Page:Lalitya bhag 1 ra 2.pdf/44: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो | भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो | ||
::इन्द्रै बिन्ति गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो । | ::इन्द्रै बिन्ति गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो । | ||
थुप्रोमा उधिनी मिठो र नमिठो | थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो | ||
::खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ॥ | ::खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ॥ | ||
Latest revision as of 12:35, 21 June 2025
This page has been validated
काल-महिमा
(१)
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो
इन्द्रै बिन्ति गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो ।
थुप्रोमा उधिनी मिठो र नमिठो छुट्ट्याइ छान्दैन त्यो
खाता जाँचि सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ॥
(२)
राजा रङ्क सबै समान उसका, वैषम्य गर्दैन त्यो
आयो, टप्प टिप्यो, लग्यो, मिति पुग्यो, टारेर टर्दैन त्यो ।
लाखौँ औषधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो
व्याधा-तुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ॥