Page:Lalitya bhag 1 ra 2.pdf/222: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 15: | Line 15: | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
त्यै कान्ति रातो पछिबाट सुस्त | त्यै कान्ति रातो पछिबाट सुस्त | ||
::बन्दै सुनौलो धरणी | ::बन्दै सुनौलो धरणी समस्त । | ||
कुनाकुनासम्म रँगाउँदै गो | कुनाकुनासम्म रँगाउँदै गो | ||
::आनन्दको स्रोत बगाउँदै गो ॥ | ::आनन्दको स्रोत बगाउँदै गो ॥ |
Latest revision as of 19:17, 18 May 2025
This page has not been proofread
(४)
पोतेर पूर्वी नभको किनारा
सिन्दूरझैँ सुन्दर कान्ति-धारा ।
बिस्तार चारैतिर बढ्न थाल्यो
हिमाललाई पहिल्यै अँगाल्यो ॥
(५)
त्यो चाल पायो कुखुरा करायो
आकाशको नीरवता हरायो ।
संसारले जागृति-रङ्ग पायो
सर्वत्र अर्कै सुषमा उदायो ॥
(६)
त्यै कान्ति रातो पछिबाट सुस्त
बन्दै सुनौलो धरणी समस्त ।
कुनाकुनासम्म रँगाउँदै गो
आनन्दको स्रोत बगाउँदै गो ॥
(७)
प्रसन्नतासाथ चराचुरुङ्गी
सिकेर नानाथरि भावभङ्गी ।
उही उषाको मधुर प्रभाती
जगाउँदै छन् सब भाँतिभाँति ॥