Jump to content

Page:Champa.pdf/47: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"शायद रोगी भएकोले स्त्रीसँग फसे मरिन्छ भनेर भागया" होला, जोगी  
"शायद रोगी भएकोले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी  
भा" होला अब । एक वचन बोल्नुपर्थ्यो हामीसँग पनि ? ...कसरी  
भा होला अब । एक वचन बोल्नुपर्थ्यो हामीसँग पनि ?कसरी  
छोड्न सक्नु ! कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब  
छोड्न सक्नु ! कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब  
उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको  
उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको  
लहराजस्तो जगत्का हावा–आँधीमा उनको के दशा हुने अब ? ...,  
लहराजस्तो जगत्‌का हावा–आँधीमा उनको के दशा हुने अब ? ,  
उनी बराबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । "यसरी अवहेलित हुनु,  
उनी बराबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । "यसरी अवहेलित हुनु,  
आह ! मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिनका  
आह ! मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिनका  
आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौं, तर चम्पालाई  
आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ, तर चम्पालाई  
निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ?  
निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ?  
यो पत्र अरुलाई देखाउन लायक सम्झिनन् । भागेको पकका रहेछ  
यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ  
अब । "सन्यासी या जोगी भा" होला ! कसले के भन्या" थियो र ? कसले  
अब । "सँन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले  
छुनु भन्या" थियो र ? अनैतिक कर्म भए घर वैरागी हुन कल्ले  
छुनु भन्या थियो र ? अनैतिक कर्म भए घरवैरागी हुन कल्ले  
छेक्या" थियो र ? इत्यादि ।
छेक्या थियो र ?" इत्यादि ।


चम्पाको दयाले उसतर्फ पुरुषको हृदयको महती एकान्त  
चम्पाको दयाले उसतर्फ पुरुषको हृदयको महती एकान्त  
वेदनाको एकरत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झिन्थिन् कि स्त्री  
वेदनाको एकरत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झिन्थिन् कि स्त्री  
त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएन ।  
त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएन ।  
फुस्रा हुनेहरुको त कति पनि हिसी हुँदैन । त्यसै जर्जर्ती परेका,  
फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जर्जर्ती परेका,  
अरिमठे मोराहरु दया भए पो मान्छे ! ती पशुपतिमा नागा भएर धुनी  
अरिमठे मोराहरू दया भए पो मान्छे ! ती पशुपतिमा नागा भएर धुनी  
जगाउने मोराहरु पनि त्यस्तै हुँदै हुन् । तिनीहरु पनि त एक–एक  
जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक–एक  
सुवासिनी रुवाएर घरबाट निस्क्या" होलान् नि... दया हुन्छ र दिलका जोगी  
सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि... दया हुन्छ र दिलका जोगी  
भएर मात्र ? ...मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।
भएर मात्र ? मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।


दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरु प्रधान थिए  
दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरु प्रधान थिए  
Line 27: Line 27:
तीव्र वेदनाले प्रस्थान गरेको थियो नैतिक तत्वका लागिसमेत ।  
तीव्र वेदनाले प्रस्थान गरेको थियो नैतिक तत्वका लागिसमेत ।  
पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता  
पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता  
तथा जीवनप्रयोजनको आपूर्तिको चेतनाले दुःखित थिई—  
तथा जीवनप्रयोजनको आपूर्तिको चेतनाले दुःखित थिई— हतियार
हतियार हराएका योद्धाहरु झैं जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट  
हराएका योद्धाहरूझैं जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट  
विजयास्त्र चट्ट फुत्केर नभेटिने टाउँमा उडेर पुगेको पाउँछन् ।  
विजयास्त्र चट्ट फुत्केर नभेटिने ठाउँमा उडेर पुगेको पाउँछन् ।  
अस्तु !
अस्तु !
{{nop}}
{{nop}}

Latest revision as of 11:30, 20 June 2025

This page has been proofread

"शायद रोगी भएकोले स्त्रीसँग फसे मरिन्छ भनेर भाग्या होला, जोगी भा होला अब । एक वचन त बोल्नुपर्थ्यो हामीसँग पनि ?… कसरी छोड्न सक्नु ! कति निठुरी ढुङ्गा हुँदा रहेछन् पुरुष ?" अब उनको सहारा खै ? उनलाई पाल्ने को ? हेर्ने को ? हाँगा काटिएको लहराजस्तो जगत्‌का हावा–आँधीमा उनको के दशा हुने अब ? …, उनी बराबर रुन लागिन् । चौपट्ट चित्त दुख्यो । "यसरी अवहेलित हुनु, आह ! मैले के गरेकी थिएँ र ? के बिराएकी थिएँ र ?" हामी यिनका आँसुको विश्लेषण पूरा तवरले गर्न सक्तैनौँ, तर चम्पालाई निसास्सिएजस्तो लाग्यो । रुन मन लाग्यो । उनले भन्न सकिनन् किन ? यो पत्र अरूलाई देखाउन लायक सम्झिनन् । भागेको पक्का रहेछ अब । "सँन्यासी या जोगी भा होला ! कसले के भन्या थियो र ? कसले छुनु भन्या थियो र ? अनैतिक कर्म भए घरवैरागी हुन कल्ले छेक्या थियो र ?" इत्यादि ।

चम्पाको दयाले उसतर्फ पुरुषको हृदयको महती एकान्त वेदनाको एकरत्ती छेउ पक्रन सक्तैनथ्यो । उनी सम्झिन्थिन् कि स्त्री त्याग गरेर जोगी बन्न गए । उनको हृदयमा कुनै कोमल भाव थिएन । फुस्रा हुनेहरूको त कति पनि हिसी हुँदैन । त्यसै जर्जर्ती परेका, अरिमठे मोराहरू दया भए पो मान्छे ! ती पशुपतिमा नागा भएर धुनी जगाउने मोराहरू पनि त्यस्तै हुँदै हुन् । तिनीहरू पनि त एक–एक सुवासिनी रुवाएर घरबाट निस्क्या होलान् नि... दया हुन्छ र दिलका जोगी भएर मात्र ? … मान्छे त्यसै स्वर्ग जान खोज्दछन् ।

दुवैतर्फ भाले तथा पोथीमा स्वार्थका भावनाहरु प्रधान थिए विशेषतया यसकारणले कि तिनीहरुमा एक बलिवेदीमा आत्मआहुतिमा परस्पर प्रदर्शन गरिने मिठासको अब अवकाश बाँकी थिएन । भालेले तीव्र वेदनाले प्रस्थान गरेको थियो नैतिक तत्वका लागिसमेत । पोथी त्यस प्रस्थानको निन्दा गर्दथी । साथसाथै र आफ्नो निस्सहायता तथा जीवनप्रयोजनको आपूर्तिको चेतनाले दुःखित थिई— हतियार हराएका योद्धाहरूझैं जो सङ्ग्रामका क्षेत्रमा आफ्नो बलियो हातबाट विजयास्त्र चट्ट फुत्केर नभेटिने ठाउँमा उडेर पुगेको पाउँछन् । अस्तु !