Page:Laxmi nibandhasangraha.pdf/169: Difference between revisions
→Not proofread: Created page with "छ, केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत अवस्थामा अझ आउँदै छ । तर म अप्राकृत छु । परमेश्वर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
छ, केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै | छ, केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै | ||
लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत | लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत | ||
अवस्थामा अझ आउँदै छ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ | अवस्थामा अझ आउँदै छ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ | ||
हरहमेशा दिँदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर व्यूँझिन चाहन्नेँ । | हरहमेशा दिँदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर व्यूँझिन चाहन्नेँ । | ||
मलाई आदतले त्यसै लगिरहेछ ? | मलाई आदतले त्यसै लगिरहेछ ? | ||
अहिले ती लुकेका भावनाहरू कहाँ-कहाँबाट खानेखुसी गर्न | अहिले ती लुकेका भावनाहरू कहाँ-कहाँबाट खानेखुसी गर्न | ||
आउँछन् । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ-टोकुँपनको | आउँछन् । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ-टोकुँपनको | ||
क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको | क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको | ||
पग्लिँदो स्वाद आएर थुकुँ-थुकुँ जस्तो लाग्छ, मलाई प॒खालिन मन | पग्लिँदो स्वाद आएर थुकुँ-थुकुँ जस्तो लाग्छ, मलाई प॒खालिन मन | ||
लाग्छ, कहीं गएर चोबलिउँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं | लाग्छ, कहीं गएर चोबलिउँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं | ||
यो सडिरहेछ- कोरीको शरीर जस्तो ! म के अरू चीज चाहन्छु, अरू | यो सडिरहेछ- कोरीको शरीर जस्तो ! म के अरू चीज चाहन्छु, अरू | ||
जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरू वन-पोखरी र चराहरूबाट | जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरू वन-पोखरी र चराहरूबाट | ||
घ्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरू मलाई सराप्छन् । | घ्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरू मलाई सराप्छन् । | ||
कोही भन्छन् “तैँले अमृतको स्वादसँग विषको स्वाद साटिस् । | कोही भन्छन् “तैँले अमृतको स्वादसँग विषको स्वाद साटिस् । | ||
स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् । तँ | स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् । तँ | ||
मृदुलको मोहनीबाट वञ्चित छस् ।' | |||
मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा | मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा | ||
रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा | रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा | ||
छ। तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुघार र सफाइ | छ। तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुघार र सफाइ | ||
छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु । | छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु । | ||
Line 36: | Line 27: | ||
आदतहरूबाट आएको जस्तो लाग्दछ । मान्छे अरूहरूसँग आफ्नो खाना | आदतहरूबाट आएको जस्तो लाग्दछ । मान्छे अरूहरूसँग आफ्नो खाना | ||
मिलाउँछ र आफ्ना आँसुहरूले उद्धार माग्दछ । | मिलाउँछ र आफ्ना आँसुहरूले उद्धार माग्दछ । | ||
म अहिले बुभ्दछु- मैले भूल गरेको थिएँ । 'योग्यको अतिजीविता' | म अहिले बुभ्दछु- मैले भूल गरेको थिएँ । 'योग्यको अतिजीविता' | ||
सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंसक हुन सक्तैन । मेरो कमजोरीले | सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंसक हुन सक्तैन । मेरो कमजोरीले | ||
हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर | हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर | ||
च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजीक | च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजीक | ||
पुच्याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले-कहिले | पुच्याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले-कहिले | ||
तर्सिन्छ । | तर्सिन्छ । | ||
{{nop}} |
Revision as of 21:00, 16 February 2025
छ, केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत अवस्थामा अझ आउँदै छ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ हरहमेशा दिँदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर व्यूँझिन चाहन्नेँ । मलाई आदतले त्यसै लगिरहेछ ?
अहिले ती लुकेका भावनाहरू कहाँ-कहाँबाट खानेखुसी गर्न आउँछन् । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ-टोकुँपनको क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको पग्लिँदो स्वाद आएर थुकुँ-थुकुँ जस्तो लाग्छ, मलाई प॒खालिन मन लाग्छ, कहीं गएर चोबलिउँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं यो सडिरहेछ- कोरीको शरीर जस्तो ! म के अरू चीज चाहन्छु, अरू जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरू वन-पोखरी र चराहरूबाट घ्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरू मलाई सराप्छन् । कोही भन्छन् “तैँले अमृतको स्वादसँग विषको स्वाद साटिस् । स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् । तँ मृदुलको मोहनीबाट वञ्चित छस् ।'
मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा छ। तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुघार र सफाइ छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु ।
बाघको बच्चालाई पैताला चटाएको उखान मानव-प्रकृतिलाई लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता-चुस्तै नृशंस हुन सक्तछु । संसारमा समर हुन् केटाकेटीलाई मासु-रगतका परिकार चढाउने आदतहरूबाट आएको जस्तो लाग्दछ । मान्छे अरूहरूसँग आफ्नो खाना मिलाउँछ र आफ्ना आँसुहरूले उद्धार माग्दछ ।
म अहिले बुभ्दछु- मैले भूल गरेको थिएँ । 'योग्यको अतिजीविता' सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंसक हुन सक्तैन । मेरो कमजोरीले हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजीक पुच्याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले-कहिले तर्सिन्छ ।