Page:Lalitya bhag 1 ra 2.pdf/234: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|(२०)}} | |||
कस्ले मेरो मगज यसरी गिल्गिल्याई निचोर्यो ? | |||
::कस्ले निद्राजनित सुखको शान्ति-सर्वस्व चोर्यो ? | |||
भन्ने चिन्ता लिइकन जती गम्दछू बारबार | |||
::उत्ती देख्छु सकल धमिलो जिन्दगी नै उजार ॥ | |||
{{pcn|(२१)}} | |||
कैलेकाहीँ तिमिरपटमा जुन्किरी तान्छ धर्को | |||
::धर्को देख्दा क्षणिक, मनमा वासना जाग्छ चर्को । | |||
लिन्छू, कापी, कलम कलना-तन्तुको तान बुन्छु | |||
::बुन्दाबुन्दै किनकिन उठी गुन्गुनाएर रुन्छु ॥ | |||
{{pcn|(२२)}} | |||
आँसू बग्छन् चटचट गरी तानमा तन्तु टुट्छन् | |||
::आतस्बाजी विविध मुटुमा पट्पटाएर फुट्छन् । | |||
झिल्का झल्के झललल कठै !! अन्त्यमा फुस्स सारा | |||
::कस्को कस्को ? श्रवणपुटमा घुम्छ अर्कै पुकार ॥ | |||
{{pcn|(२३)}} | |||
लाखौँलाखौँ ध्वनिकण घना शून्यमा सर्र उड्छन् | |||
::उड्दा उड्दै तम-जलधिमा गैर्ह चुर्लुम्म बुड्छन् । | |||
पक्रूँ भन्छू म सब तिनको तथ्य वा सत्य सार | |||
::अत्तोपत्तो नमिलि बिचमा लोट्छ लाटो विचार ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:40, 18 May 2025
This page has not been proofread
(२०)
कस्ले मेरो मगज यसरी गिल्गिल्याई निचोर्यो ?
कस्ले निद्राजनित सुखको शान्ति-सर्वस्व चोर्यो ?
भन्ने चिन्ता लिइकन जती गम्दछू बारबार
उत्ती देख्छु सकल धमिलो जिन्दगी नै उजार ॥
(२१)
कैलेकाहीँ तिमिरपटमा जुन्किरी तान्छ धर्को
धर्को देख्दा क्षणिक, मनमा वासना जाग्छ चर्को ।
लिन्छू, कापी, कलम कलना-तन्तुको तान बुन्छु
बुन्दाबुन्दै किनकिन उठी गुन्गुनाएर रुन्छु ॥
(२२)
आँसू बग्छन् चटचट गरी तानमा तन्तु टुट्छन्
आतस्बाजी विविध मुटुमा पट्पटाएर फुट्छन् ।
झिल्का झल्के झललल कठै !! अन्त्यमा फुस्स सारा
कस्को कस्को ? श्रवणपुटमा घुम्छ अर्कै पुकार ॥
(२३)
लाखौँलाखौँ ध्वनिकण घना शून्यमा सर्र उड्छन्
उड्दा उड्दै तम-जलधिमा गैर्ह चुर्लुम्म बुड्छन् ।
पक्रूँ भन्छू म सब तिनको तथ्य वा सत्य सार
अत्तोपत्तो नमिलि बिचमा लोट्छ लाटो विचार ॥