Page:Shakuntala.pdf/334: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
उ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी ! | उ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी ! | ||
बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥ | ::बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥ | ||
ठोक्रा नोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ । | ठोक्रा नोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ । | ||
वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥ | ::वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥ | ||
{{pcn|(४७)}} | {{pcn|(४७)}} | ||
ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन् नबभदा । | ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन् नबभदा । | ||
तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥ | ::तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥ | ||
देख्छन् ती उक्लेँदामा तर तनु नरको व्योममा पर्छ छाया । | देख्छन् ती उक्लेँदामा तर तनु नरको व्योममा पर्छ छाया । | ||
देखी सारा दर्गुछन् उसतिर भ्रमका रूप झै साघुभित्र ॥ | ::देखी सारा दर्गुछन् उसतिर भ्रमका रूप झै साघुभित्र ॥ | ||
{{pcn|(४८)}} | {{pcn|(४८)}} | ||
सारा आईरहेछन् घन निविड बनी गर्जिईई घोर घोर । | सारा आईरहेछन् घन निविड बनी गर्जिईई घोर घोर । | ||
थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥ | ::थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥ | ||
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल । | चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल । | ||
डफ्फा जस्ता असत्का घनघनन बढे मेघ संसारतुल्य ॥ | ::डफ्फा जस्ता असत्का घनघनन बढे मेघ संसारतुल्य ॥ | ||
{{pcn|(४९)}} | {{pcn|(४९)}} | ||
हेरीनक्स्योस् उता ती गगनपथ भरे देवतासैन्य सारा । | हेरीनक्स्योस् उता ती गगनपथ भरे देवतासैन्य सारा । | ||
तेजी राम्रा उज्याला हरहर हरि झै देवका रश्मि-धारा ॥ | ::तेजी राम्रा उज्याला हरहर हरि झै देवका रश्मि-धारा ॥ | ||
गर्छन् सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर । | गर्छन् सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर । | ||
नज्जी नै भो सवारी अन नृपवरको स्वागतार्थी बनेर ॥ | ::नज्जी नै भो सवारी अन नृपवरको स्वागतार्थी बनेर ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
झरे बज्री तेजी क्लिशकर श्रीपेच छविला । | झरे बज्री तेजी क्लिशकर श्रीपेच छविला । | ||
बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥ | ::बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥ | ||
लगाएका माला स्ुर-युवतिका चारु करका । | लगाएका माला स्ुर-युवतिका चारु करका । | ||
रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥ | ::रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो । | छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो । | ||
नहादुरीको झै रिपुदमन सङ्केतसरिको ॥ | ::नहादुरीको झै रिपुदमन सङ्केतसरिको ॥ | ||
छ लाएको यौटा नव सुन सुती रत्नजडित । | छ लाएको यौटा नव सुन सुती रत्नजडित । | ||
झझल् झल् झल्केको वसन तनुमा कल्करहित ॥ | ::झझल् झल् झल्केको वसन तनुमा कल्करहित ॥ | ||
{{pcn|(५२)}} | {{pcn|(५२)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 11:54, 26 May 2025
उ ! आए दैत्य काला परतिर सुरका शत्रु ती कालनेमी !
बाटै छेकेर सारा सुरपुरतिरको अन्धकारै गराई ॥
ठोक्रा नोकेर काला मरण-शर लिई आँधिको हाँकसाथ ।
वेगी तेजी बलीया तिमिरवदन ती उग्रचण्डी छ जात ॥
(४७)
ओर्लेका देवताको छविमय तनुले ती छकिन्छन् नबभदा ।
तारा यौटा खसेको तलतिर यति नै भित्रभित्रै विचारी ॥
देख्छन् ती उक्लेँदामा तर तनु नरको व्योममा पर्छ छाया ।
देखी सारा दर्गुछन् उसतिर भ्रमका रूप झै साघुभित्र ॥
(४८)
सारा आईरहेछन् घन निविड बनी गर्जिईई घोर घोर ।
थर्क्यो आकाश सारा घरघर तिनको फन्फनाएर शोर ॥
चम्के टाढा बिजूलीसरि असि तिनका नागबेली भिझिल्ल ।
डफ्फा जस्ता असत्का घनघनन बढे मेघ संसारतुल्य ॥
(४९)
हेरीनक्स्योस् उता ती गगनपथ भरे देवतासैन्य सारा ।
तेजी राम्रा उज्याला हरहर हरि झै देवका रश्मि-धारा ॥
गर्छन् सारा इशारा त्यसतिर 'रथ यो ल्याउनू रे' भनेर ।
नज्जी नै भो सवारी अन नृपवरको स्वागतार्थी बनेर ॥
(५०)
झरे बज्री तेजी क्लिशकर श्रीपेच छविला ।
बडा ठूला आँखा छविमय र अग्ला र हँसिला ॥
लगाएका माला स्ुर-युवतिका चारु करका ।
रँगी इन्द्रनीका रँगविरँग गुच्छाहरु निका ॥
(५१)
छ जूँघा घुम्रेको अलिउपर फर्कीकन यसो ।
नहादुरीको झै रिपुदमन सङ्केतसरिको ॥
छ लाएको यौटा नव सुन सुती रत्नजडित ।
झझल् झल् झल्केको वसन तनुमा कल्करहित ॥
(५२)