Jump to content

Page:Laxmi nibandhasangraha.pdf/27: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 13: Line 13:
भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन्‌ ।
भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन्‌ ।


महात्माहरू पलेटी मारेर दुनियाँ बुभ्दछन्‌ तर माष्टरहरू मेचमा
महात्माहरू पलेंटी मारेर दुनियाँ बुभ्दछन्‌ तर माष्टरहरू मेचमा
डटेर दुनियाँलाई बुझाइरहेछन्‌ । के नक्कल, उल्था, उतार र आधुनिक
डटेर दुनियाँलाई बुझाइरहेछन्‌ । के नक्कल, उल्था, उतार र आधुनिक
अज्ञान ?
अज्ञान ?

Latest revision as of 13:48, 30 January 2025

This page has been proofread

बहस गर्नु उनीहरू बुभ्दैनन्‌ ।

टेबिल-मेचको भक्तले भन्दछ, 'हामी पनि त के अप्राकृतिक छौं ? कति सजिलोसँग उच्च आसनमा बसेर, रवाफिलो तवरले लेखपढ गर्दछौं, मानौं सिंहासन छ। सुकुल-लेखकका मगजबाट के फूर्ति र रवाफ निक्लन सक्ला ?'

यस्ता मान्छेहरू ती हुन्‌ जो 'संस्कृत' भन्दा नाक चेप्राउँछन्‌ । श्रीकृष्णलाई कथाका गुण्डा राजा भन्दछन्‌ र प्राचीन आर्यसभ्यतामा नफरत देखाउँछन्‌; जो घाँटीमा क्रस कसेर हिन्दू हुँ भन्दछन्‌, थचक्क बस्न सक्तैनन्‌ र टाउको तलतिर फर्केको पुतली आफूलाई अप्राकृतिक सम्झँदैन । ओखल बाँधिदिए पनि गधालाई घाँस खान सजिलै लाग्छ र भारतको आँगनमा भूत चढ्न पाए सबै श्रेष्ठ हुन्छन्‌ ।

महात्माहरू पलेंटी मारेर दुनियाँ बुभ्दछन्‌ तर माष्टरहरू मेचमा डटेर दुनियाँलाई बुझाइरहेछन्‌ । के नक्कल, उल्था, उतार र आधुनिक अज्ञान ?