Page:Laxmi nibandhasangraha.pdf/117: Difference between revisions
→Not proofread: Created page with "अजडका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन् । यसको एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा बन्दै झिल्मिलाउँदै उठ्तछन् । यसका एक आह्वानमा अनन्तको र..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
अजडका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन् । यसको | अजडका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन् । यसको | ||
एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा | एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा | ||
बन्दै झिल्मिलाउँदै उठ्तछन् । यसका एक आह्वानमा अनन्तको रड्दार | बन्दै झिल्मिलाउँदै उठ्तछन् । यसका एक आह्वानमा अनन्तको रड्दार | ||
भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका | भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका | ||
सम्पूर्ण चीजहरू यसका पहंचबाहिर छैनन् । यसको हुकूममा स्वर्गका | सम्पूर्ण चीजहरू यसका पहंचबाहिर छैनन् । यसको हुकूममा स्वर्गका | ||
पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे, | पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे, | ||
जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पशंसामीप्यस्वरूपमा | जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पशंसामीप्यस्वरूपमा | ||
भीना, रहरलाग्दा, चपलताले रजतभझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै, | भीना, रहरलाग्दा, चपलताले रजतभझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै, | ||
सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका | सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका | ||
आँखाअगाडि नाच्तछन् । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय | आँखाअगाडि नाच्तछन् । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय | ||
सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता | सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता | ||
प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु | प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु | ||
बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अधवा | बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अधवा | ||
जयशङ्गरप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका | जयशङ्गरप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका | ||
देशहरू गुल्जार बन्दछन् र सुनसानको रिक्तता आवाद भएर जीवनमा | देशहरू गुल्जार बन्दछन् र सुनसानको रिक्तता आवाद भएर जीवनमा | ||
अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन् । दूरताको | अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन् । दूरताको | ||
क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग | क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग | ||
नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो । | नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो । | ||
घ्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि | घ्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि | ||
टड्कारोपना लिन्छन् र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका | टड्कारोपना लिन्छन् र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका | ||
अविदित अनाविप्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले | अविदित अनाविप्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले | ||
दृष्टिगोचर बन्दछन् । यदि कल्पना मनुष्यमा नहुँदौ हो त अतीत र | दृष्टिगोचर बन्दछन् । यदि कल्पना मनुष्यमा नहुँदौ हो त अतीत र | ||
भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो | भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो | ||
चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म | चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म | ||
मिमिरि प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्' बनाएर आफ्नो | मिमिरि प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्' बनाएर आफ्नो | ||
नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई | नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई | ||
चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल | चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल | ||
जोड्दछ र दूरतालाई विजय गर्दछ, र सपना र सुनसानमा विलीन | जोड्दछ र दूरतालाई विजय गर्दछ, र सपना र सुनसानमा विलीन | ||
भएका दृश्यहरूलाई सजीव जागरण दिन्छ । | भएका दृश्यहरूलाई सजीव जागरण दिन्छ । | ||
४. कल्पना भनेको त्यस दिव्य शक्तिको मानव-आभास हो, | ४. कल्पना भनेको त्यस दिव्य शक्तिको मानव-आभास हो, | ||
जसको जादूगरी विशाल सिर्जनाका विभिन्नता र चमत्कारमा दृश्यमान | जसको जादूगरी विशाल सिर्जनाका विभिन्नता र चमत्कारमा दृश्यमान | ||
Revision as of 16:52, 16 February 2025
अजडका दरबारहरू निर्माण गरी झिलिमिली पारेर देखाइदिन्छन् । यसको एक झल्कामा अविदित देशहरूका दृश्यपटहरू रोज फिल्मी तमाशा बन्दै झिल्मिलाउँदै उठ्तछन् । यसका एक आह्वानमा अनन्तको रड्दार भण्डारले विशाल प्रदर्शनीहरू उद्घाटन गर्दछ। स्वर्गदेखि पातालसम्मका सम्पूर्ण चीजहरू यसका पहंचबाहिर छैनन् । यसको हुकूममा स्वर्गका पङ्खदार, सुकुमाराङ्गिनी, कोकिलकण्ठी, दिव्यपरिधाना, सुन्दर, लमकोशे, जादूडालका नृत्यकलाकुशला अप्सराहरू सजीव स्पशंसामीप्यस्वरूपमा भीना, रहरलाग्दा, चपलताले रजतभझुनझुने रुचिरदर्शन चरणहरू चलाउँदै, सुरभवनको कलाप्रदर्शनीमा मधुर अपार्थिव मुस्कानसँग मनुष्यका आँखाअगाडि नाच्तछन् । त्यस्तै अतीतका मुर्दा जीवन नाटकीय सजीवतासँग रङ्गदार याथार्थ्य लिएर वर्तमानको रङ्गमञ्चउपर विभिन्नता प्रचुर माधुरीसँग, काल र स्थानका बाँधहरू उल्लङ्घन गरेर नजरसामु बन्दछ । जस्तो सर वाल्टर स्कटका मध्ययुगी उपन्यासहरूमा अधवा जयशङ्गरप्रसादका ऐतिहासिक नाटकहरूमा यसको एक स्पर्शले नभएका देशहरू गुल्जार बन्दछन् र सुनसानको रिक्तता आवाद भएर जीवनमा अनेक मधुर ध्वनिहरूले सजीव भएर र गुञ्जित भएर आउँछन् । दूरताको क्षणमा विजय गरेर, विशाल भेदसागरहरूले नियुक्त भएका प्रदेशहरूसँग नङमासुको नाता जोडिदिने संसारमा केही छ भने मानवकल्पना नै हो । घ्रुवप्रदेशका तुहिनविस्तृत सफेद फैलावटहरू यसका जादूले आँखादेखि टड्कारोपना लिन्छन् र अफ्रिकाका विशाल अन्धकारनिविड अरण्यहरूका अविदित अनाविप्कृत गहिराइहरू जन्तुप्रचुर वैचित्र्यमा फिल्मी ताजापनले दृष्टिगोचर बन्दछन् । यदि कल्पना मनुष्यमा नहुँदौ हो त अतीत र भविष्य दुई अँध्यारा पाटा बन्ने थिए, खालि दृश्य वर्तमानको सानो चोइटामा संकुचित भएर मनुष्य कुइराको काग जस्तो हुने थियो, तर म मिमिरि प्राचीन समयको जीवनलाई 'चित्रमयं जगत्' बनाएर आफ्नो नजरसामु गर्न उत्तिकै सक्तछु, जति अविदितको पर्दाले ढाकेको जीवनलाई चित्रण गर्ने सामर्थ्य ममा छ । वास्तवमा मानव-कल्पनाले तीनै काल जोड्दछ र दूरतालाई विजय गर्दछ, र सपना र सुनसानमा विलीन भएका दृश्यहरूलाई सजीव जागरण दिन्छ ।
४. कल्पना भनेको त्यस दिव्य शक्तिको मानव-आभास हो, जसको जादूगरी विशाल सिर्जनाका विभिन्नता र चमत्कारमा दृश्यमान