्कृतिमा श्रद्धा थियो तैपनि 'केही पुगेको छैन वा केही थप्नु, सुधार्नु, बढाउनुपर्छ' भनेजस्तो लाग्थ्यो । म भन्थें 'खै फुर्ती तिनीहरूमा ? काउसो जस्तो, टाँसिए टाँसिए ।' अंग्रेजीमा म ती विचारहरूलाई व्याख्यान छाँदन पाउँदैनथेँ, अफसोस !

म सुधार गर्न चाहन्थेँ, नवयुग ल्याउन चाहन्थेँ । कस्तो ? जहाँ सारा नेपालीहरू अंग्रेजी बोल्न सक्‌न्‌ । अंग्रेजीमा लेखहरू लेख्न सकून्‌, भौतिक र रसायनका किताबहरू पढेर नवीन आविष्कार गर्न सकून्‌, मार्शलका अर्थशास्त्रानुसार सामाजिक स्थिति मिलाउन सकून्‌, जहाँ वैद्यहरू रसायनका फर्मुला जानून्‌, जहाँ मान्छेको सुखको जीवनको कक्षा बढोस्‌, जहाँ नेपालीहरू विज्ञापनका राता-राता भँगेरटाउके अक्षरले संसारअगाडि महत्त्वको ढोलक पिट्न सकून्‌ । म के सुधार गर्न चाहन्थें म भन्न सक्तिनँ ।

मैले लेख्ने बानी नगरेको भए म बिलक्‌ल बेकम्मा गधा हुने थिएँ । कलमले मलाई विकास गरेर लग्यो, र अलिअलि देश, काल, परिस्थिति बुझ्दै-बुभ्दै आएँ, तर अंग्रेजीले अझ मलाई अनुवाद र नक्कल