Page:Shakuntala.pdf/301: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
छकाएको होला मकन कि भनी उज्ज्वल बनिन् । | छकाएको होला मकन कि भनी उज्ज्वल बनिन् । | ||
::अझै आशा गर्दी जलद अलि | ::अझै आशा गर्दी जलद अलि उघ्रेसरि फिका ॥ | ||
चियाइन् राजाको मुखतिर उनी, | चियाइन् राजाको मुखतिर उनी, क्रुद्ध सहसा । | ||
::उनी भन्छन् "यो के छल ? नबुझिसक्ने छ बहस ॥ | ::उनी भन्छन् "यो के छल ? नबुझिसक्ने छ बहस ॥ | ||
{{pcn|(१५२)}} | {{pcn|(१५२)}} | ||
कहाँ मैले देखें यिनकन कहाँको वनतिर ? | |||
::यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥ | ::यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥ | ||
न | न जानें नामै नै न त कुल न पाएँ परिचय । | ||
::कहाँ बस्थिन् पैले | ::कहाँ बस्थिन् पैले कुन घरविषे कौन जनको ॥" | ||
{{pcn|(१५३)}} | {{pcn|(१५३)}} | ||
शारङ्गवत् अघि सरे | शारङ्गवत् अघि सरे अब भूपलाई । | ||
::राम्रो गरीकन | ::राम्रो गरीकन कुरा सब भन्नलाई ॥ | ||
"सर्कारको हुन गयो वनमा सवारी । | "सर्कारको हुन गयो वनमा सवारी । | ||
::राखेर फौज रथ वस्त्रहरू पछाडि ॥ | ::राखेर फौज रथ वस्त्रहरू पछाडि ॥ | ||
Line 21: | Line 21: | ||
बेला थियो मधुर पुष्प र मञ्जरीको । | बेला थियो मधुर पुष्प र मञ्जरीको । | ||
::खेदेर मिर्गकन कण्वपिता कुटीको ॥ | ::खेदेर मिर्गकन कण्वपिता कुटीको ॥ | ||
ज्यादा थियो | ज्यादा थियो शरम अग्र भएर आई । | ||
::'त्यो हो | ::'त्यो हो कुटी-मृग' भनीकन विन्ति लाई ॥ | ||
रोकेर आश्रमविषे प्रभुको सवारी । | रोकेर आश्रमविषे प्रभुको सवारी । | ||
::भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥ | ::भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥ | ||
टाढा भएर | टाढा भएर ऋषि कण्व यिनीहरूले । | ||
::सत्कार मात्र प्रभुको न त गर्न पाए ॥ | ::सत्कार मात्र प्रभुको न त गर्न पाए ॥ | ||
सेना त्यसै समयमा | सेना त्यसै समयमा प्रभुतर्फ आयो । | ||
::' | ::'बस्छू' भनेर वनमा प्रभुबाट आज्ञा ॥ | ||
पाएर ती सब गए प्रभु राजधानी । | पाएर ती सब गए प्रभु राजधानी । | ||
::केही बसेर दिन त्यो वनमा | ::केही बसेर दिन त्यो वनमा बिहा भो ॥ | ||
यी सुन्दरीसँग, यिनी | यी सुन्दरीसँग, यिनी ऋषिकी सुता हुन् । | ||
::गान्धर्व जो जब विवाह परेर काम ॥ | ::गान्धर्व जो जब विवाह परेर काम ॥ | ||
सङ्ग्रामको प्रभु सवारि भयो स्वधाम । | |||
::यी गर्भिणी हुन गइन् यिनको छ नाम ॥ | ::यी गर्भिणी हुन गइन् यिनको छ नाम ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 22:07, 28 May 2025
छकाएको होला मकन कि भनी उज्ज्वल बनिन् ।
अझै आशा गर्दी जलद अलि उघ्रेसरि फिका ॥
चियाइन् राजाको मुखतिर उनी, क्रुद्ध सहसा ।
उनी भन्छन् "यो के छल ? नबुझिसक्ने छ बहस ॥
(१५२)
कहाँ मैले देखें यिनकन कहाँको वनतिर ?
यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥
न जानें नामै नै न त कुल न पाएँ परिचय ।
कहाँ बस्थिन् पैले कुन घरविषे कौन जनको ॥"
(१५३)
शारङ्गवत् अघि सरे अब भूपलाई ।
राम्रो गरीकन कुरा सब भन्नलाई ॥
"सर्कारको हुन गयो वनमा सवारी ।
राखेर फौज रथ वस्त्रहरू पछाडि ॥
(१५४)
बेला थियो मधुर पुष्प र मञ्जरीको ।
खेदेर मिर्गकन कण्वपिता कुटीको ॥
ज्यादा थियो शरम अग्र भएर आई ।
'त्यो हो कुटी-मृग' भनीकन विन्ति लाई ॥
रोकेर आश्रमविषे प्रभुको सवारी ।
भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥
टाढा भएर ऋषि कण्व यिनीहरूले ।
सत्कार मात्र प्रभुको न त गर्न पाए ॥
सेना त्यसै समयमा प्रभुतर्फ आयो ।
'बस्छू' भनेर वनमा प्रभुबाट आज्ञा ॥
पाएर ती सब गए प्रभु राजधानी ।
केही बसेर दिन त्यो वनमा बिहा भो ॥
यी सुन्दरीसँग, यिनी ऋषिकी सुता हुन् ।
गान्धर्व जो जब विवाह परेर काम ॥
सङ्ग्रामको प्रभु सवारि भयो स्वधाम ।
यी गर्भिणी हुन गइन् यिनको छ नाम ॥