Jump to content

Page:Champa.pdf/46: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
झारातिराइ माग्नुभन्दा आत्मवचन या छायाँ, बोक्रो माग्नुभन्दा त्यसको  
झारातिराइ माग्नुभन्दा आत्मवचन या छायाँ, बोक्रो माग्नुभन्दा त्यसको  
आशा छाड्नु नै मलाई ज्यादा बेस लाग्यो । किन परालको त्यान्द्रोमा  
आशा छाड्नु नै मलाई ज्यादा बेस लाग्यो । किन परालको त्यान्द्रोमा  
झुन्डिनु जब हामी दुबै जान्दछौं कि यो पिटिक्क चुँडिन्छ ? अफसोस !  
झुन्डिनु जब हामी दुबै जान्दछौँ कि यो पिटिक्क चुँडिन्छ ? अफसोस !  
हामी ब्रह्माण वर्गमा विवाहविच्छेद छैन ।
हामी ब्रह्माणवर्गमा विवाहविच्छेद छैन ।


म तिम्रो रुपको मनमनको पुजारी थिएँ । जीवन–पुष्प तिम्रो  
म तिम्रो रूपको मनमनको पुजारी थिएँ । जीवन–पुष्प तिम्रो  
पदमा समर्पण गर्न इच्छा राख्तथें । तर अचानक यस्तो पर्न आयो ।  
पदमा समर्पण गर्न इच्छा राख्तथेँ । तर अचानक यस्तो पर्न आयो ।  
यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको शिकार अझ तिमी  
यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको शिकार अझ तिमी  
हुन आयौ । हाम्रो जीवनमा प्रेम सुरु हुनुभन्दा अगाडि मृत्युको  
हुन आयौ । हाम्रो जीवनमा प्रेम शुरु हुनुभन्दा अगाडि मृत्युको  
आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसज्जित सुकुमारी उर्वरा  
आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसज्जित सुकुमारी उर्वरा  
बैंसलाई स्पर्श गर्न चाहन्नँ किनकि यो अनैतिक कर्म हो । म  
बैँसलाई स्पर्श गर्न चाहन्नँ किनकि यो अनैतिक कर्म हो । म  
तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको  
तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको  
डरले पन्सिन्छु ।
डरले पन्सिन्छु ।
Line 18: Line 18:
विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी  
विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी  
व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे  
व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे  
धर्मविरुद्धमा) ठिक गर्ने उपाय सोचें । तिम्रो निमित्त पुरुष म होइन ।  
धर्मविरुद्धमा) ठिक गर्ने उपाय सोचे । तिम्रो निमित्त पुरुष म होइन ।  
पुरुष आर्कै कतै जन्मिएको जरुर होला...
पुरुष आर्कै कतै जन्मिएको जरुर होला…


मैतिदेवी<br/>१ वैशाख १९२६...
मैतिदेवी<br/>१ वैशाख १९२६...
{{right|तिम्रो कोही पनि नाहीं<br/>श्री रामकान्त अधिकारी"}}
{{right|तिम्रो कोही पनि नाहीँ<br/>श्री रामकान्त अधिकारी"}}


यस पत्र पढेर चम्पालाई किसिमको अनौठो जिल्म  
यस पत्रलाई पढेर चम्पालाई एक किसिमको अनौठो जिल्म  
जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएकी अबलालाई  
जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएकी अबलालाई  
लाग्छ । अब उनी बुझ्न सक्तिनथिन् बिहा गरेर दिएको घर आफ्नो थियो  
लाग्छ । अब उनी बुझ्न सक्तिनथिन् बिहा गरेर दिएको घर आफ्नो थियो  

Latest revision as of 11:25, 20 June 2025

This page has been proofread

झारातिराइ माग्नुभन्दा आत्मवचन या छायाँ, बोक्रो माग्नुभन्दा त्यसको आशा छाड्नु नै मलाई ज्यादा बेस लाग्यो । किन परालको त्यान्द्रोमा झुन्डिनु जब हामी दुबै जान्दछौँ कि यो पिटिक्क चुँडिन्छ ? अफसोस ! हामी ब्रह्माणवर्गमा विवाहविच्छेद छैन ।

म तिम्रो रूपको मनमनको पुजारी थिएँ । जीवन–पुष्प तिम्रो पदमा समर्पण गर्न इच्छा राख्तथेँ । तर अचानक यस्तो पर्न आयो । यो न मेरो दोष हो न तिम्रो । मेरो रोगको शिकार अझ तिमी हुन आयौ । हाम्रो जीवनमा प्रेम शुरु हुनुभन्दा अगाडि मृत्युको आरम्भ भयो । म तिमीजस्तो प्रकृतिले सुसज्जित सुकुमारी उर्वरा बैँसलाई स्पर्श गर्न चाहन्नँ किनकि यो अनैतिक कर्म हो । म तिम्रो आत्मालाई दुःख दिने र धापमा गाड्ने क्रियाबाट पापको डरले पन्सिन्छु ।

म चिरकाल जीवित रहेँ भने पनि तिम्रो रहनेछैनँ ।

मैले तिमीलाई हृदयपटबाट निमिट्यान्न मेट्नको लागि यो विश्वभ्रमणका निम्ति प्रस्थान गरेको हुँ । तिमी नरोए ! तर तिमी व्यक्तित्व हासिल गरेर आफ्नो जीवनको बाटो (समाज र बोक्रे धर्मविरुद्धमा) ठिक गर्ने उपाय सोचे । तिम्रो निमित्त पुरुष म होइन । पुरुष आर्कै कतै जन्मिएको जरुर होला… ।

मैतिदेवी
१ वैशाख १९२६...

तिम्रो कोही पनि नाहीँ
श्री रामकान्त अधिकारी"

यस पत्रलाई पढेर चम्पालाई एक किसिमको अनौठो जिल्म जिल्ला भएजस्तो लाग्यो जस्तो विदेशी मुलुकमा हराएकी अबलालाई लाग्छ । अब उनी बुझ्न सक्तिनथिन् बिहा गरेर दिएको घर आफ्नो थियो कि थिएन ? ती स्वामीदेवले आफूलाई त्याग गरेका थिए ? उनी यहाँ बस्नु उचित थियो कि थिएन ? उनको यसमा अधिकार थियो कि थिएन ? उनलाई एकछिन बेसरी रुन मन लाग्यो आफ्नो लाचारीउपर, आफ्नो कुइरोमय भविष्यउपर । आफ्नो यता न उताउपर । के उनी कसैकी थिइनन् त ? के उनी विश्वद्वारा निन्दित व्यक्त वस्तु थिइन् ?

उनले पत्रका सब कुराहरुको स्पष्ट अर्थ बुझ्न सकिनन् ।