Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/213: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(१२)}}
मर्यादाको त्याग गरी सागर सात
::उर्लून्‌ छोप्दै पर्वतवर्ती रुख-पात ।
जस्तै हाहाकार उठोस्‌ त्यो क्षयकारी
::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥


{{pcn|(१३)}}
पृथ्वी एकछत्त गराईकन सारा
::झर्दै वर्षून्‌ लाखन लम्बे जलधारा ।
त्यो वर्षाको भीति र चिन्ता पर सारी
::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
{{pcn|(१४)}}
चाहे बाह्रौँ  वर्ष नवर्षोस्‌ जल-वृष्टि
::चाहे ज्वालारुप बनोस्‌ यो सब सृष्टि ।
छाती साह्रो वज्र-बराबर पारी
::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
{{pcn|(१५)}}
चाहे डाँवाडोल बनोस्‌ त्यो ग्रहगोल
::चाहे कालो काल बजाओस्‌ लय-ढोल ।
चिन्ता सारा दुर्घटनाको पर सारी
::कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:32, 18 May 2025

This page has not been proofread

(१२)
मर्यादाको त्याग गरी सागर सात
उर्लून्‌ छोप्दै पर्वतवर्ती रुख-पात ।
जस्तै हाहाकार उठोस्‌ त्यो क्षयकारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥

(१३)
पृथ्वी एकछत्त गराईकन सारा
झर्दै वर्षून्‌ लाखन लम्बे जलधारा ।
त्यो वर्षाको भीति र चिन्ता पर सारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥

(१४)
चाहे बाह्रौँ वर्ष नवर्षोस्‌ जल-वृष्टि
चाहे ज्वालारुप बनोस्‌ यो सब सृष्टि ।
छाती साह्रो वज्र-बराबर पारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥

(१५)
चाहे डाँवाडोल बनोस्‌ त्यो ग्रहगोल
चाहे कालो काल बजाओस्‌ लय-ढोल ।
चिन्ता सारा दुर्घटनाको पर सारी
कर्तव्यैमा हुन्छ डुबेको धृतिधारी ॥