Page:Luni.pdf/19: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(९)}} तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी । कम्बल कोट र कट्टु लाउँछ दुश्मन शिरको टुक्री ॥ गरीब घरको सादा पोशाक बिहानलाई बादल छैँ । कस्तो राम्रो अनुहारमा सुह..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 16: | Line 16: | ||
आज बाला हेलम्बूमा नौनी चमी गाईका । | आज बाला हेलम्बूमा नौनी चमी गाईका । | ||
सेता क्रिलिमिल क्रिलिमिल बत्ती, 'मारदौन' मना गायिका ॥ | सेता क्रिलिमिल क्रिलिमिल बत्ती, 'मारदौन' मना गायिका ॥ | ||
हातेमालो सेर्पा स्थावा घर घर आज &धुम्नेछ । | हातेमालो सेर्पा<ref>तामाङ नृत्य</ref> स्थावा घर घर आज &धुम्नेछ । | ||
सेर्पा चाङना हेलम्बूको लोङ्गु दरबार पुग्नेछ ॥ | सेर्पा चाङना हेलम्बूको लोङ्गु दरबार पुग्नेछ ॥ | ||
Line 24: | Line 24: | ||
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ । | आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ । | ||
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥ | माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 12:28, 6 May 2025
This page has not been proofread
(९)
तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी ।
कम्बल कोट र कट्टु लाउँछ दुश्मन शिरको टुक्री ॥
गरीब घरको सादा पोशाक बिहानलाई बादल छैँ ।
कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥
(१०)
फूलको हाँगा ल्याई उसको हातमा राखी कराए ।
मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥
सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ ।
हेलम्व्ृकी रानी लूनी नजर त्यसमा मुल्दछ ॥
(११)
आज बाला हेलम्बूमा नौनी चमी गाईका ।
सेता क्रिलिमिल क्रिलिमिल बत्ती, 'मारदौन' मना गायिका ॥
हातेमालो सेर्पा[1] स्थावा घर घर आज &धुम्नेछ ।
सेर्पा चाङना हेलम्बूको लोङ्गु दरबार पुग्नेछ ॥
(१२)
हेलम्बकी रानी लूुनी उनकी आमा हेलम्बा ।
गँथेकी छन् माला उनले रङ्गीचङ्गी फूलथुँगा ॥
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ ।
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥
- ↑ तामाङ नृत्य